शिक्षक सेवा आयोग: शिक्षामन्त्रीको स्वार्थअनुकूल नहुँदा पदाधिकारी नियुक्ति रोकियो
१६ चैत्र २०७७
•
३ मिनेट पाठ
शिक्षक सेवा आयोग: शिक्षामन्त्रीको स्वार्थअनुकूल नहुँदा पदाधिकारी नियुक्ति रोकियो
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको स्वार्थअनुसार नाम सिफारिस नभएपछि शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त हुन सकेका छैनन्। आयोगमा अध्यक्ष र दुई सदस्य गरी तीन पदाधिकारी नियुक्त हुन सकेका छैनन्। ६ महिनादेखि पदाधिकारीविहीन हुँदा आयोगका सबै काम ठप्प छन्।  




यसको नकारात्मक असर विद्यालय शिक्षामा परेको छ। आयोगका निवर्तमान अध्यक्ष ताना गौतमको पाँच वर्षे कार्यकाल असोज १३ गते र सदस्यहरूको कार्यकाल २०७७ असारमै सकिएको थियो । आयोगमा अध्यक्ष, महिला सदस्य र पुरुष सदस्य एक/एक जना गरी तीनवटै पद रिक्त छन् । आयोगको विधानमा भएको व्यवस्थाअनुसार लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा पदाधिकारी नियुक्तिका लागि नाम सिफारिस समिति गठन गरिएको थियो।

लोकसेवा आयोगका निवर्तमान अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा ऐनले नै गठन गरेको तीन सदस्यीय समितिले तीन महिनाअघि नै शिक्षा मन्त्रालयमा शिक्षक सेवा आयोगका पदाधिकारीको नाम सिफारिस गरेको थियो। उक्त समितिले नेपाल सरकारका पूर्वसचिव मधु रेग्मीलाई अध्यक्ष, महिला सदस्यमा कीर्तिपुरस्थित जनसेवा माविका पूर्व प्रअ नन्दकुमारी महर्जन र पुरुष सदस्यमा शिक्षा मन्त्रालयका पूर्व सहसविच डा. डिल्लीराम रिमालको नाम सिफारिस गरी मन्त्रालयमा बुझाएको थियो।

तर मन्त्री श्रेष्ठले सिफारिस गरिएका नाम मन्त्रिपरिषद्मा लगेर निर्णय गराउनुको साटो पुनर्विचार गर्नुपर्ने भन्दै लोकसेवा आयोगमा फिर्ता पठाइदिएका थिए । त्यसलगत्तै आफूले लोकसेवा आयोगको निर्णय विधिपूर्वक भएको र मापदण्डमा परेका योग्य व्यक्तिको नाम सिफारिस गरिएकाले पुनर्विचार गर्न नसकिने भन्दै लिखित जवाफ पठाएको लोक सेवा आयोगका निवर्तमान अध्यक्ष उमेशप्रसाद मैनालीले बताए।  

‘लोक सेवा आयोगका अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा सचिवसहित रहेको तीन सदस्यीय नाम सिफारिस समितिले अध्ययन गरी विधिपूर्वक मापदण्डमा परेका योग्य र सक्षम उम्मेदवारको नाम अध्यक्ष र सदस्यमा सिफारिस गरेको हो,’ निवर्तमान अध्यक्ष मैनालीले नागरिकसँग भने, ‘छनोट समिति शिक्षा मन्त्रालयले गठन गरेको होइन ।

शिक्षा ऐनअनुसार गठित समिति हो। शिक्षामन्त्रीको स्वार्थअनुसार मन्त्रीले रुचाएको व्यक्तिलाई सिफारिस गर्ने यो समिति होइन।’उनले सुझाए, ‘त्यही भएर मैले मन्त्रीको पुनर्विचार गर्नुपर्ने पत्र पाएकै दिन यसमा पुनर्विचार गर्न सकिँदैन भनेर लिखित जवाफ पठाएको थिएँ । लोकसेवा आयोगले यसमा कुनै पनि अवस्थामा पुनर्विचार गर्दैन। 

शिक्षक सेवा आयोगमा सिफारिस गरिएका नामअनुसार मन्त्रालयले कि पदाधिकारी नियुक्ति गर्नुपर्‍यो कि आयोग पदाधिकारीविहीन राख्नुपर्‍यो।’ यति मात्र होइन, निवर्तमान अध्यक्ष मैनालीका अनुसार शिक्षामन्त्रीले लोकसेवा आयोगले सिफारिस गरेका नामको फाइन नै मन्त्रालयको दराजमा थन्काइदिएका छन्। अध्यक्ष मैनालीको लोकसेवा आयोग अध्यक्षबाट मंगलबार पदावधि सकिएको छ।  

आफूले रुचाएका व्यक्ति सिफारिसमा नपरेपछि मन्त्री श्रेष्ठले फाइल मन्त्रालयमै थन्काइदिएको मन्त्रालयकै कर्मचारी बताउँछन्। ‘मन्त्रालयमा प्राप्त भएको शिक्षक सेवाको पदाधिकारीको नाम मन्त्रीज्यूले मन्त्रिपरिषद्मै लग्नुभएन,’ ती कर्मचारीले भने, ‘मन्त्रीज्यूको मन परेको व्यक्ति नपरेपछि फाइल अघि बढेन । मन्त्रालयकै एक दराजमा थन्किएको छ।’ मन्त्रीको लापरबाहीका कारण हाल विद्यालय तहका प्राविदेखि माविसम्मका १२ हजार रिक्त पदमा स्थायी पदपूर्तिको कामसमेत रोकिएको छ । आयोगमा पदाधिकारी नहुँदा देशभर स्थायी दरबन्दीमा शिक्षक नियुक्ति र बढुवाकोे काम रोकिएको छ।  

आयोगका प्रशासकीय प्रमुख दिनेश श्रेष्ठले आयोगका मुख्य पदाधिकारी नहुँदा गर्नुपर्ने मुख्य काम र निर्णय हुन नसकेको बताए। उनले आयोगले सञ्चालन गर्नुपर्ने सबै परीक्षा रोकिँदा विद्यालयको शैक्षिक गुणस्तरमा नकारात्मक असर परेको जनाए। ‘परीक्षाको विज्ञापन, सञ्चालन र नतिजा प्रकाशनलगायत सबै काम ठप्प छन्,’ श्रेष्ठले भने, ‘देशभरिका शिक्षक बढुवा र स्थायी नियुक्ति रोकिएको छ।’ उनले थपे, ‘हालसम्म आयोगमा २ हजार ७ सय बढुवाका लागि र १२ हजार रिक्त दरबन्दीमा स्थायी पदपूर्तिका लागि माग आएको छ। आयोगमा ४० कर्मचारी कार्यरत छन्। आन्तरिक काम भने भइरहेको छ।’
अर्को समाचार
देश छाड्ने ध्याउन्नमा युवा
०२ चैत्र २०८०
•
३ मिनेट पाठ
देश छाड्ने ध्याउन्नमा युवा
केही समययता वैदेशिक रोजगारी तथा उच्च शिक्षाका लागि दैनिक १३ सय हाराहारी युवाले ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिने गरेका छन्। एनओसीका लागि दैनिक आवेदन गर्ने संख्या त योभन्दा बढी छ। आवेदन दिनेको संख्या बढ्दै गएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत एनओसी शाखामा अहिले दिनहुँ भिड देखिन्छ।




मन्त्रालयले एनओसी अनलाइनबाट उपलब्ध गराउन वेबसाइट बनाएर कार्यान्वयनमा ल्याए पनि उचित व्यवस्थापन गर्न नसक्दा एनओसी शाखामा भौतिक उपस्थिति भएर आवेदन दिने र प्रमाणपत्र लिनेको भिड बढेको हो।

पछिल्लो समय सबैभन्दा बढी जापानका लागि एनओसी लिनेको भिड बढेको छ। फागुन र चैत जापानमा शैक्षिक भर्नाको समय भएकाले भिड बढेको मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख सहसचिव श्रीप्रसाद भट्टराईले बताए।

गत साउनदेखि फागुन मसान्तसम्म १११ देशका लागि ६९ हजार ८२३ वटा एनओसी जारी भइसकेको जानकारी भट्टराईले दिए। उनका अनुसार स्वदेशमा भएकै विषयसमेत विदेशमा पढ्ने जाने भन्दै एनओसी लिन आउनेको संख्या देख्दा चिन्ता लागेको छ।

‘हाम्रा युवा जसरी पनि देश छाड्ने मनस्थितिमा देखिन्छन्,’ भट्टराईले नागरिकसँग भने, ‘पछिल्लो समय जापानको इन्टेक खुलेकाले धेरै जापानकै लागि एनओसी लिन आउने छन्। एनओसीका लागि अनलाइनको व्यवस्था गरिएको भए पनि नागरिकता, शैक्षिक प्रमाणपत्र लगायत कागजात म्याचिङ नहुँदा भौतिक उपस्थितमै एनओसी लिन आउनुपरेको बुझिएको छ।’ उनले थपे, ‘हाल दैनिक हजारभन्दा बढी युवा एनओसी लिन आइरहेका छन्। भिड व्यवस्थापन गर्न मन्त्रालय लागिपरेको छ।’

एनओसी महाशाखामा बढ्दो भिड व्यवस्थापन गर्न नसकेकै कारण शाखा प्रमुख शान्तिराम पौडेलले राजीनामा दिएपछि पूर्वप्रमुख वासुदेव ओस्तीले सो शाखा सम्हालेका छन्। बिहीबार पनि एनओसी लिने युवाको भिड बढेको सूचनाका आधारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आकस्मिक रूपमा शाखाको भ्रमण गरेकी थिइन्।

‘एनओसी लिने विद्यार्थीको भिड बढेको खबर सुनेर म बुझ्न शाखामा पुगेकी हुँ। एनओसी वितरणमा प्राविधिक स्तरोन्नति गर्न सकिने रहेछ। अब त्यसतर्फ काम गर्न निर्देशन दिएकी छु,’ मन्त्री श्रेष्ठले नागरिकसँग भनिन्, ‘वास्तवमा अहिले एनओसी विदेशी मुद्रा सटही र इमिग्रेसनका लागि मात्र लिने गरेको देखियो।’

शैक्षिक परामर्श दातृ निकायबाट एनओसी लिन आउने विद्यार्थीको भिड बढिरहेको जनाउँदै उनले थपिन्, ‘अब एनओसी वितरण प्रणालीमा व्यस्थापकीय सुधार गर्दै जानुपर्छ।’ मन्त्री श्रेष्ठले अबका दिनमा एनओसी केका लागि भन्नेबारे पनि छलफल गरी व्यवस्थापन गर्दै जानुपर्नेमा जोड दिइन्।

एनओसी शाखामा नवनियुक्त प्रमुख ओस्तीले बिहीबारदेखि टाइम कार्ड कार्यान्वयन गरी काम थालेका छन्। उनले बिहान ७ बजेदेखि साँझ साढे ५ बजेसम्म सेवा उपलब्ध गराए पनि भिड देखिन्थ्यो। भिड व्यवस्थापन गर्न बिहीबार स्काउट नै परिचालन गर्नुपरेको उनले सुनाए।

‘बिहीबार एक दिनमा २ हजार ३४० विद्यार्थीको कागजात प्रमाणीकरण गरियो भने १ हजार ३२२ विद्यार्थीलाई एनओसी जारी गरियो,’ प्रमुख ओस्तीले नागरिकसँग भने, ‘युवाहरू जसरी पनि देश छाड्न चाहेको देखियो। पढाइभन्दा पनि कमाइ गर्न बिदेसिने बढी छन्।

आजको युवा स्वदेशमा बसेर काम गर्ने वातावरण नभएर पनि बिदेसिने गरेको देखिन्छ,’ उनले थपे, ‘दुःखको कुरा त नेपालमै पढाइ हुने विषयका लागि बिदेसिनु हो। मन्त्रीज्यूले बिहीबार अनुगमन गरी एनओसी वितरणमा देखिएको समस्या र सुधारबारे प्रतिवेदन माग गर्नुभएको छ। हामी शुक्रबारसम्म बुझाउँछौं।’
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस