काममा फर्किए कर्णाली प्रतिष्ठानका पदाधिकारी
०४ मंसिर २०७८
•
४ मिनेट पाठ
काममा फर्किए कर्णाली प्रतिष्ठानका पदाधिकारी
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कामकाजमा रोक लगाउने गरेको निर्णय उच्च अदालत पाटनले उल्टयाइदिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी काममा फर्किएका छन्।




स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णयबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.रावल लगायतका पधाधिकारीलाई कामकाज गर्न रोक लगाएका थिए।

अदालतले डा.रावल लगायतका पधाधिकारीहरुलाई कामकाजमा रोक नलगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा कात्तिक २९ गते अन्तरिम आदेश जारी गरेपछि उनीहरु शुक्रबार जुम्ला फर्किएका थिए।

अदालतको आदेश छल्दै पदाधिकारी नियुक्ती भएको भन्दै मन्त्री खतिवडाले कामकाजमा रोक लगाउने निर्णय गरेका थिए तर उपकुलपति रावल र रजिष्ट्रार महतले मन्त्रालयले अन्याय गरेको भन्दै उच्च अदालत पाटनमा रिट दिएपछि अदालतले कामकाजमा रोक नलगाउन आदेश गरेको थियो।

काममा रोक नलगाउने आदेश सँगै उपकुलपति डा.रावल, रजिष्ट्रार नृपेन्द्र महत र डीन रमेश भट्टराई जुम्ला पुगेका छन।

उनीहरुलाई यहाँका स्थानीय र प्रतिष्ठानका कर्मचारीहरुले भव्य स्वागत गरेका छन। हवाईजहाजबाट जुम्ला पुगेका उनीहरुलाई जहाजबाट ओर्लनेवित्तिकै फुल,माला,अविर र खादा ओडाएर पञ्चेबाजा सहित नगर परिक्रममा गरेका थिए । बाजागाजा सहित प्रतिष्ठान कार्यालयमा पुरयाइएको थियो।  

कर्णाली प्रतिष्ठान कर्णालीबासीको आस्था र धरोहरको शान हो। विपत्तिमा सबैलाई स्वास्थ्य सेवा दिने प्रतिष्ठान हो,स्थानीय पदम स्वर्णकारले भने,‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उन्नति र विकास विरोधीहरुले राजनीतिक अस्थिरताको फाईदा उठाउदै पदाधिकारीको योग्यतामाथि दाग लगाउने कुचेष्टा गरेका थिए तर सम्मानित पाटन उच्च अदालतले उनीहरुको योग्यता र क्षमताको सम्मान गर्दै पूर्ण काममा फर्कने अधिकारसहित  अवसर दिएको छ। यो निकै राम्रो कार्य हो।’ 

उच्च अदालत पाटनले  सिङ्गो कर्णाली र जुम्लीबासीको भावनाको कदर गरेको बताए। कर्णालीबासीले भोग्नु परेको स्वास्थ्य क्षेत्रको समस्या र नाबालक अवस्थामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सभ्य,सुशासित,उदाहरणीय स्वास्थ्य क्षेत्रको धरोहरका रुपमा स्थापित गर्ने जिम्मेवारी अब काँधमा आइपुगेको छ। स्थानीय स्वर्णकारले भने,‘कर्णालीबासीको आशा र भरोसाको विरुवालाई तुषारापात हुन कहिले पनि नदिनु होला,निरन्तर मलजल गर्नु हुने छ भन्ने अपेक्षा जुम्लाबासीले राखेका छौँ।’

‘अहिलेका पदाधिकारीहरुकै जोडवलमा नयाँ कार्यक्रमहरु आइरहेको थियो। तर राजनीति दाउपेचमा अस्थिर बनाउन खोजिदै थियो।अदालतले त्यसलाई सच्याएको छ। त्यसैले पनि यो हामीसबैको लागि खुशीको कुरा हो,’ उनले भने।

उपकुलपति डा रावलले अब प्रतिष्ठानले थप उचाईका साथ अघि बढ्ने बताए । उनले भने ‘बीचमा केही आरोह अवरोह आए। तैपनि अब हामी आयौँ। नियमित रुपमा हाम्रा कार्यक्रमहरु अघि बढ्छन्। तोकिएको समयमै हामीले एमबीबीएस लगायत नयाँ कार्यक्रमहरु सुरु गर्दैछौँ।’

प्रतिष्ठानका डीन डा भट्टराईले १९ मंसिर देखि जुम्लामा एमबीबीएस लगायतका कार्यक्रमहरु सञ्चालन हुने बताए। उनले एमबीबीएसमा १५ जना पूर्ण छात्रवृत्ति र पाँच जना शुल्क तिरेर अध्ययन गर्ने जानकारी दिए। अदालतले पदाधिकारीलाई कामकाज गर्न आदेश दिएपछि प्रतिष्ठानका कर्मचारी खुसी छन्।

उच्च अदालत,पाटनले हामीलाई काममा फर्कन आदेश दिएर न्यायको अनुभुति गराएको रजिष्ट्रार नृपेन्द्र महतले बताए। कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान अझै शिशु’अवस्थामै छ। यसलाई ’वस्यक’ बनाउन सरोकारवाला सबैको साझा दायित्व हो। रजिष्ट्रर महतले भने,‘हामी सबैको सकारात्मक सोच,अग्रगामी लक्ष्य र असल ब्यबहारद्वारा आपसी हातेमालोबाट मात्र कर्णाली प्रतिष्ठान स्थापित लक्ष्य अनुरुप स्थापित हुनसक्न छ।’

वर्तमानमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई लक्ष्य अनुरुप स्थापित गर्न, कर्णाली लगायत देशको स्वास्थ्य क्षेत्रमा पदिय जिम्मेवारी अनुरुप योगदान गर्न प्रतिबद्व रहेको उनले बताए। ‘यो स्वागत अप्रत्याशित रह्यो,प्रतिष्ठानको कर्मचारी र स्थनीयबाट यो सपोर्ट पाउदाँ थप काम गर्ने प्रेरणा मिलेको छ’ उपकुलपति डा. रावलले भने।

प्रतिष्ठानका उपकुलपति डा. रावल लगायतका पधाधिकारीलाई कामकाज गर्न रोक लगाएपछि प्रतिष्ठानका १६८ जना चिकित्सक नर्स,स्वास्थ्यकर्मी र कर्मचारीले असन्तुष्टी जनाउदै विज्ञप्ती जारी गरेका थिए।

सरकारले उपकुलपति रावल र रजिष्ट्रार महतलाई कामकाजमा रोक लगाउदै आर्थिक तथा प्रशासनिक अधिकार सहित शिक्षाध्यक्ष डा.निरेश थापालाई निमित्त उपकुलपति र प्रशासकीय अधिकृत द्धन्द्धबहादुर शाहीलाई निमित्त रजिष्ट्रारको जिम्मेवारी दिएको थियो।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
७ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस