चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डिन प्राध्यापक डाक्टर जगदीशप्रसाद अग्रवालले अवकास पाएसँगै आइओएममा नयाँ डिनको खोजी सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले आइओएमको नयाँ डिन नियुक्तिका लागि सिफारिस गर्न प्राध्यापक डाक्टर प्रमराज ज्ञवालीको संयोजकत्वमा सर्च कमिटी गठन गरेलगत्तै डिन बन्नका लागि दौडधूप सुरु भएको हो ।
यो पृष्ठभूमिमा जुनियर भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डाक्टर दिव्यासिंह शाहको डिन हुने सम्भावना बढेर बढेको चर्चा छ ।दिव्यालाई डिन बनाउन लागेकोमा भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट चिकित्सकहरू नै असन्तुष्ट देखिएका छन् । अर्काथरी चिकित्सकहरू वरिष्ठताका आधारमा डिन नियुक्त गर्ने चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले बसाएको थिति बिग्रिने हो कि भन्ने चिन्ता व्यक्त गर्छन् ।
प्राध्यापकहरूको वरिष्ठताको क्रम हेर्दा डाक्टर दिव्या ३५ औं नम्बरमा छिन् । नेकपानिकट चिकित्सकहरूले भने वरिष्ठताको क्रममा ४५ औं स्थानमा रहेका प्राध्यापक डाक्टर दिनेश काफ्लेको पक्षमा लबिङ गरिरहेको स्रोतले बतायो ।
वरिष्ठताका क्रममा अगाडि रहेका प्राध्यापक डाक्टर अग्रवाल र प्राध्यापक डाक्टर अरुण सायमी हालै सेवानिवृत्त भइसकेका छन् । त्यसपछिको वरिष्ठ रहेकी प्राध्यापक डाक्टर गीता सायमी दुई सातामै सेवानिवृत्त हुने चरणमा छिन् ।
त्यसपछि रहेका प्राध्यापक डाक्टर प्रतापनारायण प्रसाद महाराजगन्ज चिकित्सा क्याम्पस प्रमुख छन् भने प्राध्यापक डाक्टर प्रेमकृष्ण खड्गा शिक्षण अस्पतालको निर्देशकको रूपमा कार्यरत छन् । खड्काको पनि १५ दिनपछि सेवाबाट अवकाश हुन लागेको छ । त्यसपछिको वरिष्ठता क्रममा रहेका प्राध्यापक डाक्टर योगेन्द्र प्रसाद (वाइपी) सिंह हुन् । वाइपी सिंह २०३६ सालदेखि नै प्राध्यापन पेसामा प्रवेश गरेकाले उनी वरिष्ठतामा अघि रहेका छन् । उनीसँगै प्रदीप वैद्य, सुशील शिल्पाकार, दीपक महाराहरू पनि प्रतिस्पर्थामा रहेका छन् ।
प्राध्यापक डाक्टर केसीको अभियानअनुसार डिन नियुक्त हुने हो भने सिंहर शिल्पाकारको डिनमा सम्भावना रहेको स्रोतको भनाइ छ । प्रधानमन्त्रीको हस्तक्षेपबाट डिन नियुक्त भएको अवस्थामा दिव्या र नेकपाको लबिङमा काफ्ले डिन हुने सम्भावना पनि उत्तिकै रहेको छ । आइओएम स्रोतका अनुसार दिव्यानिकट व्यक्तिहरू सर्च कमिटीमा रहेकोले दिव्या स्वयं र उनी नभएको खण्डमा उनले चाहेको व्यक्ति डिन बन्ने सम्भावना प्रबल छ ।
त्रिवि नियम २०७३ को नियम १ सय ७५ मा सर्च कमिटी गठन गर्दा कार्यकारी परिषदबाट गठन गरिएको संयोजक र अन्य दुई जना प्राध्यापक वा सहप्रध्यापक सदस्य भएको समितिले सम्बन्धित क्षेत्रका शैक्षिक विशिष्टता प्राप्त गरेको प्राध्यापक वा सहप्राध्यापकमध्येबाट तीन जनाको नामावली कार्यकारी परिषद् समक्ष पेस गर्नेछ र त्यसमा विचार भई कार्यकारी परिषदबाट डिन नियुक्त हुनेछ भन्ने व्यवस्था छ ।
तर त्रिवि कार्यकारी परिषद््ले डाक्टर ज्ञवालीको संयोजकत्वमा गठित समितिमा सदस्य तोकिएका डाक्टर जीवन शेरचन अवकाशप्राप्त भएकाले सर्च कमिटी नै नियमविपरीत भएको भन्दै विरोधसमेत भएको छ । सर्च कमिटीमा अर्का सदस्य भने डाक्टर सुवास आचार्यलाई तोकिएको छ । कमिटीले आफ्नो काम थालिसकेको छ ।
सर्च कमिटीका संयोजक डाक्टर ज्ञवालीले आइतबारबाट कमिटीले एक साताभित्र नै जिम्मेवारी पूरा गर्नेगरी काम थालेको बताए । छनोटको प्रक्रियामा नै रहेकाले यस विषयमा धेरै बोल्न उपयुक्त नरहेको डाक्टर ज्ञवालीको भनाइ छ ।