स्तनपान दर घट्दै गएपछि ६ महिना सुत्केरी बिदा दिने तयारी
१८ असार २०८०
•
५ मिनेट पाठ
स्तनपान दर घट्दै गएपछि ६ महिना सुत्केरी बिदा दिने तयारी
फाइल तस्वीर
नेपालमा अस्पतालमा सुत्केरी गराउनेको संख्या बढ्दै गए पनि स्तनपान गराउनेको संख्या भने घट्दै गएको छ। विशेषगरी सहरी र शिक्षित महिलाले सन्तानलाई पूर्ण रूपमा स्तनपान नगराएको पाएपछि स्वास्थ्य मन्त्रालयले सुत्केरी बिदा ९० दिनबाट बढाएर ६ महिना गर्ने तयारी गरेको छ।




आमाको दूध बच्चाका लागि उत्कृष्ट पौष्टिक आहार मानिन्छ। तर नेपालमा अझै पनि स्वास्थ्यकर्मी, परिवार र स्वयं आमाहरूमै सचेतनाको कमीले स्तनपान दर घट्दै गएको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखा प्रमुख लिलाविक्रम थापाले बताए।

सरकारी तथ्यांकअनुसार ६ महिनासम्म पूर्ण स्तनपान दर क्रमशः घट्दै गएको छ भने शिशु जन्मेको एक घन्टाभित्र स्तापानको दर स्थिर नै छ। मन्त्रालयको परिवारमैत्री नीतिअन्तर्गत नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षण (एनडिएचएस) २०१६ मा एक घन्टाभित्र स्तनपान गराउने दर ५५ प्रतिशत थियो भने सन् २०२२ मा पनि ५५ प्रतिशत नै छ। तर ६ महिनासम्म पूर्ण रूपमा स्तनपान गराउने दर भने सन् २०११ देखि नै क्रमशः घट्दै गएको छ।

नेपालमा अस्पतालमा सुत्केरी गराउनेको संख्या बढ्दै गए पनि स्तनपान गराउनेको संख्या भने घट्दै गएको छ। विशेषगरी सहरी र शिक्षित महिलाले सन्तानलाई पूर्ण रूपमा स्तनपान नगराएको पाएपछि स्वास्थ्य मन्त्रालयले सुत्केरी बिदा ९० दिनबाट बढाएर ६ महिना गर्ने तयारी गरेको छ।
एनडिएचएस २०२२ अनुसार हाल ६ महिनासम्म पूर्ण स्तनपान गराउने दर ५६ प्रतिशत छ। जबकि सन् २०११ मा ७० प्रतिशत थियो। सन् २०१६ को सर्वेक्षणमा यो दर घटेर ६६ प्रतिशत पुगेको थियो। नेपाल मल्टी इन्डिकेटर क्लस्टर सर्वे (नेमिक्स)२०१९ अनुसार नोलमा पूर्ण स्तनपान गराउनेको संख्या ६२ प्रतिशत थियो भने सन् २०२२ मा ५६ प्रतिशतमा कायम भएको तथ्यांक छ।

तर अर्कोतिर स्वास्थ्य संस्थामा हुने प्रसूति भने बढ्दै गएको छ। एनडिएचएस २०२२ को तथ्यांकले ७९ प्रतिशत प्रसूति स्वास्थ्य संस्थामा हुने गरको देखाएको छ भने सन् २०१६ मा ५७ प्रतिशत मात्र थियो। नेमिक्स सर्वेक्षण २०१९ मा भने यो दर ७८ प्रतिशत थियो।

प्रमुख थापाले पोषण शाखाले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन ०७५ मा हाल ९० दिन सुत्केरी बिदाले पूर्ण स्तनपान नपुग्ने भएकाले शाखाले ६ महिना बिदाको प्रस्ताव गरी ऐन संशोधन प्रस्ताव स्वास्थ्य मन्त्रालयमा पठाइसकेको बताए।

‘हाम्रो शाखाले १८० दिनको सुत्केरी विदा स्वीकृतिका लागि ऐन संशोधनको प्रस्ताव मन्त्रालयले अब संसद्मा लाने तयारी गरेको छ,’ प्रमुख थापाले भने, ‘विभिन्न अनुसन्धानले देखाएअनुसार बच्चा जन्मनासाथ हाम्रो समाजका महिलाहरू धर्म, संस्कृति, परम्परा वा जानेर/नजानेर अशिक्षित महिलाले पूर्ण रूपमा स्तनपान गराएको देखाउँछ। तर पढेलेखेका शिक्षित र सहरीया महिलाले स्तनपानको साटो फर्मुला अर्थात् बट्टाको दूधलाई राम्रो मानेर खुवाएको देखिन्छ। त्यसैले बजारमा उत्पादन गर्ने, बिक्री गर्ने फर्मुला दूधसमेत नियन्त्रण गर्ने योजना रहेको छ।’ उनका अनुसार फर्मुला दूध बिक्री वितरण गराउन स्वास्थ्य संस्थाको स्वास्थ्यकर्मीको ठूलो हात छ। स्वास्थ्य संस्थामा सुत्केरी हुँदा स्वास्थ्यकर्मीले आमाहरूलाई नानीलाई दूध चुसाउन सिकाउनै चाहँदैनन्।

सजिलो उपाय खोजेको र स्वास्थ्यकर्मीकै हेलचेक्र्याइँले आमाहरूले नानीलाई स्नतनपान गराउन नसकेको पाइएको उनले बताए।

प्रमुख थापाले पोषण शाखाले सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन ०७५ मा हाल ९० दिन सुत्केरी बिदाले पूर्ण स्तनपान नपुग्ने भएकाले शाखाले ६ महिना बिदाको प्रस्ताव गरी ऐन संशोधन प्रस्ताव स्वास्थ्य मन्त्रालयमा पठाइसकेको बताए।
‘स्वास्थ्यकर्मीहरू आफूलाई फाइदा हुने अर्थात् कम्पनीले तालिम, विदेश भ्रमण तथा अन्य सुविधा दिने भएकाले लोभले पनि स्वास्थ्य संस्थामा बच्चा जन्मँदा आमाको दूधलाई प्राथमिकता नदिएको पाइएको छ,’ उनले भने, ‘जबकी आमाको दूध प्रतिस्थापन विक्री वितरण नियन्त्रण ऐन २०४९ मै फर्मुला दूध निषेध गरेको छ। तर कुनै पनि स्वास्थ्यकर्मी वा संस्थाले यसको पालना गरेका छैनन्। यही कारण स्वास्थ्य मत्रालयले आमाको दूध प्रतिस्थापन वस्तु बिक्री वितरण नियन्त्रण गर्न रणनीति बनाएर अगामी वर्षदेखि पूर्ण नियन्त्रण गर्ने मन्त्रालयले काम अघि बढाएको हो। समग्रमा मन्त्रालयले परिवारमैत्री नीति ल्याउँदै छ।’ यसका लागि युनिसेफले प्राविधिक सहयोग गरिरहेको उनले जानकारी दिए।

युनिसेफका अनुसार संसारमा आमाको दूध नै बच्चाका लागि सर्वोत्कृष्ट आहार हो। बुधबार राजधानीमा युनिसेफले आयोजना गरेको एक कार्यक्रममा युनिसेफ नेपालका पोषणविज्ञ फुल्गेन्द्रप्रसाद सिंहले स्तनपान घट्नुमा आमा तथा स्वास्थ्यकर्मी दुवै उत्तिकै दोषी रहेको बताए।

उनले स्वास्थ्य संस्थाहरू विशेष गरी निजी अस्पतालमा शल्यक्रिया बढेको बताए। ‘स्वास्थ्यकर्मीहरू सिजेरियनले बच्चा जन्मेपछि आमाबट छुटाउने गरेको पाइन्छ र बट्टाकै दूध खुवाउनसमेत सुझाव दिने गरेको देखिन्छ। जबकि स्वास्थ्यकर्मीले बच्चालाई जन्मनासाथ आमाको छातीमा राख्नुपर्छ।

यसले बच्चाले आमाकै स्तनपान गर्ने कोसिस गर्नुका साथै बच्चा र आमाको सम्बन्ध पनि गाढा हुन्छ,’ पोषणविज्ञ सिंहले भने, ‘प्रलोभनमा परेर स्वास्थ्यकर्मीले आमालाई स्तनपान गराउन सल्लाह, सुझाव र सहयोग गरेको देखिँदैन। यति मात्र कहाँ हो र हामीले अनुगमनका क्रमममा कतिपय स्वास्थ्यकर्मीले त आमाको दूध नै आएन भनेर बट्टाकै दूधमा बच्चालाई भर पर्नुपर्ने समेत बनाइदिएका छन्। गुनासा परेमा मेडिकल काउन्सिलले समेत यस्ता स्वास्थ्यकर्मीको अनुमतिपत्रसमेत रद्द गर्ने नियमन छ।’

युनिसेफका अनुसार संसारमा आमाको दूध नै बच्चाका लागि सर्वोत्कृष्ट आहार हो। बुधबार राजधानीमा युनिसेफले आयोजना गरेको एक कार्यक्रममा युनिसेफ नेपालका पोषणविज्ञ फुल्गेन्द्रप्रसाद सिंहले स्तनपान घट्नुमा आमा तथा स्वास्थ्यकर्मी दुवै उत्तिकै दोषी रहेको बताए।
उनका अनुसार बच्चा जन्मनसाथ उसलाई ५ देखि ७ एमएल दूध मात्र चाहिन्छ। जुन उसले पहिलो दिनमै आमाको स्तनपानबाटै पाउन सक्छ। दोस्रो दिन १० देखि २० एमएल भए पुग्छ। तर स्वास्थयकर्मीहरूको कमजोरीकै कारण आमाहरूलाई अस्पतालमै दूध आउँदैन भन्ने सन्देश दिइन्छ र बट्टाको दूधमा बच्चालाई निर्भर गरिने गलत विकृति अस्पतालहरूले बढाइरहेकाले युनिसेफको प्राविधिक सहयोगमै मन्त्रालयले यस्ता विकृति नियन्त्रण गर्न ऐन संसोधनको प्रस्ताव अघि बढाएको छ। उनले स्वास्थ्यकर्मीले परिवार र आमालाई स्तनपानबारे उचित परामर्श र जानकारी नदिएका कारण पनि स्तनपान दर घट्दै गएकोमा दुःख व्यक्त गरे।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
४९ मिनेट अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३४ सेकेन्ड अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस