शिक्षालाई श्रम र सीपसँग जोड्न शिक्षामन्त्रीको आग्रह
१९ कार्तिक २०७७
•
२ मिनेट पाठ
शिक्षालाई श्रम र सीपसँग जोड्न शिक्षामन्त्रीको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको उपयोग गर्दै शिक्षालाई श्रम र उत्पादनसँग जोड्नुपर्ने बताएका छन्।




शिक्षा नीति तथा अभ्यास केन्द्रले आज भर्चुअलरुपमा आयोजना गरेको ‘मधेसका शिक्षाका सवालहरु’ विषय संवादमा मन्त्री पोखरेलले शिक्षालाई श्रम, सीप उत्पादन हुँदै समृद्धिसँग जोड्न सकिएमा मात्र गुणस्तरीय र सर्वसुलभ शिक्षाको संविधानको मर्मलाई कार्यान्वयन गर्न सकिने बर्ताका हुन्। उनले यसका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने भएकाले शिक्षकलाई राजनीतिक दलगत सङ्गठनको सक्रियता नभइ कक्षाकोठाको सक्रियतामा ध्यान दिन आग्रह गरे।

उनले तराई–मधेसको शिक्षा कुनै बेला सिङ्गो मुलुकलाई उज्यालो छरेका भए पनि हाल पछाडी परेको स्थितिमा मधेसको शिक्षा विकासका लागि अभियान नै सञ्चालन गर्नुपर्नेमा पनि जोड दिए। मन्त्री पोखरेल कोरोना सङ्क्रमणबाट मुक्त भई मङ्गलबारदेखि बाहिर निस्केका थिए।

नेपाली काँग्रेसका नेता प्रदीप गिरीले मधेसको शिक्षा सुधारका लागि केन्द्र शासित राजनीतिक प्रणाली विगतमा बाधक रहेकाले अब सङ्घीयता सही कार्यान्वयनबाट शैक्षिक उन्नति कायम गर्नुपर्ने बताए। उनले दलगत वा नाताका आधारमा नभइ सही ठाउँमा सही र योग्य व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने धारणा राखे।

प्रदेश न २ का सामाजिक विकासमन्त्री नवलकिशोर शाहले पञ्चायतकालमा मधेसमाथि दमन र विभेद गरिएकाले मधेसको शिक्षा पछाडी परेको उल्लेख गर्दै आगामी दिनमा विज्ञहरुको सुझावका आधारमा कार्ययोजना बनाइ कार्यान्वयन गर्न आवश्यक रहेको औल्याए।

राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले शिक्षा सामाजिक विकाससँग पनि जोडिएकाले सोचमै रहेको गरिबीलाई हटाउन सकेमा शिक्षामा स्रोत साधनको वितरण गर्न सकिने बताइन्। उनले समुदायगत शिक्षकको सङ्ख्यावृद्धि गरी शिक्षकको क्षमतावृद्धिका लागि पनि काम गर्न आग्रह गरिन्।

राष्ट्रिय मानव अधिकार आयोग सदस्य मोहना अन्सारीले मुस्लिम, दलितलगायतका समुदायलाई शिक्षाबाट समाजले नै पछाडि पारेको स्थिति पाइएकाले यसको अन्त्यका लागि स्थानीय तहले प्रभावकारी रुपमा काम गर्नुपर्ने सुझाव दिइन्।

कार्यक्रममा विज्ञ केदारभक्त माथेमा, डा विनय कुसियत, प्रा डा विद्यानाथ कोइराला, टीका भट्टराई, डा सुरेन्द्र लाभ, तुलानारायण साह, अब्दुल रअफ खाँलगायतले प्रस्तुतिकरण गरेका थिए। उनीहरुले साक्षरता, प्राथमिक तहको भर्ना, विद्यार्थी तह पार गर्ने विद्यार्थी आदि सूचकका आधारमा प्रदेश नं २ अरु प्रदेशभन्दा पछाडी परेको अभियानकै रुपमा शिक्षाको रुपान्तरणमा लाग्न आग्रह गरेका थिए। रासस
अर्को समाचार
देश छाड्ने ध्याउन्नमा युवा
०२ चैत्र २०८०
•
३ मिनेट पाठ
देश छाड्ने ध्याउन्नमा युवा
केही समययता वैदेशिक रोजगारी तथा उच्च शिक्षाका लागि दैनिक १३ सय हाराहारी युवाले ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिने गरेका छन्। एनओसीका लागि दैनिक आवेदन गर्ने संख्या त योभन्दा बढी छ। आवेदन दिनेको संख्या बढ्दै गएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत एनओसी शाखामा अहिले दिनहुँ भिड देखिन्छ।




मन्त्रालयले एनओसी अनलाइनबाट उपलब्ध गराउन वेबसाइट बनाएर कार्यान्वयनमा ल्याए पनि उचित व्यवस्थापन गर्न नसक्दा एनओसी शाखामा भौतिक उपस्थिति भएर आवेदन दिने र प्रमाणपत्र लिनेको भिड बढेको हो।

पछिल्लो समय सबैभन्दा बढी जापानका लागि एनओसी लिनेको भिड बढेको छ। फागुन र चैत जापानमा शैक्षिक भर्नाको समय भएकाले भिड बढेको मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख सहसचिव श्रीप्रसाद भट्टराईले बताए।

गत साउनदेखि फागुन मसान्तसम्म १११ देशका लागि ६९ हजार ८२३ वटा एनओसी जारी भइसकेको जानकारी भट्टराईले दिए। उनका अनुसार स्वदेशमा भएकै विषयसमेत विदेशमा पढ्ने जाने भन्दै एनओसी लिन आउनेको संख्या देख्दा चिन्ता लागेको छ।

‘हाम्रा युवा जसरी पनि देश छाड्ने मनस्थितिमा देखिन्छन्,’ भट्टराईले नागरिकसँग भने, ‘पछिल्लो समय जापानको इन्टेक खुलेकाले धेरै जापानकै लागि एनओसी लिन आउने छन्। एनओसीका लागि अनलाइनको व्यवस्था गरिएको भए पनि नागरिकता, शैक्षिक प्रमाणपत्र लगायत कागजात म्याचिङ नहुँदा भौतिक उपस्थितमै एनओसी लिन आउनुपरेको बुझिएको छ।’ उनले थपे, ‘हाल दैनिक हजारभन्दा बढी युवा एनओसी लिन आइरहेका छन्। भिड व्यवस्थापन गर्न मन्त्रालय लागिपरेको छ।’

एनओसी महाशाखामा बढ्दो भिड व्यवस्थापन गर्न नसकेकै कारण शाखा प्रमुख शान्तिराम पौडेलले राजीनामा दिएपछि पूर्वप्रमुख वासुदेव ओस्तीले सो शाखा सम्हालेका छन्। बिहीबार पनि एनओसी लिने युवाको भिड बढेको सूचनाका आधारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आकस्मिक रूपमा शाखाको भ्रमण गरेकी थिइन्।

‘एनओसी लिने विद्यार्थीको भिड बढेको खबर सुनेर म बुझ्न शाखामा पुगेकी हुँ। एनओसी वितरणमा प्राविधिक स्तरोन्नति गर्न सकिने रहेछ। अब त्यसतर्फ काम गर्न निर्देशन दिएकी छु,’ मन्त्री श्रेष्ठले नागरिकसँग भनिन्, ‘वास्तवमा अहिले एनओसी विदेशी मुद्रा सटही र इमिग्रेसनका लागि मात्र लिने गरेको देखियो।’

शैक्षिक परामर्श दातृ निकायबाट एनओसी लिन आउने विद्यार्थीको भिड बढिरहेको जनाउँदै उनले थपिन्, ‘अब एनओसी वितरण प्रणालीमा व्यस्थापकीय सुधार गर्दै जानुपर्छ।’ मन्त्री श्रेष्ठले अबका दिनमा एनओसी केका लागि भन्नेबारे पनि छलफल गरी व्यवस्थापन गर्दै जानुपर्नेमा जोड दिइन्।

एनओसी शाखामा नवनियुक्त प्रमुख ओस्तीले बिहीबारदेखि टाइम कार्ड कार्यान्वयन गरी काम थालेका छन्। उनले बिहान ७ बजेदेखि साँझ साढे ५ बजेसम्म सेवा उपलब्ध गराए पनि भिड देखिन्थ्यो। भिड व्यवस्थापन गर्न बिहीबार स्काउट नै परिचालन गर्नुपरेको उनले सुनाए।

‘बिहीबार एक दिनमा २ हजार ३४० विद्यार्थीको कागजात प्रमाणीकरण गरियो भने १ हजार ३२२ विद्यार्थीलाई एनओसी जारी गरियो,’ प्रमुख ओस्तीले नागरिकसँग भने, ‘युवाहरू जसरी पनि देश छाड्न चाहेको देखियो। पढाइभन्दा पनि कमाइ गर्न बिदेसिने बढी छन्।

आजको युवा स्वदेशमा बसेर काम गर्ने वातावरण नभएर पनि बिदेसिने गरेको देखिन्छ,’ उनले थपे, ‘दुःखको कुरा त नेपालमै पढाइ हुने विषयका लागि बिदेसिनु हो। मन्त्रीज्यूले बिहीबार अनुगमन गरी एनओसी वितरणमा देखिएको समस्या र सुधारबारे प्रतिवेदन माग गर्नुभएको छ। हामी शुक्रबारसम्म बुझाउँछौं।’
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस