पत्रकारको उपचारमा ५० प्रतिशत छुट
२१ जेष्ठ २०७७
•
१ मिनेट पाठ
पत्रकारको उपचारमा ५० प्रतिशत छुट
सुनसरी जिल्लाका पत्रकारहरूको नोबेल अस्पताल विराटनगरले ५० प्रतिशत छुटमा उपचार गर्ने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिशत छुटमा उपचार गर्ने भएको हो ।




प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीका अनुसार जिल्लाका जुनसुकै मिडिया हाउसमा कार्यरत पत्रकारले छुटमा उपचार गर्न पाउँनेछन् ।

‘जुनसुकै रोगको उपचार गराउँनका लागि पनि ५० प्रतिशत छुट गर्ने सम्झौता भएको छ,’ अधिकारीले भने, ‘उपचार गराउँन जानका लागि प्रेस युनियन सुनसरीको सिफारिस चाहिन्छ, त्यसको लागि समन्वय गर्न अपिल गर्दछु ।’

एक कार्यक्रममा नोबेल अस्पतालका प्रबन्ध निर्देशक सुनिल शर्मा, प्रशासकीय अधिकृत दिपेश राईले हस्ताक्षर गरेका छन् भने प्रेस युनियनको तर्फबाट अध्यक्ष अधिकारी र सचिव निशान प्रकृति थारुले हस्ताक्षर गरी सम्झौता गरिएको छ ।

सम्झौतापछि नोबेलका प्रबन्ध निर्देशक शर्माले व्यवसायिक रुपमा सहयोग गरौँ भनेर उक्त सम्झौता गरिएको बताए । प्रेस युनियन सुनसरीले व्यवस्थित रुपले सबै पत्रकारहरूलाई समेटेर लैजानुपर्ने उनले बताए । बुधबारबाट लागूहुने गरी एकबर्षका लागि उक्त सम्झौता भएको र एकबर्षपछि रिनु हुने बताईएको छ । प्रेस युनियनले सुरुमा पत्रकारहरूको नाम लिस्ट पठाउने र पछि उपचार गर्ने बेलामा सिफारिस पठाउँनेछ ।
अर्को समाचार
स्वास्थ्य वीमा सेवा झन्झटिलो
२० साउन २०७८
•
२ मिनेट पाठ
स्वास्थ्य वीमा सेवा झन्झटिलो
स्वास्थ्य वीमा सेवा झन्झटिलो भएको सेवाग्राहीहरुले गुनासो गरेका छन्। अस्पतालहरुमा वीमा सेवा लिन झन्झटिलो प्रक्रिया पूरा गर्नु परेको सेवाग्राहीले गुनासो गरेका हुन्।  




स्वास्थ्य वीमा कार्यक्रम लागू भएका प्रदेश १ का अस्पतालहरुमा उपचार सेवा पाउन कुनै अस्पताल वा कुनै स्वास्थ्य चौकीबाट रेफर भएको हुनुपर्ने व्यवस्थाले समस्यामा पारेको सेवाग्राहीले बताएका छन्। स्वास्थ्य वीमा सञ्चालन भएका अधिकांश अस्पतालमा उपचार गराउन आएकाहरुले सेवा प्रक्रिया झन्झटिलो हुँदा हप्तौसम्म अस्पताल धाउनु पर्ने बाध्यता रहेको गुनासो गरेका छन्।  

वीमा कार्ड लिएर उपचार गर्न कोसी अस्पताल आएका विराटनगर–३ का ७५ वर्षीय नारायणप्रसाद सुवेदीले सेवा लिन झन्झटिलो भएको बताए। ज्वरो, रुघा र छाती दुखेर उपचार गर्न आएका सुवेदीले भने, ‘पुर्जा लिन, डाक्टरलाई जचाउनदेखि औषधि लिँदासम्म घण्टौं उभिएर सेवा लिनुपर्ने बाध्याता रहेको छ। एकातिर बिरामी त्यसमा वृद्ध अवस्थाका हामी घण्टौं लाइनमा बस्दा झन सास्ती खेप्नु परेको छ।’ अन्य पद्धतिभन्दा वीमा कार्डबाट सेवा लिन झन्झटिलो र ढिलो हुने गरेको छ।

अस्पताल प्रशासनले ज्येष्ठ नागरिकका लागि छुट्टै छिटोछरितो व्यवस्था गरिदिए सहज हुने थियो, सुवेदीले भने।

स्वास्थ्य वीमाकार्डबाट उपचार गराउन आएकाहरुले धेरै झन्झट खेप्नु परेको बताए। सामान्य रोगको औषधि पाए पनि कडा रोगको औषधि र महँगा औषधि स्वास्थ्य वीमा कार्डबाट नपाउने हुँदा समस्या परेको बताउँछन्।  

प्रदेशमा स्वास्थ्य वीमा कार्यक्रम प्रभावकारी भए पनि सेवा प्रक्रिया झन्झटिलो रहेको छ। कर्मचारीको अभाव र कागजपत्र मिलाउन समय लाग्ने भएकाले वीमाबाट उपचार गराउन सेवाग्राहीलाई झन्झटिलो भएको बताएका छन्। तर सरकारी सहयोग नपाउँदा वीमा कार्यक्रम व्यवस्थापनमा समस्या भएको अस्पतालले जनाएको छ।  

कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले अस्पतालमा बिरामी अत्याधिक चाप भएका कारण लाइन बस्नु पर्ने बाध्यता आएको हो। लाइनमा भीडभाड हुने र पालो मिच्ने समस्या देखिएपछि अस्पतालले टोकन सिस्टम लागू गरी भीड व्यवस्थापन गर्ने प्रयास गरेको छ।  

दैनिक १ हजार बढी बिरामी आउने भएका कारण ओपिडीमा अत्याधिक भीड हुने गरेको छ। त्यस कारण अस्पतालले टोकन मेसिन राखेर भीड नगरी सेवा दिइने व्यवस्था मिलाएको हो।  

स्वास्थ्य वीमा कार्यालय प्रदेश १ का अनुसार नेपालमा ४२ लाख २२ हजार ६ सय ११ जनाले स्वास्थ्य वीमा गरेका छन्। प्रदेश १ मा १३ लाख ७५ हजार ६ सय ८२ जनाले वीमा गराएका छन्। प्रदेशमा ९८ वटा अस्पतालबाट बिमितहरुले सेवा पाउँछन्। सरकारी ७२, निजी २१ र सामुदायिक ५ वटा अस्पतालबाट उपचार सेवा पाउँदै आएका छन्।
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
यो पनि पढौँ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस