खोटाङमा थप ५५ जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। बिहीबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३२ जना, ऐसेलुखर्क गाउँपालिकाका २२ जना र हलेसी तुवाचुङ नगरपालिकाका १ जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट १७३ जनाको नमूना पीसीआर परीक्षणमा पठाइएकामा बिहीबार ५४ जनाको रिपोर्ट आउँदा ३२ जनालाई संक्रमण देखिएको हो। अझै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ११९ जनाको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ। यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २५९ पुगेको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछानेले बताए।
हालसम्म जिल्लामा १ जना संक्रमितको मृत्यु हुँदा १७ जना संक्रमितले कोभिड–१९ लाई जितिसकेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ९ जना, साकेला गाउँपालिकाका ७ जना र जन्तेढुंगा गाउँपालिकाका १ जनाले कोभिड–१९ लाई जितेका छन्। दिक्तेलका २ जनाले कोभिड–१९ जितेका हुन्।
हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ८६ जना, हलेसी तुवाचुङ नगरपालिकामा ४३ जना, ऐसेलुखर्क गाउँपालिकामा ४० जना, जन्तेढुंगा गाउँपालिकामा २६ जना, रावाबेँसी गाउँपालिकामा २० जना, साकेला गाउँपालिकामा १६ जना, खोटेहाङ गाउँपालिकामा १२ जना, केपिलासगढी गाउँपालिकामा १० जना र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ६ जना सक्रिय संक्रमित छन्।
सक्रिय संक्रमितमध्ये २३६ जना होम आइसोलेसनमा, १५ जना संस्थागत आइसोलेसनमा र ८ जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन लामिछानेले बताए।