गण्डकी प्रदेशमा सोमबार ३८ वटा अस्पताल एकैपटक शिलान्यास गरिएको छ। सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सोमबार एकैपटक देशभरका ३९६ वटा अस्पताल शिलान्यास गर्ने क्रममा गण्डकी प्रदेशमा ५३ वटा अस्पताल शिलान्यास गर्ने भनिएपनि ३८ वटा मात्र अस्पताल शिलान्यास भएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय, अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेशका १५ वटा अस्पतालको शिलान्यास कार्यक्रम रोकिएको छ।
महाशाखाका अनुसार कास्कीमा २, पर्वतमा ५, स्याङ्जामा ४, लमजुङमा ६, गोरखामा ४, तनहुँ ५, म्याग्दी १, बागलुङ ४, नवलपुर ३, मनाङ १ र मुस्ताङ ३ गरि ३८ वटा अस्पताल शिलान्यास गरिएको स्वास्थ्य कार्यालयहरुले रिपोर्ट टिपाएको महाशाखा प्रमुख रामबहादुर केसीले जानकारी दिए।
जग्गा विवादका कारण बाँकी अस्पतालहरुको शिलान्यास रोकिएको प्रमुख केसीले बताए। जग्गा विवादले आज एकैपटक शिलान्यास गर्न सकेनौं, उनले भने,‘जग्गा विवाद टुंगिएलगत्तै ती अस्पतालहरुको पनि शिलान्यास गर्छौं।’