बैतडीमा स्क्रब टाइफस र डेँगीका बिरामी बढ्न थालेका छन्। साउन यता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए। दशरथचन्द नगरपालिका २५ महिला र ११ पुरुष गरी ३६ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ।
यस्तै पाटन नगरपालिकाका ३ महिला र एक पुरुष गरी ४ जना, दोगडाकेदार गाउँपालिकाका ४ महिला र २ पुरुष गरी ६ जना, मेलौली नगरपालिकाका १ महिला, सिगास गाउँपालिकामा १ महिला र पञ्चेश्वर गाउँपालिकाका १ पुरुष स्क्रब टाइफस पुुष्टि भएको जोशीले बताए।
जिल्ला अस्पताल बैतडी र अन्य स्वास्थ्य संस्थाहरु उपचारका लागि पुगेका व्यक्तिहरुको आरडिटी चेकजाँच गर्दा स्क्रब टाइफस देखिएको हो। गत वर्ष जिल्लाभर ४० जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको थियो। यो वर्ष भने एक महिनाकै अवधिमा ४९ जना स्क्रब टाइफसको संक्रमित भेटिएका छन्।
दार्चुला जिल्लामा पनि ५ जनामा स्क्रब टाइफस भेटिएको छ। माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सरसफाइमा बिशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन्। झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न आग्रह गरिएको छ।
बैतडीमा डेँगीका बिरामी पनि देखिन थालेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लाको दशरथचन्द नगरपालिकाका २ महिला र १ पुरुष गरी तीन जनामा डेँगी रोग देखा परेको बताइएको छ। डेँगी एडिज नामको पोथी लामखुट्टेको टोकाइबाट हुने भएकाले लामखुट्टेको टोकाइबाट बच्नु पर्ने स्वास्थ्यकर्मीहरु बताउँछन्।
स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा राता डाबरहरु आउने लगायतका लक्षण देखा पर्छन् भने डेँगी भएमा उच्च ज्वरो आउने लगायतका लक्षण देखिने गरेका छन्।