‘कोरोनाको उपाय विद्यालय बन्द होइन’
३१ चैत्र २०७७
•
६ मिनेट पाठ
‘कोरोनाको उपाय विद्यालय बन्द होइन’
दुई सातायता कोभिड संक्रमणको जोखिम बढ्दै गएको छ। विशेष गरी यस पटकको संक्रमण बालाबालिकामा देखिन थालेपछि सबै सरोकारवाला बालबालिकालाई कोरोना संक्रमणबाट जोगाउने उपायबारे गहन छलफलमा जुटेका छन्। विद्यालय तहका बालबालिकाले मास्कसमेत साटासाट गरेको र एउटै बोतलबाट पानी पिउने गरेको तथ्य नागरिकमा सार्वजनिक भएपछि सोमबार बिहानैदेखि विद्यालय सञ्चालक, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, महानगरपालिका, शिक्षक, विद्यार्थी, अभिभावकलगायत सबै सरोकारावाला जोखिम न्यूनीकरण उपायबारे छलफलमा जुटेका छन्।




सोमबार शिक्षा मन्त्रालय, महानगरपालिका शिक्षा विभाग र काठमाडौं जिल्ला प्रमुख कार्यालयमा समेत विद्यालय सञ्चालन कसरी गर्ने र बालबालिकालाई कोरोना जोखिमबाट कसरी बचाउनेबारे छलफल भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार दुई सातायता १८ वर्षमुनिका २ सय ७१ बालाबलिका संक्रमित भएका छन्। स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले दुई सातायता १८ वर्षमुनिका कोरोना संक्रमित बालबालिका २ सय ७१ रहेको जनाए। उनका अनुसार चैत १४ देखि चैत २९ गतेसम्म ३ हजार ४ सय ५ जनालाई संक्रमण देखिएको छ। जसमध्ये १८ वर्षमुनिका २ सय ७१ बालबालिका कोरोना संक्रमित रहेका छन्।  

स्वास्थ्य मन्त्रालयका अनुसार दुई सातायता १८ वर्षमुनिका २ सय ७१ बालाबलिका संक्रमित भएका छन्। स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले दुई सातायता १८ वर्षमुनिका कोरोना संक्रमित बालबालिका २ सय ७१ रहेको जनाए। उनका अनुसार चैत १४ देखि चैत २९ गतेसम्म ३ हजार ४ सय ५ जनालाई संक्रमण देखिएको छ। जसमध्ये १८ वर्षमुनिका २ सय ७१ बालबालिका कोरोना संक्रमित रहेका छन्।  
‘यसअघि अस्पतालको आइसियुमा भर्ना हुने ५० वर्ष र त्यसमुनिका बढी हुन्थे, तर यो पटक १८ वर्षमुनिका बालबालिका आइसियुमा भर्ना भएका छन्,’ डा. पौडेलले नागरिकसँग भने, ‘यी बालबालिकामा युके भेरियन्ट देखिएको छ। जोखिम पनि यो समूहमा बढी छ। त्यही भएर अब हाम्रो फोकस विद्यालयमा केन्द्रित छ। विशेष गरी कक्षा ८ सम्मका बालाबलिकामा साइलेन्ट केरियर दर बढी पाइएको छ।’

सोमबार बिहान शिक्षा सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा शिक्षा मन्त्रालयमै बसेको बैठकमा कोभिड–१९ को दोस्रो लहरले प्रभावित तुल्याए पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन्। नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई प्रदान गरेको सन्दर्भमा विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णयको अधिकार स्थानीय तहलाई नै रहने भएकाले केन्द्रबाट यस सम्बन्धमा निर्णय लिइरहनु उपयुक्त नहुने भनाइ अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीको छ। उनले संक्रमण देखिएको स्थान तथा विद्यालयमा व्यवस्थापनमा चुनौती देखिए अन्तिम विकल्पको रूपमा बन्द हुन सक्ने जनाए। ‘हामीले विद्यालय बन्द गर्न भनेका छैनौं,’ अध्यक्ष भण्डारीले नागरिकसँग भने, ‘उच्च जोखिम देखिएका विद्यालयमा उच्च सतर्कता अपनाउने, स्थानीय निकायका सम्बन्धित पदाधिकारीलाई निगरानी गर्न लगाउने। व्यवस्थापन गर्न नसके मात्र साना कक्षा बन्द गर्ने हाम्रो सुझाव छ।’  

नेपाल नगरपालिका महासंघका अध्यक्ष अशोक ब्यान्जुले संविधानले एकल अधिकारका रूपमा माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरेको उल्लेख गर्दै उनले विद्यालय मात्र होइन, स्थानीय तह र अभिभावकले समेत आफ्ना नानीहरूको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाए÷नअपनाएको बारे स्कुलमै पुगेर चेक गर्नुपर्ने सुझाए। शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले उपत्यकाबाहिर भयावह स्थिति नभएको बताउँदै प्रकोप देखिएको स्थानमा स्थानीय तहले समन्वय गर्नुपर्ने जनाए। उनले हाल विद्यालय पूर्ण रूपमा बन्द गर्न नहुने तर्क गरे। ‘स्वाथ्य मन्त्रालयले जारी गरेको निर्देशिका विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावकले समेत पालना गरेको पाइँदैन,’ अध्यक्ष थापाले भने, ‘सरकारले अब शिक्षकलाई तत्काल भ्याक्सिन लगाउने व्यवस्था गर्नुपर्छ।’  

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (नेपाल प्याब्सन)का अध्यक्ष टीकाराम पुरी र राष्ट्रिय प्याब्सनका महासचिव सुवास न्यौपानेले हालको अवस्थामा विद्यालय बन्द गर्नुभन्दा पनि विद्यालय सञ्चालन कार्याढाँचामा उल्लेख गरिएका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनले निरन्तरता पाउनुपर्ने जोड दिएका थिए। ‘१० महिना विद्यालय बन्द गर्दा निजी विद्यालय सञ्चालकलाई ठूलो पीडा भएको थियो भने विद्यार्थी विद्यालय आउन नपाउँदा मानसिक तनावममा परे,’ प्याब्सनका अध्यक्ष टीका पुरीले भने, ‘हालको अवस्थामा भौतिक रूपमा स्कुल बन्द गर्ने समय आएको छैन।’ उनले थपे, ‘स्कुलमा भीड घटाउने उपाय अवलम्बन गर्नुपर्ने, दिन बिराएर वा एकै दिनमा दुई सिफ्ट कक्षा सञ्चालन गरेर आलोपालो पठनपाठन सञ्चालन गर्नुपर्नेलगायत विधि अपनाएर विद्यालय सञ्चालन हुनुपर्छ। बन्द समस्याको समाधान होइन।’

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले सबै विश्वविद्यालयको परीक्षाको समय नजिकिँदै गइरहेको अवस्थामा शिक्षणसंस्था बन्द गर्नु गलत भएको तर्क गर्दै अबको अवस्थाको विश्लेषण गरी स्थानीय सरकारलाई बन्द गर्ने वा खोल्ने अधिकार दिनुपर्ने विचार राखे। उनले विश्वविद्यालय तहका विद्यार्थीको हकमा कलेजहरू बन्द गर्न आवश्यक नरहेको स्पष्ट पारे। छलफलमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले केन्द्रलाई नै आधार मानेर देशभरिका विद्यालय बन्द गर्नु जरुरी नभएको बताए। उनले अनुगमनलाई कडाइका साथ पालना गर्नुपर्ने सुझाए।

सोमबारै काठमाडौं जिल्ला प्रमुख कालिप्रसाद पराजुलीले पनि विद्यालय र बालबालिकालाई कोरोनाको उच्च जोखिमबाट जोगाउने उपायसहित सबै सरोकारवालासँग छलफल गरेका थिए। ‘अहिले बालबालिका धमाधम बिरामी पर्न थालेपछि विद्यार्थीको पनि कोभिड जाँच भयो र बालबालिकामा पनि कोरोना पोजेटिभ देखिएपछि हामीले विद्यालय केन्द्रित भएका हौं,’ जिल्ला प्रमुख पराजुलीले नागरिकसँग भने ‘हामीले छलफलबाट कोभिड संक्रमित देखिएका क्षेत्र र विद्यालयमा रेड जोन घोषणा गरी उक्त क्षेत्र मात्र बन्द गर्ने र निको भएपछि फेरि खोल्ने सुझाउ शिक्षा मन्त्रालयमा दिएका छौं।’ उनले थपे, ‘सकेसम्म विद्यालयले स्वास्थ्य सुरक्षाको उच्चतम उपाय अपनाएर विद्यालय सञ्चालन गर्नुपर्छ। यी सुझाव शिक्षा मन्त्रालयले मन्त्रीज्यूमार्फत सिसिएमसीमा र मन्त्रिपरिषद्मा छलफलमा लाने तयारी छ।’

शिक्षा सचिव रामप्रसाद थपलियाले छलफलबाट आएको सुझावलाई समेटेर शिक्षा मन्त्रीलाई बुझाउने बताए। ‘विभिन्न सुझावमा मन्त्रालयमा मन्त्रिस्तरीय छलफलबाट ठोस निर्णय गरी अघि बढ्ने हो,’ सचिव थपलियाले भने, ‘बालबालिकाको स्वास्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राख्नुपर्नेतर्फ हामी सबैको ध्यान केन्द्रित हुनुपर्छ।’ मन्त्रालयको प्रवक्ता दीपक शर्माले मन्त्रालयले यसअघि नै कोभिडबाट जोगिएर विद्यालय सञ्चालन गर्नेबारे विद्यालय सञ्चालन कार्यढाँचा जारी गरिसकेको जनाए। ‘स्थानीय निकायले विद्यालयको अनुगमन र नियमन गरी उच्च सतर्कता अपनाउनेबारे सचेतना जगाउनुपर्छ,’ प्रवक्ता शर्माले भने, ‘विद्यालय बन्द कोरोनाको विकल्प होइन। सोमबारको छलफलबाट प्राप्त सुझावलाई समेटेर शिक्षामन्त्रीज्यूलाई बुझाउने हो।’
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
२ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस