प्रदेश नम्बर ५ मै सबै भन्दा बढी संक्रमित भएको कपिलवस्तुमा कोरोना संक्रमितको संख्या नौ सय नाघेको छ । बुधबार एकै पटक १८ जना संक्रमित थपिएपछि जिल्लामा काेरोना संक्रमितको संख्या नौ सय एक जना पुगेका हो । बुधबार थपिएका १८ जना सबै कपिलवस्तु अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी हुन् । अस्पताल प्रशासन अनुसार ९ जना स्वास्थ्यकर्मी, र ९ जना कर्मचारी कोरोना संक्रमित पुष्टी भएका हुन ।
अस्पतालको प्रशासन, काउन्टर र चेमनागृहमा कार्यरत कर्मचारी संक्रमित भएका छन् । यससंगै कपिलवस्तु अस्पतालमा संक्रमितको संख्या २४ जना पुगेका छ । त्यसमध्ये एक जना निको भई काममा फर्किसकेकी छन । अस्पतालमा गत साउन २६ गते संकलन गरिएको ८५ जनामध्ये १४ जनाको स्वाबको रिपोर्ट अझै आउन बाँकी छ । कोरोना संक्रमित भेटिएपछि अस्पताल प्रशासनले अस्पतालमा अति आकस्मिक सेवा बाहेक अन्य सबै सेवाहरु अर्को सूचना जारी नगर्दा सम्मका लागि बन्द गरेको छ ।
उता बुटवलस्थित कोरोना बिशेष अस्पतालमा उपचाररत कपिलवस्तुका दुई जनाको मृत्यु भएको छ । त्यसमध्ये तौलिहवाको जमुहार टोलका चामल ब्यापारी ४२ वर्षीय पुरुष कोरोना संक्रमित पुष्टी भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । कृष्णनगर नगरपालिका–१३ का २५ वर्षीय पुरुषको भने कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी छ ।