कालीकोटको रास्कोट नगरपालिकामा आइतबारदेखि सुरु भएको निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ५ जनाले उपचार गराएका छन् ।
रास्कोट नगरपालिकाको प्रादेशिक रणनीति अस्पताल गौंतुकोटमा आइतबारदेखि मंगलबारसम्म चलेको पाठेघरको मुखको क्यान्सर, यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा रास्कोट नगरपालिका ४ सय ५ जना महिलाले उपचार पाएका हुन् ।
महिला तथा किशोर किशोरीलाई लक्षित गरेर सुरु भएको शिविरबाट २४ जना ७० वर्ष माथिका महिला थिए । सेवा लिनेमा ३२ किशोरी र अन्य ३ सय ४९ जना ७० वर्ष मुनीका महिला रहेका थिए ।
तस्बिर: ललित विष्ट/नागरिकस्वास्थ्य परीक्षणका लागि आएका ८० प्रतिशत महिलामा सेतोपानी बग्ने समस्य देखिएको डा. सुमनकुमार कुशवाहले जानकारी दिए। ८ जना महिलामा रिङ राखिएको जानकारी दिँदै उनले पाठेघरको मुखको क्यान्सर भने कसैमा नदेखिएको बताए । किशोरीलाई महिनावारी स्वच्छता, डर चिन्ताबारे परामर्श दिइएको छ।
रास्कोट नगरपालिकाको समन्वय तथा प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग र हुरेन्डेक नेपालको सहजीकरणमा सशक्त बालिका परियोजनाअन्तर्गत कार्यक्रम गरिएको हो।
शिविरमा बोल्दै रास्कोट नगरपालिकाका शिक्षा शाखा प्रमुख खेमराज शाहीले रास्कोट नगरपालिकाका दिदीबहिनीको स्वास्थ्य समस्या समाधानका लागि निः शुल्क शिविर राखेको बताउँदै शिक्षा र स्वास्थ्यमा रास्कोट नगरपालिका अग्रस्तानमा रहेको बताए ।
सप्तरी, सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित रहेको पाइएको छ।
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्। गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा उनीहरुले नियमित रुपमा उपचार गराइरहेका केन्द्रकी वरिष्ठ स्टाफ नर्स सुनिता यादवले बताइन्।
उनले भनिन्, “अस्पतालमा सम्पर्कमा आएर उपचार गराउनेमध्ये सबैभन्दा बढी २० देखि ५० वर्षको उमेरका छन्। विसं २०८१ मा १८९ जना तथा २०८२ सालमा १९५ एचआइभीबाट सङ्क्रमित थिए। पछिल्लो तीन वर्ष यता प्रत्येक वर्ष एचआइभीबाट सङ्क्रमितको बढेको तथ्याङ्क छ।”
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको उपचार केन्द्रमा १० बालबालिकाको समेत नियमित रुपमा उपचार भइरहेको छ।
“कतिपय सम्पर्कमा आउन नचाहेका कारण एचआइभीबाट सङ्क्रमितको सङ्ख्या बढी रहेको अनुमान गरेका छौँ”, उनले भनिन्।
एचआइभीबाट सङ्क्रमित नियमित रुपमा उपचार गर्न नआए उनीहरुको घरमै गएर पनि औषधि उपलब्ध गराउने गरिएको छ। विसं २०५२ सालदेखि एचआइभीबाट सङ्क्रमितको उपचार सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...