चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत डा. गोविन्द केसी विशेषज्ञ स्वास्थ्य सेवा दिन जुम्लाका ग्रामिण बस्तीमा पुगेका छन्। कोभिड महामारीका कारण आफ्नो सत्याग्रह स्थगित गरेका उनी औषधिको झोला बोकेर सिँजा क्षेत्रमा लागेका हुन्। भदौ १८ गतेदेखि सत्याग्रहको घोषणा गरेका डा. केसीले जुम्लाबासीको आग्रहमा स्थगित गरेर गाउँ तिर पुगेका हुन्।
यो समयमा गाउँका बिरामीको उपचार गर्छु। उनले भने,‘दुरदराजको ग्रामिण बस्तीमा पुगेर दुखि बिरामीको उपचार गर्नु मेरो धर्म हो। यो धर्म न भौगोलिक विकट्ताले रोक्छ, नत आँधि हुरीले नत सरकारले नै।’
भदौ १९ गते नै गाउँमा विशेषज्ञ स्वास्थ्य सेवा दिने तयारी भएपनि अस्पतालको फार्मेसीमा औषधि किन्न जाने क्रममा प्रवेश गर्न नदिएपछि एक दिन ढिला भएको थियो। डा. केसीले सहयोगी मार्फत फार्मेसीबाट औषधि किनेर गाउँतिर गएका हुन्। कनकासुन्दरी गाउँपालिकाको हाडसिँजा स्वास्थ्यचौकीमा विशेषज्ञ स्वास्थ्य सेवा दिइरहेको डा. केसी बताउँछन्।
उनले भने,‘अब केही दिन सिँजा क्षेत्रतिर स्वास्थ्य सेवा दिएर बस्छु। सदरमुकाम खलंगाबाट किनेर ल्याएको औषधि र स्वास्थ्यचौकीमा उपलब्ध औषधिको प्रयोग गर्छु। दिनदुखिको सेवा गर्नु मेरो धर्म हुनेछ।’ एक दिनको पैदलयात्रा गरेर सिँजा क्षेत्रमा पुगेका डा. केसी बताउँछन्। जतिको बिरामीको चाप बढ्यो, त्यती दिन हाडसिँजा स्वास्थ्यचौकीमा बस्ने तयारी डा. केसीको छ। तत्कालिन सिँजा क्षेत्रमा ११ वटा गाविस हालका तीन स्थानीय तहका सबै स्वास्थ्य संस्थामा पुगेर विशेषज्ञ सेवा दिने डा. केसी बताउँछन्।
डा. केसी दुर्गममा पुगेर सेवा दिँदा स्थानीय उत्साहित छन्। स्थानीयतहले पनि निकै राम्रो सहयोग गरेको छ। स्वास्थ्य संयोजक दामोदर आचार्य डा. केसी गाउँमा पुगेर सुेवा दिँदा स्थानीय निकै खुसि भएको बताउँछन्। उनले भने,‘गाउँ डा. केसी आएको पनि थाहा भएन। एक्कासी स्वास्थ्यचौकीमा आइपुगेको देख्यौँ। उनी संग उपचार गराउनेको ठूलै भिड लागेको छ।’ डा. केसीले पहिलो दिनमा झण्डै २ सय जनाको उपचार गरेका छन्।
ग्रामिण क्षेत्रमा बिरामीको चाप हुँदासम्म गाउँमै बस्छु भनेका छन्, संयोजक आचार्य भन्छन्,‘हामी पनि तीनचार दिनसम्म उपचार गरिदिन आग्रह गर्छौँ।’ डा. केसीले विशेषज्ञ सेवा दिन थालेपछि गाउँपालिकाले औषधिको प्रबन्ध गरेको छ। संयोजक आचार्यले भने,‘विशेषज्ञ सेवा गाउँमै पाउँदा निकै उत्साहित छौँ। हामी डा. केसीलाई अझै केही दिन सिँजामै राख्न चाहान्छौँ।’
स्वास्थ्य शाखाले स्वास्थ्य चौकीमा नभएको औषधि मेडिकलबाट खरिद गरेर राखेको छ। सिँजा गाउँपालिका २ का मल्ल जैसी दुई घण्टा हिडेर डा. केसीको सेवा लिन हाँडसिजा पुगेका थिए। निकै लामो समयदेखि घुडा दुखेको थियो। जुम्ला अस्पताल आएर एक्सरे गरे। डाक्टर भेटाउन सकिन। डा. केसी सिँजा आएकोे खबर सुनेपछि गाउँतिर फर्किएँ। यहाँ डा. केसीसंग उपचार गराइरहेको छु। गाउँमा निःशुल्क विशेषज्ञ सेवा दिन आउनु भनेको निकै राम्रो कुरा हो। डा. सापलाई सबैले सहयोग गर्नुपर्छ।