खोटाङमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमितको संख्या ६६ पुगेको छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ६६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो। हालसम्म ४६ जना कोरोनालाई जितेर घर फर्किसकेका छन्। हाल २० जना संक्रमितको उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जिल्लामा कोभिड–१९ बाट संक्रमितको संख्या लगातार वृद्धि भइरहेको छ। जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट १ हजार ११ जनाको पिसिआर परीक्षणमा पठाइएकामा ३० जनालाई संक्रमण भएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका संक्रमितमध्ये १० जना प्रहरी जवान छन्।
यस्तै, हलेसी तुवाचुङ नगरपालिकाबाट ३०१ जनाको नमूना पिसिआर परीक्षणमा पठाइएकामा ४ जना, खोटेहाङ गाउँपालिकाबाट १३३ जनाको पिसिआर परीक्षणमा पठाइएकामा ४ जना, साकेला गाउँपालिकाबाट २३० जनाको पिसिआर परीक्षणमा पठाउँदा ४ जना, जन्तेढुंगा गाउँपालिकाबाट १२३ जनाको पिसिआर परीक्षणमा पठाउँदा २ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाबाट १४६ जनाको पिसिआर परीक्षणमा पठाउँदा १ जना, ऐसेलुखर्क गाउँपालिकाबाट ७३ जनाको पिसिआर परीक्षणमा पठाउँदा १ जना, बराहपोखरी गाउँपालिकाबाट ५७ जनाको पिसिआर परीक्षणमा पठाइएकामा १ जना र केपीलासगढी गाउँपालिकाबाट ८९ जनाको पिसिआर परीक्षण गर्दा १ जनालाई संक्रमण पुष्टि भएको प्रशासनले जनाएको छ।
संक्रमितमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १८ जना, केपीलासगढी गाउँपालिकाका १ जना र जन्तेढुंगा गाउँपालिकाका १ जना हाल उपचारमै छन्। हालसम्म रावाबेँसी गाउँपालिकामा कुनै पनि संक्रमित फेला परेका छैनन्।
लकडाउन खुलेपछि र लामो तथा छोटो दूरीको सवारी साधन सञ्चालन सुरु भएपछि आवागमन बढ्दा जिल्लामा कोरोना संक्रमणको त्रास बढेको छ। तर, स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा बेवास्ता बढी रहेको छ। हाल हाटबजारमा अधिक भिड लाग्ने गरेको छ।