सिन्धुलीमा ७६ जना मोतियाविन्दु भएका विरामीको निशुल्क शल्यक्रिया भएको छ। नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको आयोजना र कमलामाई नगरपालिकाको सिन्धुलीको आर्थिक सहयोगमा कमलामाई नगरपालिकाभित्र र अन्य स्थानका गरि ७६ जनाको निशुल्क शल्यक्रिया गरिएको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति असोजक श्रेष्ठले जानकारी दिए।
आखाको शल्यक्रिया पछि वृद्धवृद्धाहरु खुसी भएका छन्। विगत लामो समयदेखि धमिलो देखिएको आँखाले एक्कासी उज्यालो देखिदा निकै खुसी लागेको शल्यक्रिया पछि उनीहरुको बताए। शल्यक्रिया भएसँगै निशुल्क चस्मा र औषधि समेत उपलब्ध गराइएको छ। शल्यक्रिया पछि चस्मा दिँदै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले मानव शरिरको महत्वपुर्ण अंग आँखा भएकाले आखाको संरक्षणमा ध्यान दिनुपर्ने बताइन्। उनले वृद्ध अवस्थामा धमिलो आँखा देख्ने तथा आँखा नै नदेख्नेलाई निशुल्क अप्रेशन गरि आँखा उपचार कमलामाई नगरपालिका जस्तै जिल्ला भरका स्थानीय तहले गर्न सुझाव दिइन्।
रेडक्रसले हरेक महिना मोतियाबिन्दु भएकाको अप्रेशन गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ। यो अभियानमा सबै क्षेत्रको सहयोग आवश्यक पर्छ, रेडक्रस सभापति श्रेष्ठले भने, एक दिन आखाको शल्यक्रिया र एक दिन उनीहरुलाई औषधि तथा चस्मा वितरण गरिएको छ। आँखाको अप्रेशन पश्चात चस्मा पाएपछि अप्रेशनमा सहभागि भएका विरामीनिकै खुसी देखिएका छन्। अप्रेशनमा जानकी आँखा अस्पताल जनकपुरले सहयोग गरेको थियो।