विद्यालयको प्रयोगशालाका लागि अनुदान
०६ कार्तिक २०७८
•
१ मिनेट पाठ
विद्यालयको प्रयोगशालाका लागि अनुदान
भक्तपुरको सुडालस्थित पञ्चकन्या माविका विद्यार्थीहरु
वाग्मती प्रदेश सरकारले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयलाई  प्रयोगशाला स्थापनार्थ अनुदान दिने  भएकोे छ। सो कार्यका लागि मापदण्ड र सर्तहरुसमेत तोकेर प्रादेशिक शिक्षा विकास निर्देशनालयले १२ लाखदेखि १५ लाख रुपैयाँसम्म अनुदान दिने जनाएको हो।




निर्देशनालयका अनुसार  सामुदायिक  विद्यालयमा  विज्ञान विषय र सूचना  प्रविधि  प्रयोगशाला  स्थापनासम्बन्धी कार्यविधि  २०७८ अनुसार  छनोट भएका विद्यालयलाई रकम उपलब्ध गराइने छ। उक्त कार्यविधिअन्तर्गत सूचना प्रविधिका लागि रु १५ लाख तथा विज्ञान प्रयोगशालाका लागि रु १२ लाख अनुदान प्रदान गरिने भएको छ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा  उल्लेख भएबमोजिम  निर्देशनालयले कार्यविधि तयार गरी अनुदान दिनेछ। कार्यविधिमा प्रयोगशाला स्थापना गर्ने विद्यालय पहिचान गरी मापदण्ड निर्धारण गरी अनुदान दिने निर्देशनालयको ठहर छ।
अर्को समाचार
सामुदायिक विद्यालयले पाउने भए विषयगत शिक्षक
१६ पौष २०८०
•
२ मिनेट पाठ
सामुदायिक विद्यालयले पाउने भए  
विषयगत शिक्षक
शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा रिक्त रहेको चार सय ३६ स्थायी पदपूर्तिका लागि शिक्षक माग गरेको छ। माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदमा खुला प्रतियोगितात्मक परीक्षा हुने छ।




सामुदायिक विद्यालयमा वर्षौंदेखि मावि तहमा शिक्षकको पद रिक्त भएकाले कक्षाकोठामा सिकाइ उपलब्धि राम्ररी हुन सकेको थिएन। यही भएर अब सरकारले बर्सेर्नि रिक्त दरबन्दी पूर्ति गर्दै जाने लक्ष्यसहित यसपटक शैक्षिकसत्र सुरु हुनुअगावै पदपूर्ति गर्ने तयारी आयोगको रहेको छ।

एसइई नतिजामा मुख्य रूपमा विज्ञान, अंग्रेजी, नेपाली, गणितलगायतका अप्ठ्यारा विषयमा कम विद्यार्थी पास हुनुको मुख्य कारण यही विषयमा विद्यालयमा शिक्षक पनि नहुनु नै रहेको सरकारी अनुसन्धानले देखाएको छ।
 यसकारण अब आयोगले कक्षाकोठाको सिकाइ स्तर अभिवृद्धि गर्न र बालबालिकाको सिकाइ उपलब्धिमूलक बनाउन शिक्षकको रिक्त दरबन्दी पूर्ति गर्न समयमै ध्यान दिएको आयोगले जनाएको छ।

आयोगका प्रशासकीय प्रमुख कमलप्रसाद पोखरेललका अनुसार यसपटक सातवटै प्रदेशबाट माग आएअनुसार कुल रिक्त दरबन्दी चार सय ३६ रहेको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले उपलब्ध गराएको तथ्यांकको आधारमा आयोगले पदपूर्तिका लागि पुस ८ गते विज्ञापन आह्वान गरेको हो।

‘यसपटक सबैभन्दा बढी विज्ञान विषयको शिक्षकको माग आएको छ। विज्ञानमा मात्र एक सय २४ पद रिक्त रहेको छ,’ पोखरेलले भने, ‘विद्यालय तहको शिक्षण सिकाइको स्तर बढाउन मावि तहमा शिक्षक अनिवार्य हुनैपर्छ। यसले बालबालिकाको सिकाइ मापनमा भूमिका खेल्छ।
अर्को अप्ठ्यारो विषय हो गणित यसमा ८५ र अंग्रेजीमा ७९ दरबन्दीको पूर्तिका लागि विज्ञान खोलिएको छ। खुला विज्ञापनमा योग्यता पुगेको सबैले भाग लिन पाउने छन्।’

यसैगरी, सातै प्रदेशबाट प्राप्त भएको तथ्यांकअनुसार नेपालीमा ६७, समाजिकमा ५३, अर्थशास्त्रमा सात, कार्यालय सञ्चालन तथा लेखामा १५, संस्कृत व्याकरणमा तीन र कप्युटर विज्ञानमा तीन शिक्षक माग आयोगले गरेको छ।

गत वर्ष पुस २५ मा माध्यमिक तहको विज्ञापन भएको थियो। ‘यस वर्ष पनि पुस २५ अघि नै विज्ञापन गर्‍यौं,’ आयोगका प्रमुख प्रशासकीय प्रमुख डा. पोखरेलले भने भने, ‘गत वर्ष सात सय १८ शिक्षक पदपूर्तिका लागि विज्ञापन भएको थियो। यसपटक दुई सय ८२ शिक्षक कम भए। यसपटक आयोगले चैत ३ गते सामान्य परीक्षा लिने छ। ५० अंक ल्याउनेहरू मात्र विषयगत परीक्षामा सहभागी हुन सक्नेछन्। परीक्षामा ४० अंक र त्योभन्दा माथि ल्याउनेहरू अन्तरर्वार्तामा सहभागी हुन्छन् ।’

उनका अनुसार आयोग यसपटक असोज महिनाभित्रै सबै प्रक्रिया पूरा गरी विद्यालयहरूमा शिक्षक सिफारिस गर्ने तयारी छ।’

विगतमा सामुदायिक विद्यालयका शिक्षकको अवकाश भए पनि मावि तहमा समयमै विज्ञापन नहुँदा शिक्षक व्यवस्थापन चुनौती बन्दै गएको थियो।
तीन वर्षयता हरेक वर्ष विज्ञापन हुन थालेपछि रिक्त हुनबित्तिकै प्रतिस्पर्धाबाट छनोट भएका योग्य शिक्षकले कक्षाकोठाभित्र पढाउने अवसर पाएको उनको दाबी छ।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस