एक सय ९ वटा स्थानीय तह रहेको लुम्बिनी प्रदेशमा ३२ वटा स्थानीय तहमा सोमबार १५ शैयाका अस्पतालको शिलान्यास गरीएको छ। केही पालिकाहरुमा भने यसअघि नै १५ शैयाका अस्पतालको शिलान्यास गरीएको थियो।
रोल्पाका १० वटा स्थानीय तहमध्ये ३ वटामा अस्पताल शिलान्यास गरीयो। परिर्वतन, माणी, त्रिवेणी गाउँपालिकामा १५ शैयाको अस्पताल शिलान्यासका लागि उर्जा मन्त्री बर्षमान पुन हेलिकप्टर लिएर रोल्पा पुगेका थिए। पूर्वी रुकुममा ३ वटा स्थानीय तहमध्ये एउटा सिस्ने गाउँपालिकामा मात्रै अस्पताल शिलान्यास गरीयो।
रुपन्देहीमा १६ वटा स्थानीय तहमध्ये सोमबार २ वटा तहमा असपताल शिलान्यास गरीयो। तिलोत्तमाको विपि ग्राम सेवा केन्द्रमा सार्वजनिक लेखा समितिका सभापती भरत शाहले अस्पताल शिलान्यास गरेका थिए। रुपन्देहीको गैडहवामा पनि सोमबार शिलान्यास गरीएको छ। सैनामैना र तिलोत्तमा नगरपालिकामा केही दिनअघि नै अर्थमन्त्री बिष्णु पौडेलले १५ शैयाको अस्पतालको शिलान्यास गरेका थिए। देवदहमा गत आसोजमै शिलान्यास गरीएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए। गुल्मीमा १२ वटा स्थानीय तहमध्ये ११ वटामा सोमबार शिलान्यास गरीयो। नेताहरु प्रदिप ज्ञवाली, गोकर्ण बिष्ट, प्रदेशका सामाजिक विकास मन्त्री शुदर्शन बरालले बाँडीएर ती अस्पताल शिलान्यास गरे।
दाङमा १० स्थानीय तहमध्ये २ मा शिलान्यास गरीयो। १० वटा स्थानीय तह रहेको कपिलवस्तुमा ३ वटामा शिलान्यास गरीयो। मायादेवि, यशोधरा र सुद्धोधन गाउँपालिकामा पालिका अध्यक्ष र प्रदेश सांसदले अस्पताल शिलान्यास गरेका हुन्। बाँकेमा ८ वटा स्थानीय तहमध्ये एउटामा सोमबार शिलान्यास गरीयो। भने राप्ती सोनारी गाउँपालिकामा भने १५ शैयाको अस्पताल निर्माण सकेर आइतबारै उद्घाटन गरीएको थियो। अर्घाखाँचीमा ६ वटा स्थानीय तहमध्ये २ वटामा शिलान्यास गरीयो। जिल्लाको भुमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकामा शिलान्यास गरीएको हो। पाल्पामा १० वटामध्ये ३ वटामा शिलान्यास गरीयो। निस्दी, माथागढी र पूर्वखोला गाउँपालिकामा प्रदेश सांसदहरुले शिलान्यास गरेका हुन्।
नवलपरासीका ७ वटा स्थानीय तहमध्ये २ वटामा सोमबार शिलान्यास भएको छ। ९ प्युठानका स्थानीय तहमध्ये ३ वटामा शिलान्यास गरीयो। माण्डवी, मल्लरानी र ऐरावती गाउँपालिकामा शिलान्यास भएको छ। संघीय सांसद दुर्गा पौडेलसहित प्रदेश सांसदहरुले अस्पताल शिलान्यास गरे। बर्दियामा ८ वटा पालिकामध्ये गेरुवा गाउँपालिका र मधुवन नगरपालिकामा मात्रै सोमबार शिलान्यास गरीएको छ।