एसइईमा ४ जिपिए ल्याएका मदरल्याण्डका विद्यार्थीलाई नगदसहित सम्मान
१४ मंसिर २०८१
•
२ मिनेट पाठ
एसइईमा ४ जिपिए ल्याएका मदरल्याण्डका विद्यार्थीलाई नगदसहित सम्मान
पोखरा–७, मदरल्याण्ड माविमा शुक्रबार आयोजित कार्यक्रममा सम्मानित विद्यार्थीहरु । तस्बिरः नागरिक
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) र कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई पोखरा–७, मासबारस्थित मदरल्याण्ड माविले शुक्रबार नगद पुरस्कार सहित सम्मान गरेको छ । एसइइमा चार जिपिए ल्याउने १० जना विद्यार्थी र राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा नेपाल ‘टप’ गरेकी एकजना छात्रालाई सम्मान गरिएको हो ।  




विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार यसवर्षको एसइइमा नेपालभरबाट १८६ जनाले मात्र ४ जिपिए ल्याएका थिए । ती मध्ये १० जना मदरल्याण्ड माविका विद्यार्थी थिए । तिनै विद्यार्थीलाई जनही ५० हजार रुपैयाँ र राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा नेपाल प्रथम बनेकी छात्रा सदीक्षा क्षेत्रीलाई नगद २ लाख रुपैयाँ सहित सम्मान गरिएको हो । सदीक्षाले ३.९६ जिपिए अंक ल्याएर नेपाल टप गरेकी थिईन ।

४ जिपिए ल्याउनेमा कृपा बराल, रेडियस पोख्रेल, कनक अधिकारी, अपेक्षा ढुंगाना, आशीष बस्ताकोटी, कृपा गुरुङ, इक्वीटी पौडेल, अबिस वाग्ले, युनिका ढकाल र समीक्षा पहारी थिए । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, प्राचार्य डा.नारायण बराल, राष्ट्रिय परीक्षा बोर्ड गण्डकीका प्रमुख गोबिन्द पोखरेल, पोखरा–७ का अध्यक्ष राममोहन आचार्य लगायतले उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेका थिए ।  

कार्यक्रममा मन्त्री थापाले कुनै पनि विद्यालय सफल हुनका लागि विद्यार्थीको उत्कृष्ट रिजल्टसँगै असल अभ्यास पनि जरुरी रहेको बताए । ‘विद्यालयमा अब केही फरक अभ्यास जरुरी छ । विद्यार्थीलाई नैतिक शिक्षा, अनुशासन, संस्कार, संस्कृति पनि सिकाउनुपर्छ,’ थापाले भने, ‘विद्यार्थीसँगै उनीहरुका अभिभावक पनि जोडिँदा अझ राम्रो परिणाम निस्कन्छ ।’  

मन्त्री थापाले विद्यार्थी अभावमा कतिपय सरकारी विद्यालय बन्द हुने अवस्था रहेको बताउँदै विद्यालयलाई उद्यमसँगै शिक्षासँग जोड्नुपर्ने बताए । ‘अब रोजगारीसँग पनि शिक्षा जोडौं । उच्च शिक्षाकै लागि ठूलो संख्यामा विद्यार्थीहरु विदेश पलायन हुँदा धनराशी पनि विदेशिएको छ,’ उनले भने । प्रदेश सरकारले विद्यार्थीको सिकाईमा नयाँपन ल्याउनका लागि ‘फ्राईडे फर फ्यूचर’ कार्यक्रम पनि शुरु गर्न थालेको जानकारी दिए । यो कार्यक्रम लागु भएपछि कक्षा १२ सम्मका विद्यार्थीले शुक्रबार पुस्तक बोकेर विद्यालय आउनुपर्ने छैन । ‘शुक्रबार अतिरिक्त सिकाई होस भनेर यो अभ्यास थालनी गरिएको हो,’ उनले भने ।  

विद्यालयका प्राचार्य बरालले मदरल्याण्ड माविले हरेक वर्ष उत्कृष्ट रिजल्ट हात पारेर उचाँइ बढाईरहेको बताए । ‘विद्यालयको गर्विलो शैक्षिक इतिहासलाई अझ सशक्त बनाउन विद्यार्थीको भूमिका महत्वपूर्ण रहेको छ । अभिभावकको पनि यसमा भूमिका रहन्छ,’ उनले भने, ‘यसपटक मदरल्याण्डले शैक्षिक क्षेत्रमा इतिहास बनाएको छ । आगामि दिनमा विद्यार्थीलाई किताबी ज्ञानसँगै रचनात्मक सीप दिलाउन लागिपर्नेर्छाै ।’  
अर्को समाचार
अक्सफोर्डको प्रतिश्पर्धामा नेपाली टिम प्रथम
१८ कार्तिक २०८३
•
३ मिनेट पाठ
अक्सफोर्डको प्रतिश्पर्धामा नेपाली टिम प्रथम
प्रतिश्पर्धामा सहभागि पोखराको मदरल्याण्ड माविका विद्यार्थी। तस्बिरः नागरिक
बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजित ‘अक्सफोर्ड सइद क्लाइमेट टेक च्यालेन्ज–२०२६’ मा नेपाली टिम प्रथम भएको छ। पोखरा–७ मासवारस्थित मदरल्याण्ड माविका विद्यार्थीले नेपालको प्रतिनिधित्व गर्दै उक्त प्रतिश्पर्धामा सहभागि भएका थिए। त्यही टिम विभिन्न मुलुकका प्रतिश्पर्धीलाई पछाडि पार्दै प्रथम भएको हो।  




प्रतियोगितामा विश्वका ८३ देशका दुई हजारभन्दा बढी टोली सहभागी भएका थिए। तीमध्ये नेपाली टोली अन्तिम पाँच प्रतिस्पर्धीमा छनोट हुँदै विजेता बन्न सफल भएको हो। प्रतियोगितामा मदरल्याण्ड माविमा कक्षा १२ मा अध्ययनरत विज्ञान संकायका विद्यार्थीहरु ओमकार बराल, विवेक सुवेदी र ओम विक सहभागी भएका थिए। उनीहरुको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको हो।  

विश्वका विभिन्न देशका टोलीसँग प्रतिस्पर्धा गरेर प्राप्त गरेको यो सफलतालाई नेपाली विद्यार्थीका लागि अन्तर्राष्ट्रियस्तरको महत्वपूर्ण उपलब्धिका रुपमा लिएको विद्यार्थीलाई सहजीकरण गरेका विद्यालयका शिक्षक बामन घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार अक्सफोर्ड विश्वविद्यालय अन्तर्गत ३९ वटा कलेज रहेकोमा सइद बिजनेस स्कुलले यो प्रतियोगिता आयोजना गरेको थियो। चौथो पटक यो कार्यक्रम आयोजना गरिएको थियो।  

अघिल्लो वर्ष यस्तै कार्यक्रममा विभिन्न ७२ वटा मुलुकका १६ सय टोलीले सहभागिता जनाएका थिए। यो पटक नेपालसहित ८३ वटा मुलुकका २ हजार बढि टिमले सहभागिता जनाएकोमा नेपालको तर्फबाट सहभागि एकमात्र मदरल्याण्डको टिम प्रथम भएको घिमिरेले बताए। ‘विद्यालयको मात्र नभई समग्र नेपालकै पहिचान फराकिलो बनाउन विद्यार्थी सफल भएका छन,’ घिमिरेले भने।

‘प्रतियोगितामा छनोट हुनु आफैंमा एउटा अप्रत्याशित र सुखद आश्चर्य थियो। त्यस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा हाम्रा युवा विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गर्दै अन्ततः च्याम्पियन बन्न सफल भएका छन,’ उनले भने, ‘यो मुलुककै गौरवको कुरा हो।’  
घिमिरेका अनुसार सहभागि टिममध्ये नेपाल सहित पाँचवटा मुलुकका टिमलाई उत्कष्ट छानेर प्रतिश्पर्धा गराईको थियो। जहाँ विज्ञहरुको समूहले विद्यार्थीको प्रस्तुतीलाई नियालेका थिए। त्यही प्रतिश्पर्धाका आधारमा नेपाली टिम पहिलो, अमेरिकी टिम दोश्रो र बेलायती टिम तेश्रो बनेका थिए।  

घिमिरेका अनुसार गाउँघरमा सुक्दै गएका पानीका मूललाई जोगाउनका लागि गर्न सकिने अभ्यासबारे विद्यार्थीले प्रस्तुती दिएका थिए। ‘पानीका मूल सुकेका छन। तिनै मूलको माथिल्लो पाखामा पोखरी खनेर पानी संकलन गरेर ती मूल ब्यूताउन सकिन्छ भन्ने बारे विद्यार्थीको प्रस्तुती थियो,’ उनले भने, ‘जलवायु परिवतर्नको असरलाई प्रविधिको माध्यमबाट समाधान गर्न सकिने अवस्थाबारे उनीहरुले दिएको प्रस्तुती निकै नै रोचक पनि थियो।’ खानेपानीको अभावलाई पूरा गर्ने उपायमा आधारित भएर यो प्रतिश्पर्धा आयोजना गरिएको थियो।  

प्रथम भएको यो टिमले आगामि जुलाईमा अक्सफोर्ड विश्वविद्यालयमा आयोजित १५ दिने समर क्याम्पमा सहभागि हुन पाउने विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए। ‘जलवायु परिवर्तनको असरलाई नेपाली विद्यार्थीले बुझेर विश्वमा बुझाउन सकेका छन, यसले नेपालको अवस्था र जलवायु परिवर्तनको असर पनि देखाउन सकिएको छ,’ आचार्यले भने, ‘यसले नेपाली विद्यार्थीको क्षमताको पनि कदर गरेको छ।’

विद्यालय प्राचार्य डा. नारायण बरालले मदरल्याण्डका विद्यार्थीको यो क्षमताले समग्र नेपाली विद्यार्थीको क्षमतालाई प्रतिनिधित्व गर्ने बताए। ‘८३ मुलुकका २ हजार बढि टिममध्ये नेपालको टिमले पहिलो स्थान हासिल गर्नु आफैमा गौरवको कुरा हो,’ उनले भने, ‘यसले समग्र नेपाली विद्यार्थी अन्तर्राष्ट्रिय स्पर्धामा पनि अब्बल रहेको प्रमाणित गर्छ।’  

मदरल्याण्डका विद्यार्थीले उजागर गरेको विषय सबै मुलुकका लागि उदाहरणीय बनेको पनि बरालले बताए। ‘नेपालले खेपेको जलवायु परिवर्तनको असर कुन तहसम्मको रहेछ भन्ने पनि यसले देखाएको छ, विश्वले यस्ता कार्यक्रमबाट नेपाली अवस्थाबारे बुझ्न पनि पाएका छन,’ बरालले भने।  

जलवायु परिवर्तनका चुनौती समाधान गर्न प्रविधिको प्रयोग र नयाँ सोचलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली विद्यार्थीले हासिल गरेको यस सफलताले नेपालको शैक्षिक तथा सिर्जनात्मक क्षमतालाई विश्वमञ्चमा चिनाउन सफल भएको प्राचार्य बरालले बताए।  
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
यो पनि पढौँ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस