सात पहाडी जिल्लामा आईसियू नहुँदा समस्या
२६ कार्तिक २०७७
•
४ मिनेट पाठ
सात पहाडी जिल्लामा आईसियू नहुँदा समस्या
गत चैत १४ गते पहिलो संक्रमित देखा परेको सुदूरपश्चिममा ७ महिना बित्दा समेत पहाडी जिल्लामा एक आईसियू पनि संचालन हुन सकेको छैन । ७ वटै पहाडी जिल्लाका अस्तपतालमा एक पनि आईसियू छैन । तराई, हिमाल र पहाडको भुगोल रहेको सुदूरपश्चिम प्रदेशमा २ तराईका जिल्ला ७ पहाडी जिल्ला रहेका छन । बढ्दो संक्रमण सँगै तराईका दुई जिल्लामा रहेका सिमित आईसियू समेत अपुग भएका छन् ।




चैत महिनामा देशभरीमा देखिएका जम्मा संक्रमितको संख्या मध्यमा आधा संक्रमित देखिएर त्रास र चर्चामा रहेको सुदूरपश्चिमको स्वास्थ्य उपचारको अवस्था पहिलेदेखि नाजुक थियो । कोरोना संक्रमणको कहर सँगै उपकरण,जनशक्ती र सुविधा बढाएर स्वास्थ्य उपचारमा सुधार हुने स्थानीयले आशा गरेका थिए । तर ७ पहाडी जिल्लामा एक पनि आईसियू संचालन नगरिँदा लक्षणसहित कोरोना भाइरसका बिरामी बढ्न थालेसगै स्थानीय चिन्तित बनेका छन् ।

* कोरोना संक्रमण देखिएको सात महिना बित्दा पनि आईसियू राखिएन
*  लक्षणसहितका संक्रमित बढेसँगै ७ पहाडी जिल्लामा समस्या
सुदूरपश्चिमका सात पहाडी जिल्लामा आइसियू बेडको सुविधा छैन । डडेल्धुराबाहेक अन्य जिल्लामा भेन्टिलेटरसमेत छैनन् । डडेल्धुरा अस्पतालमा दुई वटा मात्र भेन्टिलेटर छ । लक्षणसहितका संक्रमित थपिने क्रम बढेपछि आइसियू र भेन्टिलेटरको अभावमा बिरामी जोखिममा पर्ने संभावना भएको जिल्ला अस्पतालका बैतडीका डा. बशन्तराज जोशीले बताए । ‘पछिल्लो समय कोरोना भाइरसका लक्षणसहितका बिरामी बढ्न थालेका छन्’उनले भने,‘ आईसियू र भेन्टिेलेटर नहुँदा जोखिम बढेको छ ।’  

जटिल प्रकृतिलाई संक्रमितलाई स्वास्थ्य समाग्री अभावले समयमै उपचार दिन सक्ने अवस्था नभएको ’स्वास्थ्यकर्मी बताउँछन् ।

जटिल प्रकृतिका लक्षण देखिएका कोरोना संक्रमितलाई स्वासप्रश्वासमा गाह्रो हुने भएकाले आईसियू र भेन्टिलेटर आवश्यक पर्ने गरेको चिकित्कस बताउँछन् ।

पहाडी जिल्लामा दक्ष चिकित्सक र उपकरण अभावमा अकालमै ज्यान गुमाउनेको संख्या अधिक छ । समयमै स्वास्थ्य सेवा नपाउँदा बिकट क्षेत्रका बासिन्दा अकालमै ज्यान गुमाउने गरेको पुर्चौैडी नगरपालिका–४ का जनककिशोर भट्टले बताए ।  

‘दक्ष जनशक्ति र उपकरणको अभावमा बिरामीले अकालमै ज्यान गुमाउने समस्या पहिले देखिको हो, कोराना संक्रमणको महामारी फैलिँदा पनि सेवा, सुविधा थप नहुनु नहुँदा अवस्था डरलाग्दो हुने भएको छ’उनले भने ।

लक्षणसहितका कोरोना संक्रमित बढ्न थाले सँगै उपचारको  लागि जिल्लामा उपकरण र पूर्वाधार अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका खोप अधिकृत बिरेन्द्र भट्टले बताए । अधिकांश बिरामीमा स्वासप्रश्वासजन्य समस्या निम्त्याउने यो रोगको उपचारका लागि अतिआवश्यक उपकरणतर्फ ‘इन्टेन्सिभ केयर युनिट’ (आइसियू) र भेन्टिलेटर सबैभन्दा महत्वपूर्ण साबित भइसकेको उनी बताउँछन् । ‘भेन्टिलेटर र आईसियू नभएर जटिल प्रकृतिका संक्रमितलाई बचाउन समस्या हुने भएको छ’डडेल्धुरा अस्पतालका प्रमुख डा.जगदिशचन्द्र बिष्टले भने ।

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा आईसियू अभाव मात्र नभई विशेषज्ञ सेवा समेत छैन । उपचारको लागि तराईका जिल्ला जानु पर्ने बाध्यता छ । जटिल प्रकृतिका संक्रमित बढे सँगै रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा समेत आईसोलेसन बेड समेत अभाव हुन थालेको छ । भने सेती प्रादेशिक अस्पतालमा रहेका १५ आईसियू पनि अपुग हुन थालेका छन् ।

कोरोनाको संक्रमणको महामारी फैलिरहेका वेला तीन तहका सरकार भएपनि पहाडी जिल्लाका अस्पतालको अवस्था सुधारमा ध्यान नदिएको स्थानीयको गुनासो छ । लामो बाटो पार गरेर बिरामीलाई तराईका जिल्लामा पुर्‍याउन सर्वसधारणलाई सहज छैन ।

पहाडी जिल्लाका आर्थिक अवस्था कमजोर भएका नागरिकले पनि सहज स्वास्थ्य सेवा पाउने गरि सेवा र सुविधा बढाउन सरकारले ध्यान जानु पर्ने बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्द बताउँछन् ।

सुदूरपहाडका सबै जिल्लामा संक्रमित रहेका छन् । डोटीमा एक सय २३, अछाममा ९३ जना सक्रिय संक्रमित रहेका छन् । यसैगरि बाजुरामा १८ जना, बैतडीमा ५० जना सक्रिय संक्रमित रहेका छन् । डडेल्धुरामा ८५ जना र दार्चुलामा २ सय १० जना सक्रिय संक्रमित रहेका छन् ।

जटिल प्रकृतिका लक्षणसहितका कोरोना संक्रमितको जिल्लामै उपचार संभव नरहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका कोरोना फोकल पर्सन भुवन जोशीले बताए । ‘आइसीयू र भेन्टिलेटर दुबै एकसाथ भए मात्र अक्सिजनको मात्रा कम देखिने बिरामीको उपचार गर्न सकिने हो’ उनले भने ।

सामान्य अवस्थामा पनि गम्भीर रोगका बिरामी आइसियू र भेन्टिलेटर अभावमा ज्यान गुमाउनुपर्ने अवस्था छ । महामारीको सामना गर्न सक्ने  तयारी नहुँदा सुदूरपश्चिम प्रदेशमा बढी जोखिम भएको जानकारहरु बताउँछन् । संक्रमित र जोखिम बढी देखिएको सुदूर पहाडमा यस्ता पूर्वाधार कम देखिएको छ । विशेषज्ञ चिकित्सक नै कम रहेको सुदूरपश्चिममा समुदायमा संक्रमण फैलिएकाले जोखिम बढदै गएको स्वास्थ्यकर्मी बताउँछन् । जनसंख्या र संक्रमणको जोखिमसँग जुध्न उपकरण तथा जनशक्ति निकै कम छ । आइसोलेसन वार्ड स्थापना गरिएका अधिकांश अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि कन्सल्ट्यान्ट फिजिसियन र क्रिटिकल कन्सल्ट्यान्ट फिजिसियन समेत छैनन् ।  

सुदूरपश्चिममा सेती प्रादेशिक अस्पतालमा १० भेन्टिलेटर सहित १५ आईसियू र महाकाली अस्पतालमा ५ भेन्टिलेटरसहित ८ आईसियू संचालनमा छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सुदूरपश्चिममा १० हजार २ सय १० संक्रमित मध्य १६ सय ११ जना सक्रिय संक्रमित छन् । अहिले सम्म सुदूरपश्चिम प्रदेश भित्र २९ जनाको ज्यान गएको छ भने अन्यत्र उपचार गराउने क्रममा ज्यान गुमाएको समेत संख्या जोड्दा यस प्रदेशका ४२ जनाले कोराना संक्रमणबाट ज्यान गुमाएका छन् ।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
१ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस