भारतबाट संक्रमित भएर फर्कने बढ्दैः तेस्रो लहरको उच्च जोखिममा सुदूरपश्चिम प्रदेश
२३ पौष २०७८
•
३ मिनेट पाठ
भारतबाट संक्रमित भएर फर्कने बढ्दैः तेस्रो लहरको उच्च जोखिममा सुदूरपश्चिम प्रदेश
भारतमा नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्ररूपमा फैलिन थालेपछि त्यहाँका विभिन्न सहरमा रहेका नेपाली घर फर्कने क्रम बढेको छ। भारतबाट फर्किएका नेपालीमा कोराना संक्रमण दर पनि बढ्दै गएको देखिएको छ। धनगढीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका भएर घर फर्कनेको एन्टिजेन जाँच गर्दा दिनानुदिन संक्रमितको संख्या बढेर गएको देखिएको हो।




पहिला सीमा नाकामा जाँच गर्दा दिनमा एकदुईजनामा संक्रमण देखिने गरेकोमा पुस १९ गतेयता संक्रमण हुनेको संख्या बढ्दो क्रममा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरकी महेन्द्रा भट्टले बताइन्। पुस १९ गते (सोमबार) गौरीफन्टा, गड्डाचौकी र झुलाघाट नाकाबाट फर्केका २४ जनामा संक्रमण देखिएको थियो।

गौरीफन्टा र गड्डाचौकी नाकामा मंगलबार एन्टिजेन जाँच गर्दा ३२ जनामा कोरोना संक्रमण देखियो, बुधबार ४६ जनामा कोराना पोजेटिभ देखियो। बिहीबार गड्डाचौकी नाकामा जाँच गर्दा ५९ र गौरीफन्टा नाकमा जाँच गर्दा ४७ जना गरी १ सय ६ जनामा संक्रमण देखिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख ओम जोशीले बताए।

‘दुईतीन दिनयता भारतबाट फर्कनेमा संक्रमण दर बढेको पाइएको छ’, जोशीले भने, ‘संक्रमण बढेपछि नियन्त्रण, रोकथाम र उपचारका लागि कुनै कसर बाँकी नराख्ने गरी तयारी थालेका छौं।’  

सुदूरपश्चिम सरकार सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले पनि भारतबाट फर्कनेमा कोरोना संक्रमण बढेकाले रोकथाम र उपचारका लागि योजना बनाएर लागु गरिने बताए। संक्रमितको संख्या बढेसँगै भएका आइसोलेसन कक्ष अपुग हुन थालेकाले थप्न लागिएको उनले बताए।

धनगढीको कनरीस्थित आइसोलेसन केन्द्रमा ६२ जना संक्रमित राखिएको छ। सिमानामा नेपाली सेनाले निर्माण गरिरहेको होल्डिङ सेन्टर हस्तान्तरण भइनसकेको कार्कीले बताए। नेपाली सेनाले गड्डाचौकी नाका र गौरीफन्टा नाकाबाट आउने संक्रमितलाई राख्न एकएक हजार क्षमताका होल्डिङ सेन्टर निर्माण गरिरहेको भए पनि ती सञ्चालनमा आउन सकेका छैनन्। दोस्रो लहरका बेला गेटा मेडिकल कलेजमा बनाइएको आइसोलेसन केन्द्र पनि अहिले सञ्चालनमा छैन।

भारतबाट फर्किएकामा कोराना संक्रमण देखिए पनि नयाँ भेरियन्ट ओमिक्रोन हो वा होइन, पत्ता लाग्न सकेको छैन। कुन प्रकारको भेरियन्ट हो भनेर पत्ता लगाउन सुदूरपश्चिममा प्रयोगशाला छैन। ओमिक्रोन हो वा होइन भनेर पत्ता लगाउन नमुना संकलन गरेर काठमाडौं पठाउने गरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले बताए। अहिलेसम्म सुदूरपश्चिममा नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छैन।

भारतमा नयाँ भेरियन्ट ओमिक्रोनका कारण तेस्रो लहर सुरु भएसँगै नेपालको सुदूरपश्चिम प्रदेश उच्च जोखिममा परेको छ। भारतका विभिन्न सहरमा काम गर्न सुदूरपश्चिमबाट लाखौं गएका छन्। यकिन तथ्यांक नभए पनि सुदूरपश्चिमका करिब ७ लाख मानिस भारतका विभिन्न सहरमा मजदुरी गर्छन्। 

सिमानामा जाँच गर्दा कोरोना संक्रमण देखिएकालाई आइसोलेसनमा नराखी घर जान दिनु, भारतबाट फर्केका सबैको परीक्षण नहुनु जस्ता कारणले सुदूरपश्चिममा तेस्रो लहरको उच्च जोखिम रहेको विज्ञहरू बताउँछन्।

स्वास्थ्य विज्ञ डा. शुभेष कायस्थले भारतमा नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढ्दै गएपछि विभिन्न राज्य र सहरमा लकडाउन लगाउन थालिएकाले त्यसबाट नेपाल पनि उच्च जोखिममा परेको बताए। पहिलो र दोस्रो लहर पनि भारतमा फैलिएपछि नेपालमा भित्रिएको उनले बताए। ‘तेस्रो लहर पनि भारतमा व्यापक रूपमा फैलिरहेकाले नेपाल पनि फैलिने उच्च जोखिम छ’, उनले भने, ‘तेस्रो लहर फैलिन नदिन सिमा नाकामा कडाइका साथ कोरोना जाँच गरी संक्रमितलाई क्वारेन्टिनमा राख्नुपर्छ।’

भारतमा पूरै लकडाउन भए त्यहाँ रहेका सबै नेपाली घर फर्कने उनी बताउँछन्। ‘अब भारतबाट ठूलो संख्यामा नेपाली फर्कने क्रम बढ्नेछ, फर्कनेको परीक्षण गरी संक्रमितलाई आइसोलेसन गर्न नसकेमा समुदायमा फैलिने खतरा छ’, उनले भने।

अहिले दिनहुँ एक हजारभन्दा बढी नेपाली गौरीफन्टा, गड्डाचौकी, झुलाघाटलगायतका नाकाबाट घर फर्किरहेका छन्। यसरी फर्केका सबैको परीक्षण भएको छैन। लक्षण देखिएका र समूहमा रहेका केहीलाई परीक्षण गरे पनि सबैको नगरिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख जोशीले स्विकारे। ‘अहिले सबैको परीक्षण भइराखेको छैन। अब सबैको परीक्षण गर्ने तयारीमा छौं,’ उनले भने। निर्देशनालयका अनुसार सुदूरपश्चिममा अहिलेसम्म ४८ हजार ३ सय ९९ जनामा कोराना संक्रमण देखापरेकोमा ६ सय १४ जनाको मृत्यु भएको छ।
अर्को समाचार
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
४५ मिनेट अघि
•
१ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
सप्तरी,  सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित रहेको पाइएको छ। 

 

जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका  छन्। गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा उनीहरुले नियमित रुपमा उपचार गराइरहेका केन्द्रकी वरिष्ठ स्टाफ नर्स सुनिता यादवले बताइन्।

उनले भनिन्, “अस्पतालमा सम्पर्कमा आएर उपचार गराउनेमध्ये सबैभन्दा बढी २० देखि ५० वर्षको उमेरका छन्। विसं २०८१ मा १८९ जना तथा २०८२ सालमा १९५ एचआइभीबाट सङ्क्रमित थिए। पछिल्लो तीन वर्ष यता प्रत्येक वर्ष एचआइभीबाट सङ्क्रमितको बढेको तथ्याङ्क छ।”

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको उपचार केन्द्रमा १० बालबालिकाको समेत नियमित रुपमा उपचार भइरहेको छ।

“कतिपय सम्पर्कमा आउन नचाहेका कारण एचआइभीबाट सङ्क्रमितको सङ्ख्या बढी रहेको अनुमान गरेका छौँ”, उनले भनिन्।

एचआइभीबाट सङ्क्रमित नियमित रुपमा उपचार गर्न नआए उनीहरुको घरमै गएर पनि औषधि उपलब्ध गराउने गरिएको छ। विसं २०५२ सालदेखि एचआइभीबाट सङ्क्रमितको उपचार सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ। 

 



अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस