पाठ्यपुस्तक विना परीक्षा दिँदै विद्यार्थी
०७ साउन २०७९
•
१ मिनेट पाठ
पाठ्यपुस्तक विना परीक्षा दिँदै विद्यार्थी
फाइल तस्बिर
सर्लाहीका अधिकांश विद्यार्थीले नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना पुगिसक्दा पनि पाठ्यपुस्तक पाउन सकेका छैनन्। नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना भइसक्दा पनि जिल्लाका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेका हुन्। जनक शिक्षा सामग्रीले समयमै पर्याप्त पाठ्यपुस्तक छाप्न नसक्दा सर्लाहीसहित देशैभर पाठ्यपुस्तकको अभाव भएको थियो।




जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा अध्यायनरत विद्यार्थीले पुस्तक पाउन नसकेका जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख सुनिलकुमार कुशवाहले बताए। उनका अनुसार जिल्लाका सामुदायिक विद्यालयहरुमा अहिले त्रैमासिक परीक्षा सञ्चालन भइहे पनि अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन।

विद्यार्थीहरु पाठ्यपुस्तक विना नै अध्ययन गरिरहेका सम्बद्ध विद्यालयका प्रधानाध्यापकहरुले बताए। कतिपय विद्यार्थीले पुरानो पुस्तक जुटाएर पढिरहेका नवजन जागरण नमूना मावि बागमती नगरपालिका–८ का प्रधानाध्यापक ध्रुव पोख्रेलले जानकारी दिए। उनका अनुसार कतिपय सामुदायिक विद्यालयले निजी विद्यालयले प्रयोग गर्ने पाठ्यपुस्तकको प्रयोग गरेर विद्यार्थीलाई पढाइरहेका छन्।

त्यस्तै निजी विद्यालयमा समेत पूरै पाठ्यपुस्तक आइनपुगेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालले जनाएको छ। जिल्लाका सामुदायिक विद्यालयमा अझै पनि करिब ३० प्रतिशत विद्यार्थीले किताब पाउन नसकेको विद्यालयहरुले बताएका छन्। जिल्लामा ५५६ सामुदायिक विद्यालयमा ८६ हजार विद्यार्थी अध्ययनरत छन्। तीमध्ये करिब ३० प्रतिशत विद्यार्थीले किताब पाउन नसकेको उक्त इकाइले  जनाएको छ। प्राथमिक तहका करिब सबै पाठ्यपुस्तक आए पनि आधारभूत तह र माध्यमिक तहको विभिन्न विषयका पाठ्यपुस्तकहरु नआएको उक्त इकाइका  निमित्त प्रमुख कुशवाहले बताए। रासस
अर्को समाचार
नयाँ शैक्षिक सत्रसँगै घरदैलो अभियान सुरु
१० वैशाख २०८१
•
३ मिनेट पाठ
नयाँ शैक्षिक सत्रसँगै घरदैलो अभियान सुरु
पर्वतका सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्रमा भर्नाका लागि घरदैलो अभियान सुरु गरिएको छ। जिल्लाका स्थानीय तहले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान सुरु गरेका हुन्।




नयाँ शैक्षिक सत्रका लागि यही वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु भएसँगै पर्वतका सातवटै पालिकाका सामुदायिक विद्यालयले घरदैलो अभियान थालेका हुन्।

महाशिला गाउँपालिकाकी शिक्षा अधिकृत सविता केसी पौडेलले पालिकामा सञ्चालित सबै विद्यालयले विद्यालय जान उमेरका कोही नछुटून् भन्ने उद्देश्यले घरदैलो अभियान सुरु गरेको बताए। महाशिलामा हाल २६ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्।

फलेबास नगरपालिका– ४ मुडिकुवाको गहते अम्बोट आधारभूत विद्यालयले आइतबारदेखि घरदैलो अभियान सुरु गरेको छ। विद्यालयले घर र टोलमा पुगेर अभिभावक भेटभाट कार्यक्रम सुरु गरेको विद्यालयका प्रधानाध्यापक ओमकार पौडेलले बताए। 

फलेबासको भवानी विद्यापीठ माध्यमिक विद्यालयले पनि शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, अभिभावक सङ्घका प्रतिनिधि, वडाध्यक्षलगायतको टोलीसहित घरदैलो कार्यक्रम गरिरहेको प्रधानाध्यापक अर्जुनकुमार रेग्मीले जानकारी दिए।

फलेबास वडा नं ५ मा रहेको ध्रुव नमुना माविले यस वर्षदेखि आवासीय विद्यालयका रुपमा सञ्चालन गर्न थालेको छ। विद्यार्थीलाई खाना, खाजा, आवास, पोसाक, पुस्तक सबै विद्यालयले नै उपलब्ध गराउने भएको छ। यस शैक्षिक सत्रमा नेपालका विभिन्न जिल्लाबाट थप ५० जना विद्यार्थी आवासीय सुविधासहित विद्यालयमा भर्ना गर्ने लक्ष्य रहेको प्रधानाध्यापक झलक शर्मा पौडेलले बताए। 

जलजला गाउँपालिकाले पनि वैशाख २ गतेदेखि भर्ना अभियान सुरु गरेको शिक्षा शाखा अधिकृत यज्ञप्रसाद लामिछानेले जानकारी दिए। उनका अनुसार पालिकाका ४४ वटा सामुदायिक र ६ वटा निजी विद्यालयले घरदैलो अभियान थालेको उनले बताए। कुनै पनि विद्यार्थी शिक्षा लिनबाट वञ्चित हुन नपरोस् भनेर घरदैलोमै पुग्न थालिएको उनको भनाइ छ। 

कुश्मा नगरपालिकाले पनि भर्नाका लागि घरदैलो अभियान सुरु गरेको नगर प्रमुख रामचन्द जोशीले बताए। पैयूँ गाउँपालिकाले पनि नयाँ विद्यार्थी थप्ने लक्ष्यका साथ विद्यालयका शिक्षक, कर्मचारीसँगै, व्यवस्थापन समितिका पदाधिकारी पनि भर्ना अभियानमा सक्रिय भएर लागेको प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले जानकारी दिए। पालिकाका सातवटै वडाका विद्यालय विद्यार्थी भर्ना अभियानका लागि घरदैलो अभियानमा जुटेको उनको भनाइ छ। 

बिहादी गाउँपालिका र मोदी गाउँपालिकाले पनि विद्यालय जाने उमेर समूहका सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने सङ्कल्पका साथ अभियान सुरु भएको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले बताए। 

पर्वतमा भर्ना अभियानलाई सफल बनाउन सबै निकाय लागिपरेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख उद्धिमराज पौडेलले सुनाए। उनले भने,  ‘अभियान सफल बनाउन घरदैलो अभियान जारी छ।’

पर्वतमा आधारभूत तहका दुई सय १८, माध्यमिक तह ७८ वटा र संस्थागततर्फ २९ वटा विद्यालय छन्। जिल्लाका सामुदायिक र संस्थागत विद्यालय तीन सय २५ वटा विद्यालयमा २६ हजार आठ सय विद्यार्थी अध्ययनरत छन्। –रासस
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५ सेकेन्ड अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस