अस्तव्यवस्त काठमाडौंका कोभिड खोप केन्द्र
०१ साउन २०७८
•
३ मिनेट पाठ
अस्तव्यवस्त काठमाडौंका  कोभिड खोप केन्द्र
छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा बिहीबार बिहान ४ बजेदेखि जेष्ठ नागरिकहरू आँखा मिच्दै लाइनमा बस्न पुगे। कोही आफ्नो स्थान सुरक्षित गर्न झोला राख्न व्यस्त थिए। एकातर्फ कोभिड–१९ को उच्च जोखिमको त्रास छ भने अर्को तर्फ खोप नपाउने चिन्ता सर्वसाधारणमा छ। त्यही भएर आफूहरू बिहानैदेखि लाइनमा बस्नु परेको लाइनमा बसेकाहरूको गुनासो थियो। बुधबार छाउनीदेखि स्वयंभूको भगवान पाउन भन्दा पनि माथिसम्म लाइन बस्दा समेत खोप लगाउने पालो नपाउनु तितो यर्थात भोगेकाहरू पनि लाइनमै बसेका भेटिएका थिए।




‘बुधबार बिहान ११ बजेदेखि लाइन बसेँ साँझ ५ बजेसम्म पनि पालो आएन भिड उस्तै थियो। समाजिक दूरी कायम थिएन। त्यही भएर आज म बिहान ४ बजेदेखि आफ्नो ठाउँ सुरक्षित गर्न लाइनमा बस्न आइपुगेको हुँ,’ डल्लुकी सानुमैया महर्जनले भनिन्, ‘लाइनमा सबेरै आउनु पर्ने चिन्ताले रातभरि निन्द्रानै लागेन। ४ बजेनै लाइनमा लागेको छु।’ सरकारले खोपमा उचित व्यवस्थापन गर्न नसकेको कारण सर्वसाधारणहरूले दुःख पाएको वाफलका सुरेश श्रेष्ठको गुनासो छ। सुरेश पनि बुधबार खोपका लागि लाइनमा बसेको र बिहीबार बिहानै लाइनमा आएर बसेको बताए।

कोरोना उच्च जोखिमबाट नागरिकलाई सुरक्षित बनाउन सरकारले खोपको व्यवस्थापन गरे पनि सेवाग्राहीलाई उपलब्ध गराउने खोप केन्द्रको उचित व्यवस्थापन गर्न नसकेको ५९ वर्षीया हिराकाजी महर्जनको गुनासो छ। देशमा स्थानीय सरकार भएकाले केन्द्रभन्दा स्थानीय सरकारलाईनै जिम्मेवारी दिएर वडाबाटै व्यवस्थापन हुनुपर्नेमा जोड दिइन्। ‘अब त वडाहरूबाटै खोपको व्यवस्थापन गर्दा सबैले सहज रूपमा पाउन सक्छन,’ उनले भने,‘यस्तो वृद्धावृद्धलाई एकाबिहानै भोकै, प्यासै लाइनमा बसेर सास्ती दिनु दुःखद् कुरा हो। यो त खोपको गाईजात्रानै हो।’  

छोउनीको अस्पताल मात्र होइन टेकु सरुवा रोग अस्पताल, सिभिल अस्पताल बानेश्वर, नेपाल प्रहरी अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, जनमैत्री अस्पताल बालाजुलगायतमा पनि अवस्था उस्तै रहेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा खोप केन्द्र समन्वय समितिनै गठन गरी खोप केन्द्र र खोप व्यवस्थापन गर्ने जिम्मेवारी दिएको बताए। उनले समितिमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखलाई सदस्यसचिव राखिएको तर पनि व्यवस्थापन हुन नसकेको गुनासो मन्त्रालयमा आएको बताए। उनका अनुसार बुधबारसम्म २६ लाख २१ हजार ४ सय ७६ ले पहिलो डोज खोप लगाएका छन् । सोही दिन ११ लाख ८ हजार ८ सय ६८ ले दोस्रो डोजको खोप लगाएको मन्त्रालयको तथ्यांक छ।

‘अहिलेसम्म १८ लाख भेरोसेल र १५ लाख ३४ हजार ८ सय जनसनको खोप आयो,’ सहप्रवक्ता अधिकारीले भने, ‘भारतबाट नेपाल सरकारले खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप नआउनु र २४ लाख ४८ हजारमध्येकै ३ लाख ४८ हजार खोप आउन बाँकी रहेका कारण हाल १३ लाख नागरिकले दोस्रो डोजको खोप पाउन नसक्नु भएको हो।’  

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलिले खोप केन्द्रहरू निकै अस्तव्यस्त रहेको गुनासो आएको र आफैं पनि सुविधानगरमा रहेको कान्तिपुर अस्पताल खोप केन्द्रमा अनुगमनमा जाँदा अस्तव्यस्त रहेको पाइएको बताए। काठमाडौंमा २५ वटा खोप केन्द्र बनाउन तयारी भएपनि धेरै भिड हुने त्रासका कारण अस्पतालहरूले खोप केन्द्र बनाउन नमानेपछि समस्या आएको उनको भनाइ छ। हाल काठमाडौंमा १८ खोप केन्द्र मात्रै छन्।
अर्को समाचार
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
१ घण्टा अघि
•
१ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
सप्तरी,  सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित रहेको पाइएको छ। 

 

जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका  छन्। गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा उनीहरुले नियमित रुपमा उपचार गराइरहेका केन्द्रकी वरिष्ठ स्टाफ नर्स सुनिता यादवले बताइन्।

उनले भनिन्, “अस्पतालमा सम्पर्कमा आएर उपचार गराउनेमध्ये सबैभन्दा बढी २० देखि ५० वर्षको उमेरका छन्। विसं २०८१ मा १८९ जना तथा २०८२ सालमा १९५ एचआइभीबाट सङ्क्रमित थिए। पछिल्लो तीन वर्ष यता प्रत्येक वर्ष एचआइभीबाट सङ्क्रमितको बढेको तथ्याङ्क छ।”

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको उपचार केन्द्रमा १० बालबालिकाको समेत नियमित रुपमा उपचार भइरहेको छ।

“कतिपय सम्पर्कमा आउन नचाहेका कारण एचआइभीबाट सङ्क्रमितको सङ्ख्या बढी रहेको अनुमान गरेका छौँ”, उनले भनिन्।

एचआइभीबाट सङ्क्रमित नियमित रुपमा उपचार गर्न नआए उनीहरुको घरमै गएर पनि औषधि उपलब्ध गराउने गरिएको छ। विसं २०५२ सालदेखि एचआइभीबाट सङ्क्रमितको उपचार सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ। 

 



दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
यो पनि पढौँ
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस