गिजा र दात बचाउँन दैनिक ८ मिनेट भए पुग्छ
०६ चैत्र २०८२
•
३ मिनेट पाठ
गिजा र दात बचाउँन दैनिक ८ मिनेट भए पुग्छ
तपाईँले दैनिक अरूसँग मुस्कुराउँदा देखिने दाँत र गिजाको हेरचाह कत्तिको गर्नु भएको छ ? गर्नु भएको छैन भने आजैदेखि सचेत रहनुस्। राम्रोसँग दाँत र मुखको हेरचाह नगरे दाँत उमेरमै झरेर थोते त बनिन्छ नै, मुखको सङ्क्रमणले अन्य जटिल रोग पनि लाग्छ।  




चिकित्सकको अनुसार यी जटिल रोगबाट बच्नको लागि दैनिक बिहान र बेलुकी चार/चार मिनेट समय छुट्याएर हेरचाह गरे पुग्छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बिहान र बेलुकी खाना खाएपछि फ्लोराइडयुक्त मन्जनले दाँत माझ्न सुझाएँ।

नरम ब्रसले चार मिनेट समय दिएर सफा गर्ने गरेमा गिजा तथा दाँत मुखको सङ्क्रमण हुनबाट बचिने उनले जनाए। ‘दैनिक बिहान ४ मिनेट, बेलुका चार मिनेट मुख सफाइलाई समय दिएमा बुढ्यौलीमा पनि दाँत झर्दैन’ प्रवक्ता बुढाथोकीले भने।  

चिकित्सकको अनुसार कुनै पनि सङ्क्रमण नभएमा मुख स्वस्थ रहन्छ। मुखको सफाइ गर्नुको साथै मुखमा अड्किने खानाहरू, प्रशोधन गरिएका खानाहरू, बढी गुलियो, बढी कडा र बढी अमिलो खानेकुरा नखान उनको सुझाव छ। धुमपान, मद्यपान, जंकफुड जस्ता गलत चिजको प्रयोगले पनि ओठ तथा मुख स्वास्थ्यमा असर पर्ने भएकोले यी पदार्थको सेवनबाट बच्न चिकित्सक सुझाउँछन्। कुनै गुलियो या प्रशोधित खाना खाएमा तुरुन्त मुख कुल्ला गर्ने, दाँतमा केही अड्किएमा डेन्टल फल्सले सफा गर्ने गरेमा पनि मुख स्वस्थ रहन्छ। नियमित व्यायम र सन्तुलित भोजनले मुख स्वस्थ राख्न सकिन्छ। यसको साथै प्रत्येक ६/६ महिनामा मुख तथा गिजाको परीक्षण गर्नु पर्ने चिकित्सक सुझाउँछन्।  

मुखमा कुनै पनि सङ्क्रमण भएमा गर्भवतीबाट जन्मिने शिशु कम तौल भएको जन्मिने, मुख तथा ओठको क्यान्सर हुने, गिजा सुन्निने, दाँत कीराले खाने हुन्छ। यो बाहेक मुखको सङ्क्रमण भएमा मिर्गौला पनि बिग्रिन सकिने चिकित्सकको भनाइ छ। यसको साथै दाँत दुखाइको कारण खाना चपाउन नसकेर पाचन प्रणालीमा  कमजोरी हुने, नियमित काममा सशक्त हुन नसक्ने जस्ता असर पर्छ।  

नेपालमा मुख स्वास्थ्यको हेरचाह र सचेतनाको कमीले बर्सेनि कम उमेरमै थोते बन्नेको सङ्ख्या धेरै छ। पछिल्लो समय प्रशोधित खाना र सुर्तीजन्य पदार्थको सेवनको कारण पनि मुख तथा ओठको क्यान्सर  हुने दर बढ्दै गएको डा. बुढाथोकी बताउँछन्। तथ्याङ्क अनुसार नेपालमा पछिल्लो समय प्रति १ लाख जना मध्येमा ३/४ जनामा ओठ तथा मुखको क्यान्सर हुने गरेको छ। मुखको सङ्क्रमणको कारण एक देखि ९ वर्षका बालबालिकामा गिजा सुन्निने समस्या ५४.३ प्रतिशत छ। त्यसै गरी १४ वर्षदेखि माथिका १४.५ प्रतिशत मानिसमा गिजा सम्बन्धी समस्या देखिन्छ।  

नेपालमा विद्यमान मुख स्वास्थ्यको समस्यालाई नियन्त्रण गर्न सरकारले राष्ट्रिय मुख स्वास्थ्य नीति २०८१ बनिसकेको र यसको कार्यान्वयन भएमा मुख स्वास्थ्यको सङ्क्रमणलाई नियन्त्रण सम्भव भएको डा. बुढाथोकी बताउँछन्। ‘प्रदेश र स्थानीय सरकारले नै सेवा दिने गरी नीतिमा व्यवस्था छ’ अब कार्यान्वयन गरे पुग्छ’ उनले भने। 

मुखको सङ्क्रमणबाट बच्ने उपायहरू  

– खाना खाएपछि बिहान र बेलुकी राम्रोसँग दाँत सफा गर्ने  

– दाँतमा अड्केको खानेकुरा डेन्टल फल्सले निकाल्ने  

– प्रत्येक ६/६ महिनामा मुख परीक्षण गर्ने  

– बढी गुलियो, बढी अमिलो र प्रशोधित खानेकुरा नखाने  

–सुर्तीजन्य खानेकुराको प्रयोग नगर्ने  

–फ्लोराइडयुक्त मन्जनले मात्र दाँत सफा गर्ने
अर्को समाचार
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
१ घण्टा अघि
•
१ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
सप्तरी,  सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित रहेको पाइएको छ। 

 

जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका  छन्। गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा उनीहरुले नियमित रुपमा उपचार गराइरहेका केन्द्रकी वरिष्ठ स्टाफ नर्स सुनिता यादवले बताइन्।

उनले भनिन्, “अस्पतालमा सम्पर्कमा आएर उपचार गराउनेमध्ये सबैभन्दा बढी २० देखि ५० वर्षको उमेरका छन्। विसं २०८१ मा १८९ जना तथा २०८२ सालमा १९५ एचआइभीबाट सङ्क्रमित थिए। पछिल्लो तीन वर्ष यता प्रत्येक वर्ष एचआइभीबाट सङ्क्रमितको बढेको तथ्याङ्क छ।”

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको उपचार केन्द्रमा १० बालबालिकाको समेत नियमित रुपमा उपचार भइरहेको छ।

“कतिपय सम्पर्कमा आउन नचाहेका कारण एचआइभीबाट सङ्क्रमितको सङ्ख्या बढी रहेको अनुमान गरेका छौँ”, उनले भनिन्।

एचआइभीबाट सङ्क्रमित नियमित रुपमा उपचार गर्न नआए उनीहरुको घरमै गएर पनि औषधि उपलब्ध गराउने गरिएको छ। विसं २०५२ सालदेखि एचआइभीबाट सङ्क्रमितको उपचार सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ। 

 



विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस