स्वास्थ्य बिमा: अधुरो उपचार, औषधि किन्नुपर्ने बाध्यता
२० असार २०८३
•
३ मिनेट पाठ
स्वास्थ्य बिमा: अधुरो उपचार, औषधि किन्नुपर्ने बाध्यता
बर्दियाको बाँसगढी नगरपालिका–८ लक्ष्मनाका आनन्द ढुंगानाले बिहीबार पत्नीलाई उपचार गराउन भेरी अस्पतालमा पुर्‍याए। स्वास्थ्य बिमा भएकाले उनले सोही प्रक्रियाअनुसार उनले उपचारका लागि टिकट लिए। स्वास्थ्य बिमामार्फत पत्नीको स्वास्थ्य जाँच गराएका ढुंगानाले चिकित्सकले लेखेबमोजिमका औषधि अस्पतालको फार्मेसीबाट पाएनन्।  




‘स्वास्थ्य बिमाअन्तर्गत उपचार प्रक्रिया थालेपछि हामीले आवश्यकताअनुसारको अस्पतालको फार्मेसीबाट औषधि पनि पाउनुपर्ने हो तर नपाएर निजी मेडिकलमा किन्नुपर्‍यो, अहिले मात्र होइन, यसअघि पनि यसरी नै किन्नुपर्थ्याे’, उनले भने।

ढुंगानाले स्वास्थ्य बिमामार्फत पहिलो पटक पत्नीको उपचार गराएको तर औषधि अस्पतालको फार्मेसीमा नपाएको सुनाए।  सरकारले स्वास्थ्य बिमाअन्तर्गत बिमितको उपचारका लागि भेरी अस्पताललाई पनि तोकेको छ।

सरकारले स्वास्थ्य बिमा गराएर सेवाग्राहीलाई यसरी झुक्याउन नहुने उनको सुझाव छ। ‘सरकारले स्वास्थ्य बिमामार्फत सेवाग्राहीले पाउने औषधि निर्धारण गरिदिनुपर्छ, निर्धारण गरेको औषधी अस्पतालको फार्मेसीमा छ कि छैन अनुगमन गर्नुपर्छ’, उनले भने, ‘सेवाग्राहीले औषधि पाएनपाएको पनि अनुगमन हुनुपर्छ।’

स्वास्थ्य बिमासँग जोडिएका प्रायः सेवाग्राहीको यस्तै गुनासो र सुझाव हुने गरेको ढुंगाना बताउँछन्।  कतिपयले बिमा भए पनि निजी प्रयोगशालामा जचाउनुपरेको उनले बताए।  

नेपालगन्ज उपमहानगरपालिका–९ की पुष्पा शुक्लाको पुरै परिवार स्वास्थ्य बिमासँग जोडिएको तीनचार वर्ष भइसकेको छ। बिमामार्फत भेरी अस्पतालबाट उनीहरुले उपचार सेवा लिने गरेका छन्  तर उनको परिवार बिमाको उपचार पद्धतिमा सन्तुष्ट छैन।  अस्पतालमा स्वास्थ्य बिमाअन्तर्गतको उपचार सेवा, सुविधा अधुरो रहेको पुष्पाले बताइन्। ‘हामी परिवारका सबै सदस्यले स्वास्थ्य बिमा गराएका छौं तर उपचार सुविधा पूरा पाउँदैनौं’, उनले भनिन्, ‘बिमाअन्तर्गत पाउनुपर्ने औषधि आधा मेडिकल पसलमा किन्नुपर्ने बाध्यता छ।’

भेरी अस्पतालमा बिहीबार घाँटीसम्बन्धी समस्या लिएर उपचार गर्न पुगेकी पुष्पाले प्रयोगशाला परीक्षण पनि एकदमै असहज र अव्यावहारिक रहेको सुनाइन्। स्वास्थ्य बिमामार्फत उपचार गराउँदा सुविस्ताभन्दा कष्ट बढी हुने सेवाग्राही सुनाउँछन्।  अस्पतालम स्वास्थ्य बिमाका लागि छुट्टै कक्ष राखिएको छ।  

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नाल भने स्वास्थ्य बिमामार्फतको उपचार प्रक्रियालाई सहज बनाइएको दाबी गर्छन्। स्वास्थ्य बिमा बोर्डले अस्पताललाई उपचार गरेवापत दिनुपर्ने रकम पर्याप्त नदिदाँ उपचार प्रक्रियामा बेलाबखत केही समस्या भने आउने गरेको उनले सुनाए।  ‘अस्पतालले स्वास्थ्य बिमा बोर्डबाट पाउनुपर्ने रकम पाएको छैन, जसले गर्दा हामीले औषधि सप्लायर्स कम्पनीहरुलाई रकम भुक्तानी गर्न सकेका छैनौं’, दर्नालले भने, ‘हामीले रकम भुक्तानी गर्न नसक्दा औषधि सप्लायर्स कम्पनीले पनि पर्याप्त औषधि दिन सकिरहेका छैनन्।’

डा. दर्नालका अनुसार आर्थिक वर्ष २०८१/८२ सम्मको हिसाबमा मात्रै अस्पताले औषधि सप्लार्य कम्पनीलाई १८ करोड रुपैयाँ भुक्तानी दिनुपर्ने छ।  ‘चालु आर्थिक वर्ष २०८२/८३ को त हिसाब हुन नै बाँकी छ’, उनले भने।

बोर्डबाट समयमै रकम भुक्तानी नपाउँदा अस्पतालको सेवा पनि प्रभावित हुने गरेको अस्पतालले जनाएको छ। बोर्डले समयमा रकम भुक्तानी नदिदाँ अत्यावश्यक स्वास्थ्य सामग्री र औषधी खरिद गर्न तथा कर्मचारीलाई तलब खुवाउनसमेत समस्या भएको एक कर्मचारीले बताए।  
अर्को समाचार
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
१ घण्टा अघि
•
१ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
सप्तरी,  सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित रहेको पाइएको छ। 

 

जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका  छन्। गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा उनीहरुले नियमित रुपमा उपचार गराइरहेका केन्द्रकी वरिष्ठ स्टाफ नर्स सुनिता यादवले बताइन्।

उनले भनिन्, “अस्पतालमा सम्पर्कमा आएर उपचार गराउनेमध्ये सबैभन्दा बढी २० देखि ५० वर्षको उमेरका छन्। विसं २०८१ मा १८९ जना तथा २०८२ सालमा १९५ एचआइभीबाट सङ्क्रमित थिए। पछिल्लो तीन वर्ष यता प्रत्येक वर्ष एचआइभीबाट सङ्क्रमितको बढेको तथ्याङ्क छ।”

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको उपचार केन्द्रमा १० बालबालिकाको समेत नियमित रुपमा उपचार भइरहेको छ।

“कतिपय सम्पर्कमा आउन नचाहेका कारण एचआइभीबाट सङ्क्रमितको सङ्ख्या बढी रहेको अनुमान गरेका छौँ”, उनले भनिन्।

एचआइभीबाट सङ्क्रमित नियमित रुपमा उपचार गर्न नआए उनीहरुको घरमै गएर पनि औषधि उपलब्ध गराउने गरिएको छ। विसं २०५२ सालदेखि एचआइभीबाट सङ्क्रमितको उपचार सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ। 

 



यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
यो पनि पढौँ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस