दुई सय सात स्वयंसेविकालाई सम्मान
२० मंसिर २०८०
•
१ मिनेट पाठ
दुई सय सात स्वयंसेविकालाई सम्मान
फाइल तस्बिर
भरतपुर महानगरपालिकाभित्र कार्यरत स्वास्थ्य स्वयंसेविकालाई मंगलबार सम्मान गरिएको छ। बीसौं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा महानगरभित्रका दुई सय सात स्वयंसेविकालाई नगदसहित सम्मान गरिएको हो।




बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले उनीहरूलाई सम्मान गरेका हुन्। प्रदेश सरकारले प्रदेशभरि नै कार्यरत स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्ने कार्यक्रमअन्तर्गत महानगरका स्वयंसेविकालाई सम्मान गरिएको उनले बताए।

बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवाल र ईश्वर सापकोटाले स्वयंसेविकाले उठाएको जायज मागलाई राज्यले संवेदनशील भएर सम्बोधन गर्नुपर्नेमा जोड दिए।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले हरेक वर्ष ६० वर्ष नाघेका स्वयंसेविकालाई ५० हजार रुपैयाँसहित सम्मान गर्ने गरेको बताए।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेती, भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख शान्ताकुमारी पौडेल, भरतपुर महानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख दीपक सुवेदी, स्वयंसेविकाको तर्फबाट सुभद्रा श्रेष्ठलगायतले बोलेका थिए।

कार्यक्रममा प्रदेश सरकारले प्रदेशभरिका एक सय १९ वटा स्थानीय तहका चार सय ६१ स्वयंसेविकालाई सम्मान पनि गरेको थियो। – रासस
अर्को समाचार
स्वयंसेविकाको खुट्टामा जुत्ता लगाएर मुख्यमन्त्रीले गरे सम्मान
०७ फागुन २०८०
•
२ मिनेट पाठ
स्वयंसेविकाको खुट्टामा जुत्ता लगाएर मुख्यमन्त्रीले गरे सम्मान
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई खुट्टामा जुत्ता लगाई दिँदै। तस्बिर: चुमन/ नागरिक
७४ औं प्रजातन्त्र दिवसका अवसरमा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले १४ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ।




विराटनगरमा आयोजित सम्मान कार्यक्रममा १४ जिल्लामा उत्कृष्ट सेवा पुर्‍याएका स्वास्थ्य स्वयंसेविकालाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जुत्ता लगाइदिएर सम्मान गरे। 

अन्य सम्मान कार्यक्रमभन्दा फरक तवरबाट कार्यक्रम आयोजना गरिएको थियो। अधिकांश कार्यक्रममा प्रमुख अतिथि, अतिथिहरूलाई मञ्चमा राख्ने चलन छ। सम्मानित व्यक्तिहरू सम्मान पत्र प्राप्त गरेपछि मात्रै मञ्च रहन्छन्।

तर, यस पटक यहाँ आयोजित सम्मान कार्यक्रम फरक देखियो। कार्यक्रम सञ्चालकले सम्मानित हुने स्वास्थ्य स्वयंसेविकाको नाम उच्चारण गर्दै मञ्चमा आसन ग्रहण गर्न बोलाउँदा उनीहरु एकछिन अलमलमा परे।

दर्शक दीर्घामा बसेका कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्रीलगायतले माथि मञ्चमा गएर बस्न आग्रह गरेपछि उनीहरुले गएका थिए। प्रमुख अतिथि, अतिथिहरु सबै मञ्चदेखि तल दर्शक दीर्घाको पहिलो लाइनमा बसे।

महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाले रातदिन नभनी सधैँ सेवा गरेकाले सम्मान गरेको बताउँदै, मुख्यमन्त्री केदार कार्कीले भने, ‘उहाँहरुले कामभन्दा पनि सेवा प्रदान गर्दै आउनु भएको छ। घर–घरमा गएर दिनरात नभनी, आफ्नो घरलाई भन्दा पनि बिरामीहरुको सेवा गर्न सधैँ तत्पर रहँदै उहाँहरुले गरेको कार्यबाट म गौरवान्वित भएको छु। आफ्ना सन्तानको हेरचाह छाडेर अरूको सेवा गर्न दौडने आमाहरूलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको छ।’

प्रदेश सरकारले तपाईंहरुलाई पैसा दिएको नभई कामको सम्मान मात्रै गरेको बताउँदै, मुख्यमन्त्री कार्कीले भने, ‘यसलाई नगदमा तुलना नगर्नुहोस्। सम्मान नगदमा नभएर मनबाट भएको छ। जहाँ नगदमा सम्मान गरिन्छ, त्यहाँ अपमान हुन्छ। हरेकको खातामा ५ हजार रुपैयाँ जाने गरी प्रोत्साहन भत्ता पठाएका छौं।’

१४ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई मुख्यमन्त्री कार्कीले उनीहरूको खुट्टामा आफैँले जुत्ता लगाइदिएर सम्मान गरे। उनीहरूलाई चाँदीको सिक्का, ब्याग, टर्च र नगद १५ हजार रुपैयाँका साथै सम्मान पत्र प्रदान गरिएको थियो।

ताप्लेजुङकी पम्फा राई, मोरङकी सोनीकुमारी चौधरी, झापाकी दयावती राजवंशी, सुनसरीकी तिलमाया खड्का, उदयपुरकी दिलमाया मगर, ओखलढुंगाकी निरकुमारी राणा, संखुवासभाकी छिरिजम्बा भोटे, खोटाङकी पुण्यकुमारी पौडेल, पाँचथरकी यशोदा ढकाल, तेह्रथुमकी गोमा भट्टराई, भोजपुरकी सीता तामाङ, इलामकी ईश्वरा निरौला, सोलुखुम्बुकी ल्हेमी शेर्पा र धनकुटाकी खड्ककुमारी विश्वकर्मा सम्मानित भए।

कोशी प्रदेशमा ८ हजार ७ सय ५१ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका छन्।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस