५० शैयाको गोरखा अस्पतालमा ३० महिनादेखि प्रमुख मेडिकल सुपरिटेन्डेन्ट छैनन्। २०७६ मा डाक्टर श्रीराम तिवारी (११औँ तह) को सरुवा भएपछि त्यसयता दशौँ, नवौँ, आठौँ तहसम्मका डाक्टरले अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हाल्ने मौका पाए।
गत साता दशौँ तहका डाक्टर स्त्री रोग विषेशज्ञ हरिकुमार श्रेष्ठ निमित्त मेडिकल सुपरिटेन्डेन्टको रुपमा हाजिर भएका छन्। ‘साढे दुई वर्षदेखि प्रमुख मेडिकल सुपरिटेन्डेन्ट रिक्त छ’, अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने।
विषेशज्ञ दरबन्दीमा डाक्टर पनि अस्पतालमा छैनन्। रेडियोलोजिस्टको दरबन्दी २०७१ सालदेखि रिक्त छ। अर्थोपेडिक सर्जन, ऐनेस्थेसियोलोजिस्ट, जनरल फिजिसियनको दरबन्दी पनि अहिले खाली छ। छात्रवृत्ति करारमा रहेका डाक्टरहरु अवधि पूरा गरेर गएपछि अहिले यी सबै तह विषेशज्ञविहीन भएको हो।
‘ऐनेस्थेसियोलोजिस्ट नहुँदा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता छ’, अस्पतालका सूचना अधिकारी ढकालले भने, ‘जनरल फिजिसियन, हाडजोर्नीको डाक्टर हुने हो भने अहिले रिफर भइरहेका अधिकांसलाई यहाँ नै उपचार सेवा दिन सकिन्छ।’ कतिपय बिरामी भने बिमा सुविधा उपभोग गर्न भन्दै रिफर गरिदिन अस्पताललाई बाध्य पार्छन्। शल्यक्रिया गर्नुपर्ने, हाडजोर्नी सम्बन्धी समस्या भएका बिरामी भने यहाँ उपचार नभएर बाध्यताले अन्यत्र जानु परेको छ।
रिक्त दरबन्दीमा विषेशज्ञ हुने हो भने गोरखा अस्पतालले अहिले रिफर गरिरहेका मध्ये अधिकांसलाई यहाँबाटै सेवा दिन सक्ने निमित्त मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले बताए। ‘गाईनोक्लोजिस्ट, स्त्रीरोग विषेशज्ञ हुनुहुन्छ तर उहाँहरुलाई काम दिन अर्थोपेडिक सर्जन, ऐनेस्थेसियोलोजिस्ट तत्काल चाहिन्छ’, उनले भने।
सबै क्षेत्रको विषेशज्ञ हुने हो भने तत्काल सेवा विस्तार गर्न सकिने उनी बताउँछन्। ‘रिक्त विषेशज्ञ ल्याउन स्वास्थ्य मन्त्रालय र विभागमा भनिरहेको छु’, निमित्त मेसु श्रेष्ठले भने, ‘टिम वर्क भयो भने थप सेवा पनि विस्तार गर्न सकिन्छ।’ अस्पतालमा अहिले संचालनमा नरहेको आईसियू संचालन गर्न, भेन्टिलेटर बेड संचालन गर्न, कोभिड वार्डलाई व्यवस्थित गर्न विषेशज्ञ सँगै आवश्यक उपकरण पनि चाहिने उनले बताए। यसअघि डाक्टरको क्वार्टरबाट संचालन हुँदै आएको गोरखा अस्पताल अहिले सुविधा सम्पन्न भवनमा सरेको छ।
अस्पतालमा माघ १ देखि ९ गतेसम्म नौ सय ९५ जनाले ओपिडी सेवा लिएका थिए भने दुई सय १५ जनाले इमर्जेन्सी सेवा लिए। अस्पतालमा दैनिक एक सय ३० भन्दा बढी बिरामी सेवा लिन आउने गरेका छन्। अहिले दैनिक कम्तिमा १० जना बिरामी गोरखा अस्पतालबाट रिफर हुन्छन्।
गोरखा अस्पतालमा ५९ जनाको स्थायी दरबन्दीमा १९ मात्र कार्यरत छन्। कार्यक्रम करारतर्फ ३७ जना, कोभिड करार २७ जना, समिति करारतर्फ १० जना र अन्य ११ जना कर्मचारी रहेको अस्पतालले जनाएको छ। अस्पतालमा सबैभन्दा धेरै अफिस असिस्टेन्ट २९ जना, स्टाफनर्स २५ जना कार्यरत छन्। नायब सुब्बा, लेखापाल नहुँदा अस्पतालको प्रशासनिक काममा समेत बाधा पुगेको छ।
‘स्थायी दरबन्दीको पूरै पदपूर्ति नहुँदा समस्या भएको छ’, सूचना अधिकारी ढकालले भने, ‘कोभिड करारको अहिलेका लागि थप जनशक्ति लिइएको हो, कार्यक्रम करारको पनि एक वर्षपछि अन्यत्र जान पाउने सुविधा छ।’ अहिले गोरखा अस्पताल कार्यक्रम करार र कोभिड करारका कर्मचारीको मद्दतले चलेको छ। स्थायी दरबन्दी पूरा हुने हो भने नियमित सहज सेवा दिन सकिने उनले बताए।
दरबन्दी गोरखा अस्पतालमा भएका मेडिकल अधिकृत, स्टाफ नर्स, डेण्टल सर्जन लगायतका पाँच जना अध्ययन बिदामा छन्।