कपिलवस्तुमा डेङ्गुको संक्रमण फैलिंदै गएको छ। डेङ्गी नियन्त्रणका लागि प्रभावकारी कदम नचाल्दा यसको संक्रमण बढदै गएको हो। जिल्लाभर नै अहिले डेङ्गुका सन्त्रास फैलिंदै गएको छ। स्वास्थ्य कार्यालय अनुसार जिल्लामा साउन महिनामा ४५ जना डेङ्गु संक्रमित फेला परेका छन्।
बाणगंगा नगरपालिकामा ३९ र कपिलवस्तु नगरपालिकामा ६ जना डेङ्गु संक्रमित फेला परेका हुन्। स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले जिल्लामा डेङ्गु फैलिंदै गएको बताए। जिल्लाको कपिलवस्तु अस्पताल र पिपरा अस्पतालमा डेङ्गुको परीक्षण गरिएपछि धमाधम त्यसको संक्रमितहरु भेटिएको उनले बताए।
बाणगंगा नगरपालिकाका सिकिस्त रहेका ६ जना बिरामी भने बुटवलमा उपचार गराईरहेका छन्। गत १ महिना यता उपचार गराउन आउनेहरु मध्ये अधिकांश बिरामी डेङ्गु लागेको हुनसक्ने भन्दै शशंकित हुने गरेका छन्। पछिल्लो समय भाइरलका बिरामीको समेत चाप बढेको छ। पिपरा अस्पताल र कपिवलस्तु अस्पतालमा बिरामीहरुको चाप बढेको छ।
भाइरल ज्वरो र डेङ्गुको लक्षण मिल्लदो जुल्दो रहेकोले अस्पतालमा अहिले चााप निकै बढेको कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडेले बताए। ‘निःशुल्क जाँच हुने भएकाले शंका लागेपछि बिरामीहरु उपचारमा आउँछन्’ उनले भने।
उता उपभोक्त हकहीत संरक्षण र्मचका सदस्य मनोज श्रीवस्तवले जिल्लामा रहेका १० पालिकाहरुले डेङगी नियन्त्रणकालागि प्रभावकारी कदम नचालेको बताए। ‘ केही पालिकाले डेङगीका विषयमा चासो लिएका छन् तर त्यो प्रर्याप्त छैन’ उनले भने।
उनले यस विषयमा गाउँ बस्तीमा सचेतना फैलाउनु पर्ने बताए। कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले डेङ्गुका लागि वडास्तरमा सचेतनाका कार्यक्रम संचालन गरिने बताए। सफा पानीमा बस्ने एडिस जातको लामखुट्टेले टाक्याे भने डेङ्गु रोग लाग्ने गर्दछ। घरमा रहने गमला, कुलर, टायरको पानीमा सो लामखुट्टे बस्ने गर्दछ। प्रायः उज्यालो समयमै सो लामखुट्टले टोक्ने गर्दछ। डेङ्गुबाट बच्न जिल्लाका १० वटै पालिकाले सचेतनाका कार्यक्रम संचालन गर्नुपर्ने प्रमुख पाण्डेयले बताए।