लहान स्थित डिभाइन हेल्थ केयर अस्पतालमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएपछि कारबाही माग्दै आफन्त धर्ना बसेका छन्। शल्यक्रिया कक्षको बेडमै सुत्केरीलाई छोडेर अस्पतालका चिकित्कस तथा कर्मचारी फरार भएपछि निसाफ माग्दै प्रदर्शनमा उत्रिएका आफन्तहरुमाथि प्रहरीले बल प्रयोग गरेपछि उनीहरु धर्नामा बसेका छन्।
प्रसूति गराउन शनिबार दिउँसो ३ बजे लहानस्थित डिभाइन हेल्थ केयर अस्पताल लगिएकी सुखीपुर नगरपालिका–९ बैसखाकी २७ वर्षीया आरती साहको शल्यक्रियाका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि अस्पताल सञ्चालक, कर्मचारी र चिकित्सकहरू फरार भएका छन्। सुत्केरीको शल्यक्रिया गरिएपनि पेट सिलाई गरिएको छैन। मृतकका भाई राजेशकुमार साहले नागरिकसँग भक्कानिँदै भने,‘दिदीको मृत्यु होइन हत्या गरिएको छ। राजनीतिक दवावका कारण दोषी पक्राउ गर्न प्रहरी आलटाल गरिरहेको छ, हामीलाई सहयोग गर्नुहोस्।’ यतिसम्मको लापरबाही गर्ने अस्पताल र चिकित्सकलाई हदैसम्मको कारबाही गर्नुपर्छ उनले भने,‘शल्यक्रिया गर्यो तर सिलाई नगरी चिकित्कहरु भागेका छन्।’
अप्रेशनकै क्रममा बहिनीको मृत्यु भएपछि हामीमध्ये कसैलाई पनि जानकारी नदिई अस्पतालका सम्पूर्ण कर्मचारी एक एक गरी फरार भए साहले भने,‘प्रहरीले दोषी चिकित्कस, डाक्टर, कर्मचारी र संचालकलाई पक्राउ गर्नुको साटो उल्टै हामीमाथि लाट्ठी बर्साए।’ साहको मृत्युपछि उनीहरूले रातिदेखि नै प्रदर्शन गरिरहेका छन्। आइतबार बिहान ८ बजेदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्न थालेपछि हामी उनीहरुलाई थकेलेर सवारी आवागमन सुचारु गराएका हौ लहान प्रहरी प्रमुख डिएसपी शरद थापाले भने,‘हामी बल प्रयोग गरेकै छैनौ। लट्ठी हानिएको भने आरोप झुठो हो।’
‘डिभाइन अस्पतालका डाक्टरकै लापरबाहीले मँ पत्नी गुमाएँ,’ प्रमोदले रुँदै भने,‘ मसँग मेरी पत्नी खोस्ने लापरबाह चिकित्सकमाथि कडा कारबाही होस्।’ पावर र पैसाको बलमा यहाँका धेरै अस्पताल र चिकित्क कारबाहीमुतm भएको सुनेको छुँ उनले भने,‘यो घटनामा पनि त्यही नियती नदोहरियोस्।’
स्थानीय प्रशासनले अस्पतालअगाडि सुरक्षाकर्मी तैनाथ गरेको छ। मृतकको शव डिभाइन अस्पतालको शल्यक्रिया कक्षमै छ। नवजात शिशु भने सकुशल छन्। उनलाई लहानकै सप्तऋषि अस्पतालमा उपचारका लागि लगिएको छ।