करारका कर्मचारीको सेवा अवधि थप नगर्ने गाउँपालिकाको निर्णयपछि रोल्पाका केही स्वास्थ्य संस्थामा सेवा प्रवाह असहज भएको छ। जिल्लाको गंगादेव गाउँपालिकाले अर्को व्यवस्था नगरी करारका कर्मचारीलाई घर पठाएपछि सेवा प्रवाहमा समस्या आएको हो।
गाउँपालिकाले २०७९ असार ३१ गते कार्यपालिकाको निर्णय अनुसार स्वास्थ्य, शिक्षा, भेटेनरी शाखा ईकाई र वडामा कार्यरत तथा ज्यालादारी कर्मचारीको करार संझौता २०७९ साउन १ गते देखि थप नगर्ने निर्णय गरेको छ।
यतिबेला गंगादेव ५ लोदचौरमा रहेको आधारभुत स्वास्थ्य केन्द्र कर्मचारी नभएपछि सेवा दिन नसक्ने भएको छ। तिन जना करारका कर्मचारीले धानेको यो स्वास्थ्य सस्थामा स्थायी वा दरबन्दीको कोही कर्मचारी नभए पछि सेवा बन्द गर्नु परेको हो। नियमित गर्भजाच गर्ने महिला, परिवार नियोजन सेवा र बिरामीको स्वास्थ्य जाचका लागि सकस परेको छ।
करारको म्याद नथपिएका अहेब तिलक डागीले स्वास्थ्य सस्थाबाट पाइने सेवा बन्द भएको बताए। उक्त केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी करारका थिए। गाउँपालिकाले करार कर्मचारी सम्झौता नवीकरण नगर्ने निर्णय गरे पछि स्वास्थ्यकर्मी जिम्मेवारीबाट बिदा भएका हुन्। २०७४ साल पछि करारमा नियुक्ति गरिएका सबैलाई म्याद थप नगर्ने निर्णय गरिएको छ।
गंगादेब गाउँपालिका वडा न. ६ गोरजलेमा रहेको आधारभुत स्वास्थ्य केन्द्र, वडा न. ३ कुकुरगारे, वडा न २ गन्थलेमा रहेको बर्थिङ सेन्टर र वडा न. ४ किलाठोकेमा स्वास्थ्य सेवा प्रभाबित भएको सथानियहरुको आरोप छ। यि सबै संस्थामा करारका कर्मचारी थिए। त्यसो त साउन र भदौ गर्भजाँच र सुत्केरी धेरै हुने महिना हुन तर यिनै महिनामा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएपछि असहजता आएको हो।
गंगादेव गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्बाचनमा माओवादीले जित हाँसिल गरेको थियो भने अहिले नेपाली कांग्रेसले जितेको छ। माओवादीबाट निर्वाचित अध्यक्ष बिरबहादुर खत्रीले गाउँपालिकालाई आफ्ना कार्यकर्ताको भर्ती केन्द्र बनाएको कांग्रेसले आरोप लगाउँदै आएको थियो। ‘माओवादीबाट निर्बाचित अध्यक्षले करारमा भर्ना गरेका कर्मचारी आस्थाकै आधारमा कांग्रेसबाट निर्बाचित अध्यक्षले हटाएको बिपक्षको आरोप छ।
‘गाउँपालिका अनावस्यक भर्ती केन्द्र भएको थियो। आवस्यकता अनुसार फेरि प्रकृया पूरा गरेर तत्काल नयाँ कर्मचारी नियुक्ति गरिन्छ।’ गाउँपालिका अध्यक्ष हरिबहादुर पुन भन्छन्, ‘कुनै पनि स्वास्थ्य सस्था बन्द भएको छैन। अन्यत्रबाट स्वास्थ्यकर्मी लगेर सस्था संचालन गरिएको छ।’ उनका अनुसार स्वास्थ्यका करिब ४० जना र १ सय ६६ शिक्षकको करार म्याद थप नगरिएको हो। त्यसै गरि कृर्षि र भेटनरीका गरि करिब एक दर्जन कर्मचारी घर तिर लागेका छन्।
गाउँपालिका अध्यक्ष पुनले अनावस्यक भर्ना गरिएकाहरुलाई घर पठाउनुको बिकल्प नभएको बताए। ‘१३ जना विद्यार्थी भएको विद्यालयमा ५ जना शिक्षक, १९ जना विद्यार्थि भएको स्कुलमा ६ जना शिक्षक भर्ना गरिएको थियो। त्यो त हेर्न पर्यो।’ अध्यक्ष पुनले भने ‘अब तत्काल बिद्यालय मर्ज गर्ने हो। कुनै कक्षामा २/३ जना विद्यार्थी छन तर जागिर खानका लागि निमावि चलाइएको छ। कतिलाई मर्ज गर्ने अनि कतिपयमा बाल शिक्षा मात्र चलाउछौं।’
गाउँपालिकाले करार थप नगर्ने भन्दै बुझाएको पत्र। तस्बिर: नागरिक
महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ। कोरोना सङ्क्रमणका बेला राखिएका छ कर्मचारीको करार सम्झौता सकिएपछि सुदूरपश्चिम प्रदेश सरकारले करार सेवा थप नगर्दा अस्पतालको सेवा प्रभावित बनेको महाकाली प्रादेशीक अस्पताल व्यवस्थापन समितिले जनाएको छ। अस्तालको पिसीआर ल्याबमा कार्यरत छ कर्मचारीको करार सेवा थप नभएपछि अस्पतालको पिसीआर ल्याब बन्द भएको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए।
उनका अनुसार सरकारले सुदूरपश्चिममा कैलालीको सेती र डडेल्धुरा अस्पताललाई मात्रै कोभिड अस्पताल घोषणा गर्दा समस्या भएको हो। सरकारले महाकाली अस्पताललाई कोभिड अस्पतालको रुपमा नलिएपछि कोरोनाका बेला राखिएका कर्मचारीको करार सेवा थप नभएको हो। ‘सरकारले एकातर्फ कोभिड अस्पताल घोषणा गरेन, अर्को कोरोना सङ्क्रमणका बेला भर्ना भएका कर्मचारीको करार सेवा थप गरेन यसले जनशक्ति अभाव भयो’, उनले भने, ‘बजेट अभाव हुँदा ल्याबका लागि आवश्यक अन्य सामग्रीसमेत अभाव छन जसले गर्दा सेवा बन्द हुन पुग्यो।’ छिमेकी मुलुकमा कोरोनाका नयाँ भेरियन्ट देखिँदा थालेपछि त्यसको जोखिम यहाँ पनि कायम रहेका बेला कोरोना परीक्षण गर्ने मेसिन नै बन्द हुन पुगेको छ।
जिल्ला विपद् व्यवस्थापन समितिले पनि छिमेकी मुलुकमा कोरोनाको नयाँ भेरियन्ट देखा परेकाले यहाँ पनि जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना सङ्क्रमणको जोखिमबाट बच्न सबै निकायले आवश्यक तयारी गर्ने निर्णय गरेको बताए। ‘भविष्यमा आउनसक्ने जोखिमलाई मध्यनजर गर्दै अक्सिजन, आइसोलेसन र होल्डिङ सेन्टर व्यवस्थापनलगायतका पूर्वतयारी गर्ने निर्णय भएको छ’, उनले भने, ‘सीमानाका व्यवस्थित गर्ने र सावधानीका उपाय अपनाउने विषयमा छलफल भएको छ।’
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले भारतसँग जोडिएको सीमानाका गड्डाचौकीमा भारतबाट फर्किनेको नाकामै एन्टिजेन परीक्षण भइरहेको जनाएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल पर्सन सिद्धराज भट्टले नाकामा भारतबाट फर्किनेमा दिनहुँ एन्टिजेन परीक्षण भइरहेको बताए।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...