देशमा व्यवस्था परिवर्तन भयो। जनताले निर्वाचित गरेका भनिएकाहरूले आफ्नै हातले जनताको संविधान लेखेको दाबी गरे तर संविधानमै लेखिएका मौलिक हक जनताको दैलोसम्म आज पनि पुग्न सकेको छैन। शिक्षा र स्वास्थ्यजस्ता आधारभूत कुरामा तीनै तहका सरका कहिल्यै गम्भीर बन्ने गरेको देखिँदैन।
गणतन्त्रपछिका जनप्रतिनिधिले पहिलो कार्यकाल सकाएका छन्। सिक्दासिक्दै वा ठग्दाठग्दै सकिएको कार्यकालको समीक्षासम्म गर्ने हिम्मत नगरेका उनीहरू फेरि जनदैलोमा भोट माग्ने तयारीमा छन्। विकासको जग मानिएको शिक्षा क्षेत्रको लगानी तत्काल नदेखिने भएकाले सडक र पूर्वाधारमा लगानी गरेका उनीहरू शैक्षिक सुधारमा मौनप्रायः छन्।
रोल्पाको सुनछहरी गाउँपालिकाभरिमा आजसम्म पनि माविको एउटा दरबन्दी छैन। प्रावि, निमावि र निजी स्रोतका शिक्षकका भरमा पठनपाठन हुने यहाँका विद्यालयमा विद्यार्थीले सोचे जस्तो नतिजा हासिल गर्नसमेत सक्दैनन्। यतिबेला रोल्पाका प्रायः सबै माविले अभिभावकसँग चर्को शुल्क उठाएर निःशुल्क शिक्षा प्रदान गर्न बाध्य छन्।
‘हाम्रो गाउँपालिकाभित्र रहेका ८ माध्यमिक विद्यालयमा एउटा पनि माविको दरबन्दी छैन। चारवटा त प्लस टु छन्। यी सबै दरबन्दीबिनै चलेका छन्,’ रोल्वाङ मावि जेल्वाङका प्रअ लोकनाथ पन्थी भन्छन्, ‘हाम्रो मुख्य समस्या विषयगत शिक्षक नहुनु हो। एक जना शिक्षक बिदा बसेमा कक्षाकोठा खाली राख्नुपर्ने बाध्यता छ।’
शिक्षकहरूका अनुसार रोल्पाका अन्यत्र जस्तै यहाँका विद्यालयमा अभिभावकले चर्को शुल्क तिर्ने गर्दछन्। अभिभावक शुल्कका नाममा लिइने यस्तो रकमले विपन्न परिवारका अभिभावकलाई ठुलो समस्या उत्पन्न गरेको हो। पन्थीका अनुसार रोल्पा शिक्षाको विकासमा बाधा पु¥याएको दरबन्दीसँगै बालविवाह र मदिरा पनि हो।
राजनीतिक परिवर्तनपछि विकासले फट्को मारेको दाबी गरेका जनप्रतिनिधिले शिक्षा, स्वास्थ्यसँगै मानवीय विकासमा चासो नदिएकाले समाज आज पनि उही स्थानमा उभिएको छ। ‘शिक्षक दरबन्दी नहुँदा समस्या भएको छ। जनताले पैसा उठाएर शिक्षकलाई तलब खुवाउनु परेको छ।’ सुनछहरी गाउँपालिकाका प्रवक्ता अमरजित पुन भन्छन्, ‘रोल्पामा निःशुल्क शिक्षा उधारो भएको छ। जनतालाई भार परेको छ।’
प्लस टुसम्मको शैक्षिक जिम्मेवारी पाएका स्थानिय तहहरू स्रोत अभावका कारण शिक्षक नियुक्ति गर्न नसकेको बताउँछन्। आफ्नो पालिकामा रहेका सबै ८ माविमा एउटा पनि दरबन्दी नभएकाले सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुन दिक्क छन्। ‘भयङ्कर ठुलो समस्या छ। केन्द्र र प्रदेश सरकारमा माग गरेको हो तर सुनुवाइ भएको छैन,’ पुन भन्छन्, ‘रोल्पामा शिक्षा निःशुल्क हुन सकेन।’
हरेक राजनीतिक कार्यक्रममा प्रयोगमा आउने विद्यार्थीको शैक्षिक स्तर उकास्न देशमा रहेका तीन तहका सरकारले चासो नदिएका कारण आज पनि यहाँ पढ्ने विद्यार्थीहरू अन्योलमा रहने गर्दछन्। चुनावमा भोट माग्न गाउँ छिर्नेहरूले गर्ने प्रतिबद्धता पूरा नगरेका कारण समस्या आएको जानकारहरू बताउँछन्। त्यसो त सुनछहरी गाउँपालिकामा जस्तै जिल्लाका प्रायः सबै विद्यालयमा दरबन्दी अपुग छ।
जिल्लामा करिब ४ सय बढी शिक्षक दरबन्दी अपुग रहेको सदरमुकामस्थित बालकल्याण नमुना माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेश न्यौपाने बताउँछन्। ‘शिक्षा क्षेत्र शासकहरूको प्राथमिकतामा कहिल्यै परेन। अभिभावकमा निःशुल्क तथा अनिवार्य शिक्षाबारे चेतनाको स्तर कम छ,’ उनी भन्छन्, ‘शिक्षा कमजोर भएकाले हरेक क्षेत्रका प्रतिस्प्रर्धामा रोल्पा पछाडि पर्छ।
गएका निर्वाचनमा तीनै तहका जनप्रतिनिधिले शिक्षा क्षेत्र सुधारको प्रतिबद्धता गरे पनि अवस्था उस्तै रहेको तथ्यांकले देखाउने गरेको छ। अबका निर्वाचनबाट निर्वाचित हुनेहरूले समयमै शिक्षा सुधारको योजना ल्याएर काम गरेनन् भने अझै पनि रोल्पा पछाडि पर्ने निश्चित रहेको महेश न्यौपानेको दाबी छ।