हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
०३ जेष्ठ २०८१
•
१ मिनेट पाठ
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयाघातबाट हुने गरेको बताएको छ। यो एक दिनमा १० हजार वा प्रतिवर्ष ४० लाख मृत्यु बराबर हो। सङ्गठनले बुधबार युरोपेलीहरूसँग नुनको सेवन कम गर्न आग्रह गरेको छ।




डब्ल्युएचओको युरोप शाखाका निर्देशक हान्स क्लुजले विज्ञप्तिमा भनेका छन्, ‘नुनको सेवनलाई २५ प्रतिशतले कम गर्ने लक्षित नीतिहरू लागु गर्दा सन् २०३० सम्म हृदयाघातबाट करिब नौ लाख मानिसको ज्यान बचाउन सकिन्छ।’

युरोपमा ३० देखि ७९ वर्षबीचका तीन वयस्कमध्ये एकजना उच्च रक्तचापबाट पीडित छन्। 

‘नुनको उच्च सेवनले रक्तचाप बढाउँछ, रक्तचाप हृदयाघात वा स्ट्रोकजस्ता हृदय रोगहरूका लागि प्रमुख जोखिम कारक हो’, डब्ल्युएचओले भनेको छ।

सङ्गठनले युरोपमा रक्तचापको विस्तार विश्वमा सबैभन्दा बढी रहेको बताएको छ। सङ्गठनको प्रतिवेदनअनुसार यस क्षेत्रमा महिलाको तुलनामा पुरुषको मृत्यु हुने सम्भावना करिब अढाई गुणा बढी छ।

हृदयाघातबाट मृत्यु हुनेमा भौगोलिक विभाजन पनि छ। पश्चिमी युरोपको तुलनामा पूर्वी युरोप तथा मध्य एसियामा हृदयाघातबाट युवा (३० देखि ६९ वर्ष समूह) मृत्यु हुने सम्भावना करिब पाँच गुणा बढी छ। रासस
अर्को समाचार
इरानले युरोपसम्म मार हान्न सक्ने क्षेप्यास्त्र बनाउँदैछ : बेलायती अखबार
२० माघ २०८१
•
२ मिनेट पाठ
इरानले युरोपसम्म मार हान्न सक्ने क्षेप्यास्त्र बनाउँदैछ : बेलायती अखबार
इरानले युरोपसम्म प्रहार गर्न सक्ने आणविक क्षेप्यास्त्र गोप्य रूपमा बनाइरहेको खुलासा भएको छ। इरान उत्तर कोरियाले इस्लामिक क्रान्तिकारी सुरक्षा बललाई दिएको डिजाइनमा आधारित तीन हजार किलोमिटर दूरीमा मार हान्न सक्ने आणविक क्षेप्यास्त्रहरू विकास गरिरहेको खुलासा बेलायती अखबार टेलिग्राफले गरेको छ।




इरानको राष्ट्रिय प्रतिरोध परिषद्, जसले पहिले तेहरानको गोप्य युरेनियम सम्वर्द्धन सुविधाहरूको विवरण खुलाएको छ। परिषद्ले इस्लामिक क्रान्तिकारी सुरक्षा बलले आफ्नो आणविक कार्यक्रम कसरी विस्तार गरिरहेको छ भन्ने जानकारी साझा गरेको छ।

निर्वासित विपक्षी समूह(राष्ट्रिय प्रतिरोध परिषद्) ले सञ्चार उपग्रह प्रक्षेपण सुविधाको रूपमा छद्म दुई साइटहरू आणविक हतियारको उत्पादनका लागि प्रयोग गरेको बताएको छ। ती दुवै उन्नत प्रतिरक्षा अनुसन्धान संगठन, शासनको आणविक हतियार हातमा छन्। 

इरानको राष्ट्रिय प्रतिरोध परिषद्का अमेरिकी प्रतिनिधि सूना सामीले टेलिग्राफसँग भनिन्, ‘दुई दशकभन्दा बढी समयदेखि इरानले आफ्नो आणविक हतियार कार्यक्रमलाई अगाडि बढाउन वार्ता र पश्चिमको उदारतालाई विश्वव्यापी शान्ति र स्थिरतालाई खतरामा पार्ने माध्यमको रूपमा प्रयोग गर्दै आएको छ।’

तेहरान आजको जस्तो कमजोर कहिल्यै नभएको उल्लेख गर्दै इरानले आणविक हतियारको विकासलाई तीव्रता दिइरहेको उनको आरोप छ। उनले थपिन्, ‘अब आन्तरिक हत्या, क्षेत्रीय युद्ध र आणविक हतियारको विकासका लागि शासकलाई जवाफदेही बनाउने समय आएको छ।’

शाहरुद मिसाइल साइट भनेर चिनिने पहिलो साइटमा, शाहरुद शहरबाट करिब तीस पाँच किलोमिटर टाढा, उन्नत प्रतिरक्षा अनुसन्धान संगठन र इस्लामिक क्रान्तिकारी सुरक्षा बल एयरोस्पेस फोर्सका विज्ञहरू घैम-१००, ठोस ईन्धनयुक्त रकेटमा फिट हुने आणविक वारहेड उत्पादन गर्न काम गरिरहेका छन्, जसको दूरी तीन हजार किलोमिटरसम्म रहेको छ।

यस्तो दूरीमा मार हान्न सक्ने क्षमता भएका क्षेप्यास्त्रहरूले इरानलाई युरोपभित्र आणविक हमला गर्न सक्षम बनाउँछ, जसमा ग्रीससम्म पुग्न सक्छ। यसबाट इरानले क्षेत्रीय लक्ष्यहरू जस्तै इजरायललाई पनि निशाना बनाउन सक्छ। त्यहाँ कम्तिमा तीनवटा रकेटको सफल प्रक्षेपण भएको छ, जसलाई इरानको राष्ट्रिय प्रतिरोध परिषद्ले ‘आणविक हतियारहरू तैनाथ गर्ने शासनको क्षमता बढाउछ’ भनेको छ। 

इस्लामिक क्रान्तिकारी सुरक्षा बलले आगामी महिनाहरूमा थप उन्नत घैम-१०० रकेट परीक्षण गर्ने योजना पनि बनाएको छ। यस साइटमा अघिल्लो परीक्षणहरू उपग्रह प्रक्षेपणको रूपमा सञ्चालन गरिएको थियो। इरानको राष्ट्रिय प्रतिरोध परिषद्ले रकेटहरूलाई शासनको कथित आणविक मिसाइल कार्यक्रम लुकाउन उपग्रह वाहकको रूपमा वर्णन गरेको छ।

बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस