ग्लोबल गोरखा समाजले ११ लाख ७८ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। बुधबार गोरखा सदरमुकाममा आयोजित एक कार्यक्रमका बीच संस्थाका नेपाल संयोजक बिनोद पोखरेलले उक्त सामग्री जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ मार्फत हस्तान्तरण गरेका हुन्।
११ वटा स्थानीय तह हरेकलाई १३ हजार थान सर्जिकल मास्क र ३० थान थर्मल गन प्रदान गरिएको उनले बताए। जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका लागि सात हजार थान मास्क, १० थान थर्मल गन, जिल्ला समन्वय समितिका लागि दुई हजार थान मास्क र दुई थान थर्मल गन, पत्रकार महासंघ गोरखका लागि दुई हजार थान मास्क र एक थान थर्मल गन सहयोग प्रदान गरिएको छ।
कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेको, संक्रमित थपिँदा स्थानीय तहलाई काम गर्न सहज होस भन्ने धेयले स्वास्थ्य सामग्री सहयोग गरिएको उनले बताए। ‘सुरक्षाकर्मी, जिल्ला प्रशासन र पत्रकारहरु सर्वसाधारणसँग नजिक सम्पर्कमा रहने भएकाले सुरक्षित रहन स्वास्थ्य सामग्री दिएका छौँ’ संयोजक पोखरेलले भने।
उपयोगी स्वास्थ्य सामग्री रहेको भन्दै स्थानीय तहका प्रमुख उपप्रमुखले सहयोगको प्रशंसा गरेका छन्। ग्लोबल गोरखा समाजको नयाँ कार्यसमितिका सदस्यहरु आफैँले उक्त रकम संकलन गरेर सहयोग जुटाएका हुन्। उक्त संस्थाले यसअघि पनि सामाजिक काममा सहयोग गर्दै आएको छ।