स्वास्थ्य स्वयंसेविका: बिना ज्याला, काँधमा भारी
०२ पौष २०८१
•
४ मिनेट पाठ
स्वास्थ्य स्वयंसेविका: बिना ज्याला, काँधमा भारी
घोराहीमा आयोजित कार्यक्रममा महिला स्वयंसेविकाहरू।
घोराही उपमहानगरपालिका सैघाकी निर्मला पुनले स्वास्थ्य स्वयंसेविकाको काम गर्न थालेको २० बर्ष भयो। गाउँघरमा हुने महिला सुत्केरी लगाएको स्वास्थ्य हेरचाह सँगै गर्भवतीहरूको स्याहार सुसारमा लागेको दुई दशक बिताएकी पुन यो जिम्मेवारी निशूल्क सरह गर्दै आएकी छिन्। भन्छिन् ‘राज्यले हामीलाई केही दिँदैन।’ तथापि सामाजिक सेवा भावले यो क्षेत्रमा लागेकी उनलाई यो जिम्मेवारीबाट विमुख हुन मनले मान्दैन। २०६१ साल देखि महिला स्वास्थ्य स्वयंसेविका बनेर ग्रामीण भेगको स्वास्थ्य निगरानी गर्दै आएकी उनले बैठक भत्ता बापत जम्मा ८० रुपैयाँ पाउँथिन्।




उनको मासिक सेवा सुविधा केही थिएन। अहिले उनले पाउने सेवा सुविधा भनेकै त्यही बैठक भत्ता बढेको छ। २०७४ देखि उनले पाउने भनेको बैठक भत्ता बापत ४ सय रुपियाँ हो।‘बैठक भत्ता भनेर अहिले ४ सय रुपैयाँ पाउँछौँ,’ उनले भनिन् ‘यो बाहेक अरु सेवा सुविधा केही छैन।’ ०४५ साल देखि यही काममा लागेकी घोराही उपमहानगरपालिका–९ निवासी शान्ता केसीको अवस्था पनि उस्तै छ । उनलाई पनि सरकारले काँधमा विना ज्याला जिम्मेवारीको भारी बोकाइदिएको छ। 

३६ वर्षदेखि निःशुल्क रूपमा स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्दै आएकी उनको पनि राज्यसँगको अपेक्षा छ ‘हामीलाई हाम्रो श्रमको मूल्य दिइयोस्।’

गाउँ–गाउँदेखि वडामा हुने हरेक स्वास्थ्यका गतिविधिमा संलग्न भएर मासिक रूपमा रिपोर्ट बुझाउने जिम्मेवारी उनको छ। सरकारले उनलाई दिने भनेको बैठक भत्ता मात्रै हो।  उनले पाउने सुविधा भनेको पनि बैठक भत्ता बापतको साढे चार सय रुपैयाँ मात्रै हो। ‘खाजा खर्च, यातायात खर्च पनि पाउँदैनौँ,’ उनले भनिन् ‘आफ्नो घाउ दुखाएर अरूको घाउ निको पार्ने काम गरिरहेका छौँ ।’ उनका अनुसार सरकारले स्वयंसेविकाहरूलाई रिपोर्ट तयार पार्नका लागि विभिन्न सूचक दिएको छ । त्यही सूचक अनुसार काम गर्नुपर्छ उनले। तर सूचक थपिदिएर काममा खटाएको सरकारले मासिक सेवा सुविधा भने दिँदैन। ‘पछिल्लो समय सूचक थपिदिएर काम पनि बढाइएको छ,’ उनले भनिन् ‘तर सेवा सुविधा भने दिइएको छैन।’

घोराही–६ की मायाँ चौधरीको गुनासो पनि उस्तै छ ‘राज्यले हामीलाई काममा मात्रै लगायो, तर सेवा सुविधा दिएन।’ २०४६ सालदेखि महिला स्वास्थ्य स्वयंसेविका रूपमा काम गर्दै आएकी उनले सामाजिक सेवाको काममा हिँड्दा आफ्नै रकम खर्च हुने गरेको समेत गुनासो गरिन्। ‘हामी आफ्नै खर्चमा स्वास्थ्य सेवा दिन हिँडेका छौँ,’ उनले भनिन् ‘ राज्यले यातायात खर्च दिए पनि हामीलाई ठूलो राहत मिल्ने थियो।’

घोराही–१२ मी इमाकुमारी शर्मालाई सरकारले खाजा खर्च सम्म उपलब्ध गराइदिए हुन्थ्यो भन्ने लाग्छ। ‘हामीले दुःख मात्र गरेका छाैँ, श्रमको मूल्य पाउन सकेका छैनौँ’,शर्माले भनिन् । सेवा सुविधाका नाममा बैठक भत्ता साढे चार सय र वार्षिक रूपमा पोसाक भत्ता भनेर १० हजार रुपैयाँ पाउने गरेको उनले बताइन्।

यी प्रतिनिधिमूलक पात्र हुन्। जिल्लाका स्वास्थ्य स्वंसेविकाहरुले आफूहरूले बर्षौँ देखि निशूल्क रुपमा स्वास्थ्य सेवा प्रवाह गर्दै आएको भएपनि राज्यले आफूहरू माथि ठूलो अन्याय गरेको गुनासो गर्छन्। उनीहरूले आफूहरूलाई पनि मासिक सेवा सुविधा दिइनु पर्ने अन्यथा खाजा, तथा यातायात खर्चको व्यवस्था गरिनु पर्ने बताएका छन्। आफूहरूले यी माग राख्न थालेको लामो समय भइसक्दा समेत सरकारले कुनै चासो नदिएको भन्दै राज्यले सहुलियत प्रदान गर्नै नचाहेको गुनासो गरेका छन्।

‘हामीले हामीलाई पनि सरकारले सेवा सुविधा देओस् भनेर लामो समय देखि भन्दै आएका छौँ,’ उनीहरूको भनाई छ ‘तर हामीलाई राज्यले सुन्दै सुनेको छैन।’ केही दिन अघि घोराहीमा भेला भएका उनीहरूले संघीय सरकारसँग समन्वयात्मक भूमिका खेलिदिन प्रदेश सरकार समक्ष आग्रह गरे। लुम्बिनी प्रदेशका उद्योग, पर्यटन यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने समक्ष आफ्ना गुनासा राखेका उनीहरूले प्रदेश सरकारले संघीय सरकार समक्ष समन्वय गरेर आफूहरूलाई राहत दिलाइदिन आग्रह गरेका थिए।  

न्यौपानेले महिला स्वास्थ्य स्वयंसेविकाले भोगेको समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताउँदै स्वास्थ्यको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका स्वयंसेविकाको समस्याको समाधानका लागि सरकारले पहल गर्ने बताए। प्रदेश सरकारले महिला स्वयंसेविका सेवाबाट बिदा लिँदा दिने सेवा सुविधा बढाउनका लागि पहल गर्ने भन्दै मन्त्री न्यौपानेले स्वास्थ्यको क्षेत्रमा निःशुल्क रूपमा काम गर्नेहरूलाई राज्यको तर्फबाट प्रोत्साहन गरिनु पर्ने बताए। ‘सेवा सुविधा बढाउन पहल गर्दछु,पाएको सुविधा कटौती हुन दिइने छैन’ मन्त्री न्यौपानेले भने। 
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
३ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस