नेपालमा स्वास्थ्य संस्था र सेवा तुलनात्मक रूपमा वृद्धि भए पनि आम जनताको पहुँचमा पुग्न सकेको छैन। स्वास्थ्य संस्था र सेवा सहज हुन नसक्दा अहिले पनि धामी–झाँक्रीकहाँ गएर रोग निको पार्ने प्रचलन हट्न सकेको छैन।
नेपालमा स्वास्थ्य सेवाको विकास शत्रौं शताब्दीमा आयुर्वेद उपचारको विकास भएसँगै सुरु भएको पाइन्छ। हनुमानढोका दरबारपरिसर रहेको आयुर्वेदिक औषधालय तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाका पालामा थापाथली हुँदै चन्द्रशमशेर राणाका पालामा सिंहदरबार वैद्यखानाका रूपमा हालसम्म सञ्चालनमा रहेको छ। त्यसबेलादेखि तिब्बत र ल्हासा हुँदै नेपालको हिमाली भेगमा एलोपेथिक औषधिको जग बसेको पाइन्छ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा क्रिस्चियन मिसनरीहरूलाई नेपालमा भित्र्याएर सुरु भएको मेडिकल क्लिनिक लामो समय टिक्न सकेन। सन् १८०२ मा काठमाडौंमा बेलायती मिसन स्थापना भएपछि ब्रिटिस रेजिडेन्टीमार्फत तत्कालीन राणा शासकहरूले सिफारिस गरेकाहरूको औषधि प्रयोग गरेर नेपालमा हैजा, दादुरा र मलेरियाको उपचार हुने गरेको थियो। सन् १८५७ मा खोकनामा कुष्ठरोगीलाई राख्ने स्वास्थ्य केन्द्र खोलिएको थियो।
विसं १९४७ मा वीरशमशेर जबराद्वारा वीर अस्पताल स्थापना गरेसँगै नेपालमा आधुनिक चिकित्साले प्रवेश पाएको थियो। त्यसपछि विसं १९४७ मा हैजा र झाडापखाला नियन्त्रण गर्न टेकुमा अस्पताल र विसं १९४९ मा त्रिपुरेश्वरमा कुष्ठरोग अस्पताल खोलिएको थियो। विसं १९७४ मा नरदेवी आयुर्वेद चिकित्सालय स्थापना भयो भने आयुर्वेदिक उपचार पद्धतिलाई प्राथमिकतामा राखेर विसं १९८९ मा नेपाल राजकीय आयुर्वेद विद्यालय स्थापना भएको थियो।
चन्द्रशमशेर राणाले विसं १९८२ मा त्रिचन्द्र सैनिक अस्पताल र टोखा क्षयरोग अस्पतालसहित देशभर १८ अस्पताल, १४ औषधालय र भक्तपुरमा कुष्ठरोग केन्द्र खोलेका थिए। विसं १९८२ मा पाटन अस्पताल, भक्तपुरमा चन्द्रलोक अस्पताल र पाल्पा, डोटी र इलाममा पृथ्वी–चन्द्र अस्पताल हुँदै राजा त्रिभुवनका पालामा धनकुटा, भद्रपुर र सर्लाहीलगायत जिल्लामा त्रिभुवन–चन्द्र अस्पताल खोलिएको थियो। राणाकालमा स्वास्थ्य चौकी, अस्पताल र औषधालय देशभर फैलिँदै गर्दा सर्वसाधारण हैजा र झाडापखालाजस्ता रोगबाट मरिरहेका थिए। वीर अस्पतालमा विभिन्न रोगसम्बन्धी विभाग थलिँदै लगिएको थियो भने क्लिनिकसमेत खोलिएको थियो।
विसं २००७ को प्रजातन्त्रपछि देशभर स्वास्थ्य संस्था र अस्पताल खोलिने क्रम देखिन थाल्यो। पहाडी जिल्लामा स्वास्थ्य केन्द्र र अस्पताल खोलिने क्रम बढ्यो भने दादुरा नियन्त्रण अभियानदेखि परिवार नियोजन तथा मातृ शिशु कार्यक्रम र कुष्ठ रोग नियन्त्रण अभियान सञ्चालनमा आएको थियो। विसं २०१५ मा तत्कालीन स्वास्थ्य मन्त्रालयले नयाँ स्वास्थ्य नीति लागू गरेपछि १०५ निर्वाचन क्षेत्रमा स्वास्थ्य केन्द्र स्थापना गर्ने नीति ल्याइएको थियो।
विसं २०१५ को निर्वाचित सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको हुँदा विसं २०४६ सालपछि स्वास्थ्य क्षेत्रमा उपलब्धिपूर्ण परिवर्तन भएको थियो। विसं २०१५ देखि २०१९ सम्म १०५ निर्वाचन क्षेत्रअन्तर्गत ७७ स्वास्थ्य केन्द्र स्थापना भएका थिए। विसं २०२१ देखि २०३१ सालमा नेपालको स्वास्थ्य सेवा क्षेत्रीयस्तरमा विभाजन गरिएको थियो। विसं २०२१ मा नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएपछि विराटनगर, राजविराज, जनकपुर, वीरगञ्ज, बुटबल, पोखरा र नेपालगञ्जमा क्षेत्रीय अस्पताल स्थापना भएका थिए।
यस अवधिमा वीर अस्पतालमा रहेको बाल रोग विभागलाई कान्ति अस्पतालमा सारेर कान्ति बाल अस्पतालमा विस्तार गरिएको थियो भने वीर अस्पतालमा सर्वप्रथम आइसियु र सिसियु सञ्चालनमा आएको थियो। विसं २०२७ मा कालिमाटीमा राष्ट्रिय क्षयरोग अस्पताल सञ्चालनमा ल्याइएको थियो।
‘पञ्चायतमा प्रत्येक इलाकामा स्वास्थ्य चौकी हुन्थे भने एउटा जिल्लामा नौवटा इलाका स्वास्थ्य चौकी थिए’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व मुख्य चिकित्सक डा. सुशीलनाथ प्याकुरेलले स्मरण गरे, ‘सदरमुकाममा १५ देखि २५ बेडको अस्पताल थिए। जनसंख्या र भौगोलिक बनावटका आधारमा ५० बेडसम्मको अस्पतालसमेत खोलिए। सामान्य स्वास्थ्य चौकीमा २६ जनासम्म स्वास्थ्यकर्मीहरूको व्यवस्था गरिएको थियो। विसं २०४६ सालपछिको राजनीतिक परिवर्तनसँगै नेपालको स्वास्थ्य सेवा देशभर पुर्याउन नीतिगत रूपमा काम भएको थियो।’
विसं २०३२ देखि २०४९ को अवधिमा भने रोगविशेष अस्पतालहरू त्रिभुवन विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पताल, ललितपुरमा मानसिक अस्पताल र त्रिपुरेश्वरमा आँखा अस्पताल स्थापना भएका थिए।
विसं २०४६ पछि अलअमाटा घोषणाअनुरूप तत्कालीन स्वास्थ्यमन्त्री डा. रामवरण यादवले स्वास्थ्य क्षेत्रमा पहिलो स्वास्थ्य नीति लागू गराएका थिए। सन् १९७८ मा अलमाटा घोषणामा ‘सबैका लागि स्वास्थ्य’ भन्ने बुँदा आत्मसात गर्दै प्रत्येक गाविसमा कम्तीमा एउटा उपस्वास्थ्य चौकी राख्ने नीति देशभर लागू भएपछि कालिकोट, मुगु, हुम्ला, रोल्पा, डोल्पा, ओखलढुंगा, काभ्रे, रामेछाप र स्याङजाबाहेक जिल्लामा ७७५ वटा स्वास्थ्य चौकी स्थापना भएको थियो। व्यापक विरोधका बाबजुद महिला प्रजनन स्वास्थ्यलाई सुधार गर्न गाविसमार्फत तीनमहिने तालिम दिएर महिला स्वयंसेविकाको व्यवस्था गरिएको थियो।
प्राथमिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य सेवाको सम्मान र समानुपातिक वितरण, अन्तरक्षेत्रीय समन्वय, बहुक्षेत्र दृष्टिकोण, उपयुक्त प्रविधि र सामुदायिक संलग्नता हुनुपर्छ भनेर अलमाटा घोषणामा उल्लेख भएअनुसार विश्व स्वास्थ्य संगठनको युनिभर्सल हेल्थ कभरेजमार्फत स्वास्थ्य प्रवद्र्धनदेखि रोकथाम, उपचार, पुनर्बास र हेरचाहसम्म निरन्तरता दिएर आधारभूत स्वास्थ्य सेवा दिनुपर्नेमा जोड दिएको थियो। त्यसअनुसार आधारभूत स्वास्थ्य सेवा, आपत्कालीन हेरचाह सेवा र स्वास्थ्य बिमा गरेर प्राथमिक स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा हुनुपर्ने अवधारणा नेपालमा लागू भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय स्वास्थ्य नीति, २०४८ अनुरूप स्थानीय तहमा स्वास्थ्य संस्था खोल्नेदेखि ग्रामीण क्षेत्रमा महिला स्वयंसेविकाको व्यवस्था मिलाउनेजस्ता काम गरेर नीतिगत रूपमा स्वास्थ्य सेवाको प्रवर्द्धन, उपचार र आधारभूत तथा मानव संसाधन विकासलगायतमा जोड दिएको थियो।
विसं २०४९ मा सानोठिमीमा राष्ट्रिय क्षयरोग केन्द्र स्थापना भएसँगै वीर अस्पतालअन्तर्गतको आँखा विभाग नेपाल आँखा अस्पताल, महिला तथा प्रसूति विभागलाई प्रसूति अस्पताल, मानसिक रोग विभागलाई मानसिक अस्पताल, सरुवा रोग विभागलाई टेकु अस्पतालका रूपमा विस्तार गरिएको थियो। त्यस्तै गैरसरकारी संख्याको पहलमा विसं २०५५ मा अर्थोपेडिक अस्पताल, जोरपाटी, तिलगंगा आँखा अस्पताल र लायन्स आई केयर सेन्टर खुलेका थिए।
विसं २०४८ मा सरकारले काठमाडौं विश्वविद्यालयमार्फत मणिपाल मेडिकल कलेज पोखरालाई सम्बन्धन दिएपछि निजी लगानीमा मेडिकल कलेज स्थापना र सञ्चालनमा आएको थियो। निजी लगानीमा विसं २०५४ मा नेपाल मेडिकल कलेज, काठमाडौंमा नेपाल मेडिकल कलेज, विसं २०५५ मा भरतपुर मेडिकल कलेज, विसं २०५६ मा भैरहवा मेडिकल कलेज र विसं २०५९ मा नेपालगञ्ज मेडिकल कलेज खोलिए। त्यस्तै निजी लगानीमा विसं २०५४ मा बीएन्डबी अस्पताल, नेसनल मेडिकेयर अस्पताल, नेसनल डेन्टल अस्पताल सञ्चालनमा आए। बुटबलमा महिला तथा बाल अस्पताल, सर्लाही र दोलखामा कुष्ठरोग असपताल, बनेपामा अर्थोपेडिक अस्पताल, साँखुमा सुष्मा कोइराला मेमोरियल प्लास्टिक एन्ड रिकन्स्ट्रक्टिभ सर्जरी अस्पताल र भक्तपुरमा क्यान्सर अस्पताल खोलिए।
यसबीचमा सरकारले केही अस्पताल गैरसरकारी संस्थालाई हस्तान्तरण गर्यो भने केही सरकारी र निजी स्वास्थ्य संस्था बन्द भए। टोखाको क्षयरोग आरोग्य केन्द्रदेखि पोखरा नवलपरासी दोलखामा रहेका अस्पताल बन्द भए। ललितपुरको शान्त भवन सरकारी र गैरसरकारी साझेदारीमा पाटन अस्पतालका रूपमा सञ्चालनमा रहेको छ।
नेपालको संविधान २०६३ को भाग ३ को उपधारा (२) अनुसार ‘प्रत्येक नागरिकलाई राज्यबाट कानुनमा व्यवस्था भएबमोजिम आधारभूत स्वास्थ्य सेवा निःशुल्क रूपमा पाउने हक हुने छ।’ स्वास्थ्य सेवामा समान पहुँचको हक प्राप्त हुने व्यवस्था व्यावहारिक रूपमा लागू गर्न जनस्वास्थ्य सेवा ऐन, २०७५ तथा जनस्वास्थ्य सेवा नियमावली, २०७७ कार्यान्वयन र गुणस्तरीय स्वास्थ्य सेवाका लागि राष्ट्रिय स्वास्थ्य नीति, २०७६ लागू भइसकेको छ। स्वास्थ्य मन्त्रालयले स्वास्थ्य जनशक्तिसम्बन्धी राष्ट्रिय रणनीति ०७७/७८ तयार गरिसकेको छ।
प्रत्येक आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापनाका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिसकिएको छ। त्यस्तै, गुणात्मक सेवासहित स्थानीय तहमा भौगोलिक र जनसंख्याका आधारमा ५ देखि ५० बेडसम्मको अस्पताल, प्रदेशले दुई सय र संघीयले पाँच सयसम्म गर्न सक्छ भन्ने अवधारणा अघि बढेको छ। गुणात्मक आधारभूत स्वास्थ्य सेवाका लागि स्वास्थ्य मन्त्रालयले न्यूनतम सेवा मानक प्याकेजसमेत बनाइसकेको छ। स्वास्थ्य सेवा राम्रो हुन आधारभूत स्वास्थ्य सेवा प्याकेज, न्यूनतम सेवा मानक, जनस्वास्थ्य तथा प्रजनन स्वास्थ्य ऐन, स्वास्थ्य बिमा र आपत्कालीन हेरचाह आवश्यक पर्ने हुँदा त्यसका लागि उपलब्धता, रसद तथा पूर्वाधार, पहुँच वृद्धि र सामाजिक सांस्कृतिक अवरोध हटाइनुपर्छ।
सरकारी स्वामित्वको केन्द्रीय अस्पताल वीर अस्पताल, कान्ति बाल अस्पताल, मानसिक अस्पताल, टेकु अस्पताल, प्रसूति गृह, नरदेवी आयुर्वेदिक केन्द्रीय अस्पताल, पशुपति होमियोप्याथिक अस्पताल, उन्ननी औषधालय, सिभिल अस्पताल, वीरेन्द्र अस्पताल र पुलिस अस्पताल गरी ११ अस्पताल, शिक्षण अस्पताल पाँच, क्षेत्रीय अस्पताल पोखरा, हेटौंडा, सुर्खेत, वीरगञ्ज, घोराही र आयुर्वेदिक अस्पताल गरी ६, अञ्चल अस्पताल मेची, कोशी, सगरमाथा, जनकपुर, लुम्बिनी, धौलागिरि, राप्ती, कर्णाली, भेरी, सेती र महाकाली गरी ११, रोग विशेष अस्पताल १९, जिल्ला अस्पताल ५६ र १५ शय्याको १३ वटा अस्पताल सञ्चालनमा रहेका छन्।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दर्ता भएका निजी लगानीका ६४१ स्वास्थ्य संस्था र पोलिक्लिनिक रहेका छन्। निजी लगानीमा १४ शिक्षण अस्पताल सञ्चालनमा रहेका छन्।
सार्वजनिक स्वास्थ्य सुविधा तीन भागमा विभाजित गरिएको छ। प्राथमिकअन्तर्गत पाँच हजार ४२५ स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा अस्पताल, आधारभूत तथा सामुदायिक स्वास्थ्य केन्द्र), १०५ वटा द्वितीय (जिल्ला अस्पताल तथा क्लिनिक) र २३ वटा तृतीय (केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय र अञ्चल अस्पताल) गरी पाँच हजार ५५३ सार्वजनिक स्वास्थ्य सुविधा सञ्चालनमा रहेका छन्।
स्वास्थ्यकर्मी अभाव
अहिले सरकारी अस्पतालमा हुने उपचारको खर्चमध्ये ४३ प्रतिशत सरकार र सर्वसाधारणले ५ प्रतिशत बेहोर्ने गरेका छन्। देशभरका सरकारी अस्पतालमा १५ सय चिकित्सकको दरबन्दी छैन। नेपालमा संघीयता लागू भए पनि स्वास्थ्य सेवा सुरुवाती चरणदेखि संघीय मोडलमा सञ्चालन भइरहेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभाग, स्वास्थ्य निर्देशानलय, जिल्ला स्वास्थ्य कार्यालय, अस्पताल र स्वास्थ्य चौकी र क्लिनक थिए।
आमा समूह हुँदै महिला स्वयंसेविकादेखि तल्लो स्तरबाट माथिल्लो स्तरसम्म स्वास्थ्यसम्बन्धी सूचना पुग्ने र चेन अफ कमान्ड माथिल्लो स्तरबाट तल्लो स्तरसम्म पुग्ने गरेको थियो। डेढ करोड जनसंख्याका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र स्वास्थ्य विभागले स्वास्थ्यकर्मीलाई परिचालन गथ्र्यो। बाँकी लोक सेवामार्फत परिपूर्ति हुन्थ्यो।
विसं २०४६ को राजनीतिक परिवर्तनपछि पहिलोपटक राष्ट्रिय स्वास्थ्य नीति, २०४८ ले गाउँस्तरमा प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी स्थापना गर्न उल्लेख्य सहयोग गरे पनि अहिले देशभर रहेका झन्डै पाँच हजार वडामा स्वास्थ्य केन्द्र नभए पनि बर्थिङ सेन्टरचाहिँ खोलिएका छन्। जसका कारण नेपालमा नवजात शिशु, बाल र मातृ मृत्यु दर घट्दै गइरहेको छ।
विसं २०४८ को जनसंख्यालाई आधार मानेर तत्कालीन समयमा कायम रहेका स्वास्थ्य सेवाको जनशक्तिले २०७९ सालसम्मको जनसंख्यालाई स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्। विगतको दरबन्दी पूरा भएर समेत हालको अवस्थामा गुणात्मक स्वास्थ्य सेवा दिन असम्भव छ। कारण संघले त्यस मातहतका स्वास्थ्य सेवाको मात्र माग आपूर्ति सूची मगाएर लोक सेवामार्फत दरबन्दीको पदपूर्ति गर्न पाउँछ। प्रदेश र स्थानीय तहको हकमा केन्द्रले दरबन्दी सिर्जना गर्न पाउँदैन।
सरकारले बिदेसिने चिकित्सक र स्वास्थ्यकर्मीलाई रोक्न स्वास्थ्य प्रणाली सुधार्न जोड दिनुपर्छ। जनसंख्याका आधारमा स्वास्थ्य संस्थाहरूमा दरबन्दी राख्नुअघि देशभर कुन र कस्ता रोगका चिकित्सक र स्वास्थ्यकर्मी आवश्यक छ भनी माग आपूर्ति सूचीसहितको तत्थांक निकालेर शिक्षण अस्पतालमार्फत स्वास्थ्यकर्मी उत्पादन गर्नुपर्छ। साँच्चिकै देशको स्थिति सुधारेर छलाङ मार्न युवाहरूलाई नेपालमा टिकाउनुपर्छ। त्यसबाहेक स्वास्थ्य क्षेत्र भ्रष्टाचारमुक्त बनाउन निःशुल्क सेवाको सट्टा समान रूपमा सबैको पहुँच पुर्याउन सक्नुपर्छ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७० हजार हाराहारीमा स्वास्थ्य जनशक्ति उत्पादन भएका छन्। नेपाल मेडिकल काउन्सिलका अनुसार हाल ३२ हजारभन्दा बढी चिकित्सक छन्। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक हजार सर्वसाधारणलाई कम्तीमा एक चिकित्सक हुनुपर्छ। नेपालमा कुल चिकित्सकको ३८ प्रतिशत राजधानीसहितका सहरी क्षेत्रमा छन्। स्वास्थ्य क्षेत्रमा विगत २७ वर्षदेखि आवश्यक जनशक्ति थप नहुँदा गुणस्तरीय सेवा प्रवाहमा समस्या भइरहेको छ ।
स्वास्थ्यमा निजीकरण
विसं २०४६ को राजनीतिक परिवर्तनपछि राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिसहित नेपालमा स्वास्थ्य सेवाको निजीकरणसमेत सुरु भएको थियो। विश्व बैंकको एक रिपोर्टले नेपाली नागरिक स्वास्थ्य सेवा खरिद गर्न सक्षम छन् भनेलगत्तै यस क्षेत्रलाई लगानीका रूपमा लिइयो। फलस्वरूप नेपालमा मेडिकल र नर्सिङ कलेजको संख्या ह्वात्तै बढ्यो।
स्वास्थ्यमा भएको निजीकरणले सेवाको उपलब्धता बढे पनि सर्वसाधारण चर्को मूल्य तिरेर स्वास्थ्य सेवा लिन बाध्य भएका छन्। बिमारीको चापअनुसार सरकारी स्वास्थ्य सेवामा चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी कम छन्। यता निजी स्वास्थ्य क्षेत्रमा चिकित्सक ६८ प्रतिशत र स्वास्थ्यकर्मी ८५ प्रतिशत उपलब्ध छन्। देशभर रहेका कुल अस्पतालमध्ये दुईतिहाइ बेड निजी स्वास्थ्य सेवाको स्वामित्वमा रहेको छ। सरकारी स्वास्थ्य क्षेत्रमा रहेका स्वास्थ्यसम्बन्धी उपकरण नियमित मर्मत नहुँदा सर्वसाधारण निजी स्वास्थ्य सेवा लिनुपर्ने बाध्यकारी अवस्था रहेको छ।
पछिल्ला वर्षमा नेपालमा विभिन्न मेडिकल तथा नर्सिङ कलेज स्थापना भई पठनपाठन सुचारु भइरहे पनि दुर्गम क्षेत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मी अभावका कारण सामान्य स्वास्थ्योपचारको कमीले जीवन गुमाउनुपर्ने अवस्थाको अन्त्य हुन सकेको छैन। स्वास्थ्य क्षेत्रमा विगतका तुलनामा विकास र सर्वसाधारणको पहुँच पुगेको छ।
नेपालमा वार्षिक रूपमा झन्डै दुई हजार सामान्य एमबिबिएसका चिकित्सक, पाँच सय बिडिएस चिकित्सक र चार सय विशेषज्ञ चिकित्सक उत्पादन हुन्छन्। त्यसबाहेक झन्डै पाँच सय चिकित्सक विदेशबाट अध्ययन पूरा गरेर नेपाल फर्कन्छन्। नेपालमा चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थी संख्या बढिरहेको छ। निजी र सरकारी शिक्षण कलेजले स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गरिरहे पनि रोजगारका लागि विदेश पलायन हुनुपर्ने बाध्यता छ।
जनसंख्या अनुसार अस्पतालमा चिकित्सकदेखि स्वास्थ्यसम्बन्धी जनशक्तिको दरबन्दी खुला नहुँदा सरकारले चिकित्साशास्त्रका लागि खुलाएको कोटा रिक्त भइरहेका छन्। अहिलेको अवस्थामा स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको सरकारी सेवाप्रतिको लगावलाई गुणस्तरीय र स्तरीय रूपमा स्थापित गर्न आवश्यक छ।
सुरुवाती चरणमा १९९० ताका नेपाल राजकीय आयुर्वेद विद्यालय र कम्पाउन्डरका लागि सिभिल मेडिकल स्कुलमा पढाइ हुने गरेको थियो। २०१३ सालदेखि नेपालमा नर्सिङ शिक्षा सञ्चालन भएको थियो। विसं २०२९ मा त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थानको स्थापना भएपछि नेपालमा चिकित्सक र स्वास्थ्यकर्मी उत्पादन हुन थालेका थियो।
सरकारी लगानीमा विसं २०२८ मा त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थानको स्थापना भएपछि नेपालमा चिकित्सा शिक्षाको सुरुवात भएको थियो। विसं २०४६ अघि श्री ५ को सरकारमा सर्टिफिकेट लेभल पास गरेपछि नेपालका विभिन्न हेल्थपोस्ट, अस्पतालमा स्थायी रूपमा तीन वर्ष सेवा दिएपछि प्रवेश परीक्षा पास गरेपछि चिकित्साशास्त्र अध्ययन संस्थानमा ३० जनाले एमबिबिएस पढ्न पाउँथे।
विसं २०४६ अघिसम्म नेपालमा स्थापना भएका स्वास्थ्यसम्बन्धी संरचना राज्यको मातहतमा भएकाले निःशुल्क गरिएका थिए, तर राज्यले दिने स्वास्थ्य सेवा न्यून थियो। २०४६ सालपछि एमबिबिएस पढाउने सरकारी मेडिकल कलेज १ देखि ३ वटा सञ्चालन हुँदा निजी मेडिकल कलेज १५ देखि १८ वटा खुलेका छन्। अहिले संरचनात्मक रूपमा निजी स्वास्थ्य क्षेत्र सरकारीको तुलनामा धेरै छन्।
विसं २०७५ मा राष्ट्रिय चिकित्सा शिक्षा ऐन लागू भएपछि चिकित्सा शिक्षा आयोग स्थापना भएको थियो। आयोगले मेडिकल कलेजको पूर्वाधारदेखि शुल्क र स्थानलगायतको अनुगमन गरेर मात्र सञ्चालन गर्न दिने प्रावधान रहेको छ। तर नेपाल मेडिकल काउन्सिलले चिकित्सकका लागि लिने लाइसेन्स परीक्षामा ५० प्रतिशतमा भन्दा कम पास भइरहेका छन्। प्रत्येक वर्ष तीनपटक लिइने लाइसेन्स परीक्षामा औसतमा ४२ देखि ४७ प्रतिशत मात्र उत्तीण हुने गरेका छन्।
महामारीमा मात्र तातिन्छ सरकार
भौतिक संरचना, जनशक्ति र उपकरणसहित स्वास्थ्य पूर्वाधारमा जोड दिएर कोरोना महामारीको पहिलो चरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालमा ९८४ वटा आईसियु र ४९० वटा भेन्टिलेटर रहेको जनाएको थियो। मन्त्रालयको तथ्यांकअनुसार हाल करिब तीन हजार आईसियु र एक हजारभन्दा बढी भेन्टिलेटर छन्।
कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि राज्यले करोडौं रकम खर्च गरेर देशभर होल्डिङ सेन्टर निर्माण गरे पनि हालसम्म ती होल्डिङ सेन्टर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छैन। होल्डिङ सेन्टर व्यवस्थापन गर्न सके भविष्यमा फैलिने महामारी नियन्त्रण गर्न योगदान पुग्न सक्थ्यो। तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सातवटा प्रदेशमा ल्याब स्थापना गर्ने प्रावधान लागू नगरिदिएको भए टेकु अस्पतालले मात्र कोरोनाजस्तो महामारी नियन्त्रण गर्न सक्दैनथ्यो। सातवटा प्रदेशमा ल्याब स्थापना भएका छन्।
विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा स्वास्थ्यको सर्वव्यापी पहुँच पुर्याउने लक्ष्य लिए पनि कोरोना महामारीका कारण नेपालजस्ता देशले सो लक्ष्य पूरा गर्नेमा आशंका हुन थालेको छ। ‘हाम्रोजस्तो देशले स्वास्थ्य क्षेत्र सुधारिएको भनिए पनि अन्य देशको तुलनामा अवस्था दयनीय छ’, उनले भने। उनका अनुसार त्यसैले राज्यले स्वास्थ्य क्षेत्रका लागि बजेट, जनशक्ति, स्वास्थ्य सामग्री र पद्धति स्वास्थ्यकर्मी नैतिकवान् तथा आत्मप्रेरणा र आम नागरिकले गुणस्तरीय स्वास्थ्य सेवाको मिडियामैत्री भएर मार्केटिङ गर्नुपर्छ।
विसं २०७२ मा गएको विनाशकारी भूकम्पले स्वास्थ्य क्षेत्रका भौतिक संरचनामाथि असर गर्यो। त्यसपछि कोरोना महामारीले नेपालमा मात्र नभएर संसारभर असर गर्यो। महामारीजन्य रोगका लागि तयार हुन नसक्दा अकालमा नेपालीले ज्यान गुमाउनुपर्यो।’
स्वास्थ्य सेवा विभागको तत्थांकअनुसार नेपालमा नसर्ने रोगसम्बन्धी बिमारी ९० प्रतिशत छन् भने सर्ने रोगका १० प्रतिशत मात्र छन्। सरकारले कडा खालका नसर्ने रोग न्यूनीकरण गर्न जोड दिनुपर्छ। विश्व स्वास्थ्य संगठनले देशको कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याउन सुझाव दिए पनि नेपालमा त्यो लागू हुन सकेको छैन। स्वास्थ्य बिमा कार्यक्रमदेखि स्वास्थ्य सेवा ३६५ दिन खुला राख्ने, सरकारी स्वास्थ्य संस्थाको सेवा प्रभावकारी र गुणस्तरीय औषधी वितरणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ।
स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन बिमा बोर्डमा प्रमुख स्वास्थ्य विशेषज्ञको दरबन्दी गरेर सम्पत्ति करजस्तै बिमा करसमेत उठाएर निम्न आर्थिक अवस्था भएका जनतालाई कार्डको व्यवस्था गरेर राज्यले बिमा रकम तिर्नुपर्छ। त्यस्तै सिंहदरबार वैद्यखाना र नेपाल औषधि लिमिटेडलगायतलाई सक्रिय बनाउनुपर्छ।
स्वास्थ्य सेवाको स्तर सुध्रिनेबित्तिकै नेपालको राम्रो हावापानीका कारण मेडिकल टुरिजम सञ्चालन गर्न सकिन्छ। वैदेशिक रोजगारका क्रममा दुर्घटनामा परी विदेशी अस्पतालमा उपचार गराइरहेका नेपालीलाई स्वदेशमा ल्याएर उपचार गराउन प्रबन्ध मिलाउन सकिन्छ।
उपचार पहुँचमा जनता
नेपालको संविधानमा स्वास्थ्य सेवालाई मौलिक हकमा समावेश गर्दै नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने र प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक भनेर उल्लेख गरिएको छ। तर आम जनता आकस्मिक सेवा र महिला स्वास्थ्योपचार नपाएर अकालमा मरिरहेका छन्। अहिले स्वास्थ्य सेवा करिब तीनचौथाइ निजी क्षेत्र र एकचौथाइ सरकारी स्वास्थ्य संस्था भए पनि जनताको पहुँचमा पुग्न सकेको छैन।
स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालहरू स्थानीय स्तरबाट सञ्चालन हुन सकिरहेका छैनन्। आधारभूत तथा निःशुल्क स्वास्थ्य सेवा तथा उपचार, एकीकृत बाल स्वास्थ्य र पोषण, विपन्न स्वास्थ्य उपचार र ज्येष्ठ नागरिक स्वास्थ्य उपचारजस्ता सेवालाई समावेशी र प्रभावकारी बनाउन स्थानीय तहका स्वास्थ्य संस्थाको क्षमता बढाउनुपर्छ। प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा आकस्मिक स्वास्थ्य र सुरक्षित मातृत्वलगायतका सेवासहितको अस्पताल सञ्चालनका लागि पहल भइरहेको छ।
त्यस्तै सहरी क्षेत्रका गरिब, सीमान्तकृत र जोखिममा परेका समुदायहरूको स्वास्थ्य सेवामा पहुँच बढ्न सकेको छैन भने फोहोरको दिगो व्यवस्थापनका लागि आवश्यक स्रोत परिचालन भएका छैनन।
स्वास्थ्य सेवामा देखिएका भौगोलिक, राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र लैंगिक असमानता कम गरी स्वास्थ्य प्रणालीमा सुधार गर्दै आम जनतालाई गुणस्तरीय सेवा प्रदान गर्न दक्ष जनशक्ति अभाव नेपालमा देखिएको छ। दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा आधुनिक उपकरणदेखि जनशक्ति उपलब्धता, सूचना प्रणालीको प्रभावकारी व्यवस्थापन र आपूर्ति व्यवस्थापन हुन नसक्दा उपचारका लागि सहर आउनुपर्ने बाध्यकारी परिस्थिति अन्त्य हुन सकेको छैन।

‘नेपालमा विसं २०४६ को राजनीतिक परिवर्तनपछि स्वास्थ्य क्षेत्रमा उपलब्धिपूर्ण काम भएका छन्’, उनले भने, ‘पछिल्ला वर्षमा आम नागरिकको पहुँचमा स्वास्थ्य संस्था पुर्याउन नीतिगत काम भएका छन्। राजनीतिक दलहरूभित्र स्वास्थ्य र शिक्षाका सार्वनजिक क्षेत्रको नीति तय गर्नेबारे छलफल हुन आवश्यक छ।’विसं २०५० देखि २०५९ को अवधिमा निजी स्वास्थ्य संस्था विस्तार भएका थिए। यस अवधिमा विभिन्न निर्वाचन क्षेत्रमा १८० स्वास्थ्य चौकी र गाविसमा तीन हजार १०७ उपस्वास्थ्य चौकी खोलिए। विसं २०५२ मा चितवनमा बिपी कोइराला मेमोरियल क्यानसर अस्पताल, विसं २०५३ मा धरानमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विसं २०५४ मा काठमाडौंको बाँसबारीमा सहिद गंगालाल राष्ट्रि«य हृदय केन्द्र खोलिए।
विसं २०४८ मा सरकारले काठमाडौं विश्वविद्यालयमार्फत मणिपाल मेडिकल कलेज पोखरालाई सम्बन्धन दिएपछि निजी लगानीमा मेडिकल कलेज स्थापना र सञ्चालनमा आएको थियो। निजी लगानीमा विसं २०५४ मा नेपाल मेडिकल कलेज, काठमाडौंमा नेपाल मेडिकल कलेज, विसं २०५५ मा भरतपुर मेडिकल कलेज, विसं २०५६ मा भैरहवा मेडिकल कलेज र विसं २०५९ मा नेपालगञ्ज मेडिकल कलेज खोलिए। त्यस्तै निजी लगानीमा विसं २०५४ मा बीएन्डबी अस्पताल, नेसनल मेडिकेयर अस्पताल, नेसनल डेन्टल अस्पताल सञ्चालनमा आए। बुटबलमा महिला तथा बाल अस्पताल, सर्लाही र दोलखामा कुष्ठरोग असपताल, बनेपामा अर्थोपेडिक अस्पताल, साँखुमा सुष्मा कोइराला मेमोरियल प्लास्टिक एन्ड रिकन्स्ट्रक्टिभ सर्जरी अस्पताल र भक्तपुरमा क्यान्सर अस्पताल खोलिए।
यसबीचमा सरकारले केही अस्पताल गैरसरकारी संस्थालाई हस्तान्तरण गर्यो भने केही सरकारी र निजी स्वास्थ्य संस्था बन्द भए। टोखाको क्षयरोग आरोग्य केन्द्रदेखि पोखरा नवलपरासी दोलखामा रहेका अस्पताल बन्द भए। ललितपुरको शान्त भवन सरकारी र गैरसरकारी साझेदारीमा पाटन अस्पतालका रूपमा सञ्चालनमा रहेको छ।
नेपालको संविधान २०६३ को भाग ३ को उपधारा (२) अनुसार ‘प्रत्येक नागरिकलाई राज्यबाट कानुनमा व्यवस्था भएबमोजिम आधारभूत स्वास्थ्य सेवा निःशुल्क रूपमा पाउने हक हुने छ।’ स्वास्थ्य सेवामा समान पहुँचको हक प्राप्त हुने व्यवस्था व्यावहारिक रूपमा लागू गर्न जनस्वास्थ्य सेवा ऐन, २०७५ तथा जनस्वास्थ्य सेवा नियमावली, २०७७ कार्यान्वयन र गुणस्तरीय स्वास्थ्य सेवाका लागि राष्ट्रिय स्वास्थ्य नीति, २०७६ लागू भइसकेको छ। स्वास्थ्य मन्त्रालयले स्वास्थ्य जनशक्तिसम्बन्धी राष्ट्रिय रणनीति ०७७/७८ तयार गरिसकेको छ।
प्रत्येक आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापनाका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिसकिएको छ। त्यस्तै, गुणात्मक सेवासहित स्थानीय तहमा भौगोलिक र जनसंख्याका आधारमा ५ देखि ५० बेडसम्मको अस्पताल, प्रदेशले दुई सय र संघीयले पाँच सयसम्म गर्न सक्छ भन्ने अवधारणा अघि बढेको छ। गुणात्मक आधारभूत स्वास्थ्य सेवाका लागि स्वास्थ्य मन्त्रालयले न्यूनतम सेवा मानक प्याकेजसमेत बनाइसकेको छ। स्वास्थ्य सेवा राम्रो हुन आधारभूत स्वास्थ्य सेवा प्याकेज, न्यूनतम सेवा मानक, जनस्वास्थ्य तथा प्रजनन स्वास्थ्य ऐन, स्वास्थ्य बिमा र आपत्कालीन हेरचाह आवश्यक पर्ने हुँदा त्यसका लागि उपलब्धता, रसद तथा पूर्वाधार, पहुँच वृद्धि र सामाजिक सांस्कृतिक अवरोध हटाइनुपर्छ।
सरकारी स्वामित्वको केन्द्रीय अस्पताल वीर अस्पताल, कान्ति बाल अस्पताल, मानसिक अस्पताल, टेकु अस्पताल, प्रसूति गृह, नरदेवी आयुर्वेदिक केन्द्रीय अस्पताल, पशुपति होमियोप्याथिक अस्पताल, उन्ननी औषधालय, सिभिल अस्पताल, वीरेन्द्र अस्पताल र पुलिस अस्पताल गरी ११ अस्पताल, शिक्षण अस्पताल पाँच, क्षेत्रीय अस्पताल पोखरा, हेटौंडा, सुर्खेत, वीरगञ्ज, घोराही र आयुर्वेदिक अस्पताल गरी ६, अञ्चल अस्पताल मेची, कोशी, सगरमाथा, जनकपुर, लुम्बिनी, धौलागिरि, राप्ती, कर्णाली, भेरी, सेती र महाकाली गरी ११, रोग विशेष अस्पताल १९, जिल्ला अस्पताल ५६ र १५ शय्याको १३ वटा अस्पताल सञ्चालनमा रहेका छन्।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दर्ता भएका निजी लगानीका ६४१ स्वास्थ्य संस्था र पोलिक्लिनिक रहेका छन्। निजी लगानीमा १४ शिक्षण अस्पताल सञ्चालनमा रहेका छन्।
सार्वजनिक स्वास्थ्य सुविधा तीन भागमा विभाजित गरिएको छ। प्राथमिकअन्तर्गत पाँच हजार ४२५ स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा अस्पताल, आधारभूत तथा सामुदायिक स्वास्थ्य केन्द्र), १०५ वटा द्वितीय (जिल्ला अस्पताल तथा क्लिनिक) र २३ वटा तृतीय (केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय र अञ्चल अस्पताल) गरी पाँच हजार ५५३ सार्वजनिक स्वास्थ्य सुविधा सञ्चालनमा रहेका छन्।
स्वास्थ्यकर्मी अभाव
अहिले सरकारी अस्पतालमा हुने उपचारको खर्चमध्ये ४३ प्रतिशत सरकार र सर्वसाधारणले ५ प्रतिशत बेहोर्ने गरेका छन्। देशभरका सरकारी अस्पतालमा १५ सय चिकित्सकको दरबन्दी छैन। नेपालमा संघीयता लागू भए पनि स्वास्थ्य सेवा सुरुवाती चरणदेखि संघीय मोडलमा सञ्चालन भइरहेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभाग, स्वास्थ्य निर्देशानलय, जिल्ला स्वास्थ्य कार्यालय, अस्पताल र स्वास्थ्य चौकी र क्लिनक थिए।
आमा समूह हुँदै महिला स्वयंसेविकादेखि तल्लो स्तरबाट माथिल्लो स्तरसम्म स्वास्थ्यसम्बन्धी सूचना पुग्ने र चेन अफ कमान्ड माथिल्लो स्तरबाट तल्लो स्तरसम्म पुग्ने गरेको थियो। डेढ करोड जनसंख्याका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र स्वास्थ्य विभागले स्वास्थ्यकर्मीलाई परिचालन गथ्र्यो। बाँकी लोक सेवामार्फत परिपूर्ति हुन्थ्यो।
‘संघीयता आएपछि स्वास्थ्य सेवासम्बन्धी गतिविधि प्रभावित भएको छ’, उनले भने, ‘जनशक्ति परिचालनदेखि औषधि तथा उपकरण खरिदमा विवाद देखिएको छ। त्यस्तै संघले सो मातहतका चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गर्न पाउँछ भने स्थानीय तहमा स्वास्थ्य सहायकलाई संयोजक बनाइएको छ।’नेपालमा झन्डै ७० प्रतिशत जनसंख्या आधा घन्टाभित्र स्वास्थ्य केन्द्र पुग्न सक्छन्, तर स्वास्थ्य केन्द्रमा जनशक्तिदेखि उपकरण र पूर्वाधार अभावमा उपचार हुन सकिरहेको छैन। स्थानीय तहले स्वास्थ्य संस्थालाई मजबुत बनाउन जोड दिनुपर्छ। त्यसका लागि आर्थिक, भौतिक तथा सामाजिक–सांस्कृतिक पहुँच, औषधी र उपचारको उपलब्धता र गुणात्मक स्वास्थ्य सेवा हुनुपर्छ। बसाइँसराइ र अव्यवस्थित सहरीकरणका कारण अहिले बाक्लो जनसंख्या भएका क्षेत्रमा आधारभूत स्वास्थ्य चौकी छैन। आधारभूत स्वास्थ्य चौकी भएको क्षेत्रमा जनसंख्या छैन।
विसं २०४६ को राजनीतिक परिवर्तनपछि पहिलोपटक राष्ट्रिय स्वास्थ्य नीति, २०४८ ले गाउँस्तरमा प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी स्थापना गर्न उल्लेख्य सहयोग गरे पनि अहिले देशभर रहेका झन्डै पाँच हजार वडामा स्वास्थ्य केन्द्र नभए पनि बर्थिङ सेन्टरचाहिँ खोलिएका छन्। जसका कारण नेपालमा नवजात शिशु, बाल र मातृ मृत्यु दर घट्दै गइरहेको छ।
विसं २०४८ को जनसंख्यालाई आधार मानेर तत्कालीन समयमा कायम रहेका स्वास्थ्य सेवाको जनशक्तिले २०७९ सालसम्मको जनसंख्यालाई स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्। विगतको दरबन्दी पूरा भएर समेत हालको अवस्थामा गुणात्मक स्वास्थ्य सेवा दिन असम्भव छ। कारण संघले त्यस मातहतका स्वास्थ्य सेवाको मात्र माग आपूर्ति सूची मगाएर लोक सेवामार्फत दरबन्दीको पदपूर्ति गर्न पाउँछ। प्रदेश र स्थानीय तहको हकमा केन्द्रले दरबन्दी सिर्जना गर्न पाउँदैन।
‘सरकारले चिकित्सा शिक्षा र स्वास्थ्य प्रणालीमा जतिसक्दो लगानी गर्नुपर्छ’, उनले भने, ‘सहर केन्द्रीय हुनुको सट्टा देशभर शिक्षण र नर्सिङ कलेज खोलिनुपर्छ।’राज्यले एउटा चिकित्सक उत्पादन गर्न कम्तीमा ५० लाख रुपैयाँ खर्च गरेर उत्पादन गरेको स्वास्थ्यकर्मीलाई तलब भत्ता र बढुवा सुविधा, सीप विकास तथा तालिम, गुणस्तर जीवनशैली र प्रविधि तथा सञ्चारको पहुँच दिएर देशमा राख्न सक्नुपर्छ। स्वास्थ्यकर्मीलाई कामप्रति सन्तुष्ट बनाउनु संघीय, प्रदेश र स्थानीय तहको दायित्व हो।
सरकारले बिदेसिने चिकित्सक र स्वास्थ्यकर्मीलाई रोक्न स्वास्थ्य प्रणाली सुधार्न जोड दिनुपर्छ। जनसंख्याका आधारमा स्वास्थ्य संस्थाहरूमा दरबन्दी राख्नुअघि देशभर कुन र कस्ता रोगका चिकित्सक र स्वास्थ्यकर्मी आवश्यक छ भनी माग आपूर्ति सूचीसहितको तत्थांक निकालेर शिक्षण अस्पतालमार्फत स्वास्थ्यकर्मी उत्पादन गर्नुपर्छ। साँच्चिकै देशको स्थिति सुधारेर छलाङ मार्न युवाहरूलाई नेपालमा टिकाउनुपर्छ। त्यसबाहेक स्वास्थ्य क्षेत्र भ्रष्टाचारमुक्त बनाउन निःशुल्क सेवाको सट्टा समान रूपमा सबैको पहुँच पुर्याउन सक्नुपर्छ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७० हजार हाराहारीमा स्वास्थ्य जनशक्ति उत्पादन भएका छन्। नेपाल मेडिकल काउन्सिलका अनुसार हाल ३२ हजारभन्दा बढी चिकित्सक छन्। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक हजार सर्वसाधारणलाई कम्तीमा एक चिकित्सक हुनुपर्छ। नेपालमा कुल चिकित्सकको ३८ प्रतिशत राजधानीसहितका सहरी क्षेत्रमा छन्। स्वास्थ्य क्षेत्रमा विगत २७ वर्षदेखि आवश्यक जनशक्ति थप नहुँदा गुणस्तरीय सेवा प्रवाहमा समस्या भइरहेको छ ।
स्वास्थ्यमा निजीकरण
विसं २०४६ को राजनीतिक परिवर्तनपछि राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिसहित नेपालमा स्वास्थ्य सेवाको निजीकरणसमेत सुरु भएको थियो। विश्व बैंकको एक रिपोर्टले नेपाली नागरिक स्वास्थ्य सेवा खरिद गर्न सक्षम छन् भनेलगत्तै यस क्षेत्रलाई लगानीका रूपमा लिइयो। फलस्वरूप नेपालमा मेडिकल र नर्सिङ कलेजको संख्या ह्वात्तै बढ्यो।
स्वास्थ्यमा भएको निजीकरणले सेवाको उपलब्धता बढे पनि सर्वसाधारण चर्को मूल्य तिरेर स्वास्थ्य सेवा लिन बाध्य भएका छन्। बिमारीको चापअनुसार सरकारी स्वास्थ्य सेवामा चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी कम छन्। यता निजी स्वास्थ्य क्षेत्रमा चिकित्सक ६८ प्रतिशत र स्वास्थ्यकर्मी ८५ प्रतिशत उपलब्ध छन्। देशभर रहेका कुल अस्पतालमध्ये दुईतिहाइ बेड निजी स्वास्थ्य सेवाको स्वामित्वमा रहेको छ। सरकारी स्वास्थ्य क्षेत्रमा रहेका स्वास्थ्यसम्बन्धी उपकरण नियमित मर्मत नहुँदा सर्वसाधारण निजी स्वास्थ्य सेवा लिनुपर्ने बाध्यकारी अवस्था रहेको छ।
पछिल्ला वर्षमा नेपालमा विभिन्न मेडिकल तथा नर्सिङ कलेज स्थापना भई पठनपाठन सुचारु भइरहे पनि दुर्गम क्षेत्रमा चिकित्सक तथा स्वास्थ्यकर्मी अभावका कारण सामान्य स्वास्थ्योपचारको कमीले जीवन गुमाउनुपर्ने अवस्थाको अन्त्य हुन सकेको छैन। स्वास्थ्य क्षेत्रमा विगतका तुलनामा विकास र सर्वसाधारणको पहुँच पुगेको छ।
नेपालमा वार्षिक रूपमा झन्डै दुई हजार सामान्य एमबिबिएसका चिकित्सक, पाँच सय बिडिएस चिकित्सक र चार सय विशेषज्ञ चिकित्सक उत्पादन हुन्छन्। त्यसबाहेक झन्डै पाँच सय चिकित्सक विदेशबाट अध्ययन पूरा गरेर नेपाल फर्कन्छन्। नेपालमा चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थी संख्या बढिरहेको छ। निजी र सरकारी शिक्षण कलेजले स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गरिरहे पनि रोजगारका लागि विदेश पलायन हुनुपर्ने बाध्यता छ।
जनसंख्या अनुसार अस्पतालमा चिकित्सकदेखि स्वास्थ्यसम्बन्धी जनशक्तिको दरबन्दी खुला नहुँदा सरकारले चिकित्साशास्त्रका लागि खुलाएको कोटा रिक्त भइरहेका छन्। अहिलेको अवस्थामा स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको सरकारी सेवाप्रतिको लगावलाई गुणस्तरीय र स्तरीय रूपमा स्थापित गर्न आवश्यक छ।
‘स्वास्थ्य क्षेत्रमा अनुसन्धानको महत्व र प्रभाव अत्यधिक भए पनि यसमा लगानी गरिएको छैन’, उनले भने, ‘विश्व स्वास्थ्य संगठनका अनुसार बलियो स्वास्थ्य पद्धतिका लागि स्वास्थ्य सेवा, जनशक्ति, स्वास्थ्यको अर्थ व्यवस्था, औषधि र प्रविधि, स्वास्थ्य सूचना र शासन आवश्यक हुन्छ भनेर औंलाएको छ। प्रदेश र स्थानीय तहले संघको सहयोगमा स्वास्थ्य पद्धतिमा र स्वास्थ्यका बहुसरोकारका विषयमा आवश्यक सुधार गर्न सके नेपालको स्वास्थ्य क्षेत्र सुध्रिन सक्छ।’स्वास्थ्यमा बढ्दो आकर्षण
सुरुवाती चरणमा १९९० ताका नेपाल राजकीय आयुर्वेद विद्यालय र कम्पाउन्डरका लागि सिभिल मेडिकल स्कुलमा पढाइ हुने गरेको थियो। २०१३ सालदेखि नेपालमा नर्सिङ शिक्षा सञ्चालन भएको थियो। विसं २०२९ मा त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थानको स्थापना भएपछि नेपालमा चिकित्सक र स्वास्थ्यकर्मी उत्पादन हुन थालेका थियो।
सरकारी लगानीमा विसं २०२८ मा त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थानको स्थापना भएपछि नेपालमा चिकित्सा शिक्षाको सुरुवात भएको थियो। विसं २०४६ अघि श्री ५ को सरकारमा सर्टिफिकेट लेभल पास गरेपछि नेपालका विभिन्न हेल्थपोस्ट, अस्पतालमा स्थायी रूपमा तीन वर्ष सेवा दिएपछि प्रवेश परीक्षा पास गरेपछि चिकित्साशास्त्र अध्ययन संस्थानमा ३० जनाले एमबिबिएस पढ्न पाउँथे।
विसं २०४६ अघिसम्म नेपालमा स्थापना भएका स्वास्थ्यसम्बन्धी संरचना राज्यको मातहतमा भएकाले निःशुल्क गरिएका थिए, तर राज्यले दिने स्वास्थ्य सेवा न्यून थियो। २०४६ सालपछि एमबिबिएस पढाउने सरकारी मेडिकल कलेज १ देखि ३ वटा सञ्चालन हुँदा निजी मेडिकल कलेज १५ देखि १८ वटा खुलेका छन्। अहिले संरचनात्मक रूपमा निजी स्वास्थ्य क्षेत्र सरकारीको तुलनामा धेरै छन्।
विसं २०७५ मा राष्ट्रिय चिकित्सा शिक्षा ऐन लागू भएपछि चिकित्सा शिक्षा आयोग स्थापना भएको थियो। आयोगले मेडिकल कलेजको पूर्वाधारदेखि शुल्क र स्थानलगायतको अनुगमन गरेर मात्र सञ्चालन गर्न दिने प्रावधान रहेको छ। तर नेपाल मेडिकल काउन्सिलले चिकित्सकका लागि लिने लाइसेन्स परीक्षामा ५० प्रतिशतमा भन्दा कम पास भइरहेका छन्। प्रत्येक वर्ष तीनपटक लिइने लाइसेन्स परीक्षामा औसतमा ४२ देखि ४७ प्रतिशत मात्र उत्तीण हुने गरेका छन्।
‘नेपालको स्वास्थ्य मोडलमा आधारित रहेर तयार भएको मापदण्ड पूरा नगरीकन चिकित्सक हुन गाह्रो हुने भएकाले लाइसेन्स परीक्षामा एमबिबिएस सिध्याएका ५० प्रतिशत चिकित्सक पनि उत्तीर्ण हुन सक्दैन भने नेपाल र विदेशमा चिकित्साशास्त्र अध्ययन गराउने कलेजको गुणस्तरमा प्रश्न उठेको छ’, उनले भने, ‘मेडिकल कलेज सञ्चालकहरू जवाफदेही नभएसम्म चिकित्साशास्त्र अध्ययनको गुणस्तर सुधिँदैन।’अहिले नेपालमा दुईवटा त्रिभुवन विश्वविद्यालय र काडमाडौं विश्वविद्यालयबाट झन्डै डेढ दर्जन मेडिकल तथा डेन्टल कलेजमार्फत दुई हजार हाराहारीका विद्यार्थी अध्ययरत छन् भने बाँकी विद्यार्थी विदेशबाट उत्पादन हुने गरेका छन्। बंगलादेश, चीन र फिलिपिन्सजस्ता देशमा चिकित्सा शिक्षा अध्ययन गरेर आएका चिकित्सक नेपाल मेडिकल काउन्सिलको लाइसेन्सको परीक्षामा अधिकांश अनुत्तीर्ण हुने गरेका छन्।
महामारीमा मात्र तातिन्छ सरकार
भौतिक संरचना, जनशक्ति र उपकरणसहित स्वास्थ्य पूर्वाधारमा जोड दिएर कोरोना महामारीको पहिलो चरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालमा ९८४ वटा आईसियु र ४९० वटा भेन्टिलेटर रहेको जनाएको थियो। मन्त्रालयको तथ्यांकअनुसार हाल करिब तीन हजार आईसियु र एक हजारभन्दा बढी भेन्टिलेटर छन्।
कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि राज्यले करोडौं रकम खर्च गरेर देशभर होल्डिङ सेन्टर निर्माण गरे पनि हालसम्म ती होल्डिङ सेन्टर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छैन। होल्डिङ सेन्टर व्यवस्थापन गर्न सके भविष्यमा फैलिने महामारी नियन्त्रण गर्न योगदान पुग्न सक्थ्यो। तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सातवटा प्रदेशमा ल्याब स्थापना गर्ने प्रावधान लागू नगरिदिएको भए टेकु अस्पतालले मात्र कोरोनाजस्तो महामारी नियन्त्रण गर्न सक्दैनथ्यो। सातवटा प्रदेशमा ल्याब स्थापना भएका छन्।
विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा स्वास्थ्यको सर्वव्यापी पहुँच पुर्याउने लक्ष्य लिए पनि कोरोना महामारीका कारण नेपालजस्ता देशले सो लक्ष्य पूरा गर्नेमा आशंका हुन थालेको छ। ‘हाम्रोजस्तो देशले स्वास्थ्य क्षेत्र सुधारिएको भनिए पनि अन्य देशको तुलनामा अवस्था दयनीय छ’, उनले भने। उनका अनुसार त्यसैले राज्यले स्वास्थ्य क्षेत्रका लागि बजेट, जनशक्ति, स्वास्थ्य सामग्री र पद्धति स्वास्थ्यकर्मी नैतिकवान् तथा आत्मप्रेरणा र आम नागरिकले गुणस्तरीय स्वास्थ्य सेवाको मिडियामैत्री भएर मार्केटिङ गर्नुपर्छ।
विसं २०७२ मा गएको विनाशकारी भूकम्पले स्वास्थ्य क्षेत्रका भौतिक संरचनामाथि असर गर्यो। त्यसपछि कोरोना महामारीले नेपालमा मात्र नभएर संसारभर असर गर्यो। महामारीजन्य रोगका लागि तयार हुन नसक्दा अकालमा नेपालीले ज्यान गुमाउनुपर्यो।’
स्वास्थ्य सेवा विभागको तत्थांकअनुसार नेपालमा नसर्ने रोगसम्बन्धी बिमारी ९० प्रतिशत छन् भने सर्ने रोगका १० प्रतिशत मात्र छन्। सरकारले कडा खालका नसर्ने रोग न्यूनीकरण गर्न जोड दिनुपर्छ। विश्व स्वास्थ्य संगठनले देशको कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याउन सुझाव दिए पनि नेपालमा त्यो लागू हुन सकेको छैन। स्वास्थ्य बिमा कार्यक्रमदेखि स्वास्थ्य सेवा ३६५ दिन खुला राख्ने, सरकारी स्वास्थ्य संस्थाको सेवा प्रभावकारी र गुणस्तरीय औषधी वितरणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ।
स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन बिमा बोर्डमा प्रमुख स्वास्थ्य विशेषज्ञको दरबन्दी गरेर सम्पत्ति करजस्तै बिमा करसमेत उठाएर निम्न आर्थिक अवस्था भएका जनतालाई कार्डको व्यवस्था गरेर राज्यले बिमा रकम तिर्नुपर्छ। त्यस्तै सिंहदरबार वैद्यखाना र नेपाल औषधि लिमिटेडलगायतलाई सक्रिय बनाउनुपर्छ।
स्वास्थ्य सेवाको स्तर सुध्रिनेबित्तिकै नेपालको राम्रो हावापानीका कारण मेडिकल टुरिजम सञ्चालन गर्न सकिन्छ। वैदेशिक रोजगारका क्रममा दुर्घटनामा परी विदेशी अस्पतालमा उपचार गराइरहेका नेपालीलाई स्वदेशमा ल्याएर उपचार गराउन प्रबन्ध मिलाउन सकिन्छ।
उपचार पहुँचमा जनता
नेपालको संविधानमा स्वास्थ्य सेवालाई मौलिक हकमा समावेश गर्दै नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने र प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक भनेर उल्लेख गरिएको छ। तर आम जनता आकस्मिक सेवा र महिला स्वास्थ्योपचार नपाएर अकालमा मरिरहेका छन्। अहिले स्वास्थ्य सेवा करिब तीनचौथाइ निजी क्षेत्र र एकचौथाइ सरकारी स्वास्थ्य संस्था भए पनि जनताको पहुँचमा पुग्न सकेको छैन।
‘स्वास्थ्य उपचार आम जनताको पहुँचमा पुग्न नसकेको यथार्थलाई स्वीकार्नुपर्छ’, उनले भने, ‘स्थानीय तहदेखि प्रदेश र संघले स्वास्थ्य उपचार जनताको पहुँचमा पुर्याउन सहकार्य गर्नु जरुरी भएको छ। स्वास्थ्य चौकीले दिने आकस्मिक सेवासमेत आम जनताको पहुँचमा पुग्न सकेको छैन। त्यस्तै स्वास्थ्य सेवाका साधन स्रोतलाई न्यायोचित वितरणका लागि व्यवस्थापन गर्न आवश्यक छ।’नेपाल मात्र नभएर दक्षिण एसियाका अधिकांश देशमा स्वास्थ्य सेवा व्यक्तिले किन्नुपर्ने भयावह स्थिति छ। पारिवारिक कुल आम्दानीभन्दा चर्को मूल्य स्वास्थ्य सेवा किन्न खर्च गर्नुपर्ने छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमातहतका विपन्न नागरिक राहत कोष र सामाजिक स्वास्थ्य बिमा कार्यक्रम आम नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन सहयोगी मानिए पनि महालेखा परीक्षकको प्रतिवेदनले रकम अभावले निरन्तता पाउन जटिल देखाइसकेको छ।