त्रिविका रोकिएका परीक्षा साउन ५ गतेदेखि हुने तय
१० असार २०७८
•
२ मिनेट पाठ
त्रिविका रोकिएका परीक्षा साउन ५ गतेदेखि हुने तय
त्रिभुवन विश्वविद्यालयले रोकिएका स्नातक तह र स्नातकोत्तर तहका सबै परीक्षाहरू साउन ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रक कार्याल बल्खुका नियन्त्रक पुष्पराज जोशीले बुधबार बसेको परीक्षा बोर्ड बैठकले साउन ५ लगतेदेखि स्नातक दोस्रो वर्षका रोकिएका सबै परीक्षाहरू संचालन गर्ने निर्णय गरेको बताए। 




स्नातक दोस्रो वर्षको परीक्षाहरू साउन ९ गतेसम्म सम्पन्न गर्ने बोर्डले तय गरेको उनले जनाए। उनले स्नातक प्रथम वर्षका परीक्षार्थीहरूको परीक्षा साउन १० गतेदेखि २८ गतेसम्म सञ्चालन गरी सबै विषयको परीक्षा सम्पन्न गर्ने निर्णय भएको जनाए। ‘स्नातक प्रथम वर्षदेखि स्नातकोत्तर तहसम्मका चार लाख विद्यार्थीको परीक्षा साउन ५ गतेदेखि सुरु हुन्छ,’ नियन्त्रक जोशीले नागरिकसँग भने, ‘स्नातकोत्तर तहको भने भदौ पहिलो साता सुरु गर्ने तय भएको छ,’ उनले थपे, ‘विद्यार्थीलाई केन्द्र छनौटको अवसर दिइने छ। 

बिहीबार बोर्डले कार्यतालिका प्रकाशित गर्छ। शुक्रबारदेखि आइतबारसम्मका विद्यार्थीलाई केन्द्र छनौटको लागि सूचना प्रकाशित गरिन्छ।’ नियन्त्रक जोशीका अनुसार विगतमा बढीमा दुई सय ४० केन्द्र मात्र तोकिने गरिन्थ्यो भने यसपटक देशभरिमा तीन सय परीक्षा केन्द्रबाट चार लाख विद्यार्थीले परीक्षा दिने तय भएको छ। ‘यसपटक परीक्षाहरू बिहान एक सिफ्टमा मात्र हुने बोर्डले तय गरेको छ,’ नियन्त्रक जोशीले भने, ‘कोरोना जोखिमका कारण लकडाउन जारी नै रहेको अवस्थामा विद्यार्थीलाई बढीमा हिँडेर आधा घन्टाको दूरीमा केन्द्र तय गरिएको छ। 

बढीमा १३ किमीको दूरीमा केन्द्र तोकिएको छ।’ उनले तराईका वीरगन्ज, जनकपुर र सिराहा जिल्लामा एउटै सहरमा तीनभन्दा बढी केन्द्र पनिकाले तोकेको यो पहिलोपटक हो। जसकेसम्म विद्यार्थीलाई पायक पर्ने केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्थापन गर्नु पनिकाको मुख्य उद्देश्य रहेको बताए। नियन्त्रक जोशीले सेमेस्टर प्रणालीका झन्डै एक लाख विद्यार्थीको परीक्षा पनि साउनको दोस्रो सातादेखि हुने तय भएको जनाए। ‘दसैंपछि स्नातक चौथो वर्षको परीक्षा हुने छ,’ उनले भने, ‘उपत्यकामा मात्र ८० केन्द्र तोकिएको छ। हिमाली जिल्लामा विगतमा एकवटा केन्द्र हुने गरेको थियो भने यसपटक दुईवटासम्म तोकिएको छ।’

परीक्षा सहनियन्त्रक घनश्याम ठाकुरले स्नातक प्रथम वर्षको परीक्षा २२ महिनादेखि कोभिडकै कारण रोकिएको जनाए। ‘२२ महिना अघिनै हुनुपर्ने स्नातक प्रथम वर्षका परीक्षाहरू कोभिडकै कारण रोकिएको छ। हाल पुराना प्रथम वर्ष र नयाँ प्रथम वर्ष गरी दुईवटा स्नातक प्रथम वर्षको परीक्षाहरू साउन ५ गतेदेखि हुने तय भएको छ,’ सहनियन्त्रक ठाकुरले नागरिकसँग भने, ‘परीक्षा भौतिक उपस्थितिमै हुन्छ। किनभने ४ लाख बढी विद्यार्थीको परीक्षा अनलाइनबाट गर्न सम्भव छैन।’ परीक्षा फारम अनलाइन भर्नसमेत विद्यार्थीले सक्दैनन्। 

यस्तो अवस्थामा भोतिक उपस्थितिको विकल्पनै नभएको उनको भनाइ छ। उनले परीक्षा केन्द्रहरू स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरूपमा पालना गर्न निर्देशन गरिएको बताए। ‘सबै केन्द्रहरूमा मास्क, स्यानिटाइजर र भौतिक दूरी अनिवार्य पालना गर्न निर्देशन छ,’ सहनियन्त्रक ठाकुरले भने, ‘विद्यार्थीको सहुलियतको आधारमा केन्द्र निर्धारण गरिएको छ।
अर्को समाचार
त्रिभुवन विश्वविद्यालयकाे दिक्षान्तर समारोहका कारण उपत्यकाकाे ट्राफिक व्यवस्थापन अस्तव्यस्त (फोटोफिचर)
२३ मंसिर २०७९
•
१ मिनेट पाठ
त्रिभुवन विश्वविद्यालयकाे दिक्षान्तर समारोहका कारण उपत्यकाकाे ट्राफिक व्यवस्थापन अस्तव्यस्त (फोटोफिचर)
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५७ सेकेन्ड अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस