संयुक्त राष्ट्रसंघको नमूना सभामा मदरल्याण्डका विद्यार्थी
२६ माघ २०८२
•
२ मिनेट पाठ
संयुक्त राष्ट्रसंघको नमूना सभामा मदरल्याण्डका विद्यार्थी
संयुक्त राष्ट्रसंघको नमूना सभामा भाग लिन जान थालेको पोखराको मदरल्याण्ड माविका विद्यार्थी। तस्बिरः नागरिक
पोखरा महानगरपालिका–७ मासवारस्थित मदरल्याण्ड माविका विद्यार्थीले संयुक्त राष्ट्रसंघको नमूना सभामा भाग लिने भएका छन। अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय हुने उक्त सम्मेलनमा मदरल्याण्डका ६ जना विद्यार्थी सहभागि हुँदैछन।  




विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यका अनुसार पाँचदिनसम्म संचालन हुने उक्त सभा आइतबारदेखि सुरु हुँदैछ। विद्यालयका प्राचार्य डा. नारायण बरालको नेतृत्वमा विद्यार्थी र शिक्षक सहितको टोली अमेरिका गएको आचार्यले जानकारी दिए।  

आचार्यका अनुसार संयुक्त राष्ट्रसंघकै सभाको शैलीमा आयोजना हुने यो नमूना सभामा नेपालको तर्फबाट मदरल्याण्ड मात्र छनोटमा परेको हो। सहभागि विद्यार्थीले उक्त सभामा विभिन्न विषयमा छलफल र बहस गर्नेछन। मदरल्याण्डको यो पहिलो सहभागिता हो। ‘संयुक्त राष्ट्रसंघको नमूना सभाको शैलीमा विद्यालयमै पनि अभ्यास हुने गरेको छ। योपटक विद्यार्थी आफै सहभागिता जनाउन पाएका छन। विद्यार्थीका लागि यो निकै नै महत्वपूर्ण अवसर हो,’ उनले भने, ‘यसले विद्यार्थीमा नयाँ सिकाई थपिनेछ।’  

उनका अनुसार विद्यालयमा नमूना अभ्यास गरेर विद्यार्थीहरु छनोट गरिएको थियो। प्राचार्य बराल सहित शिक्षक बामनकुमार घिमिरे र विद्यार्थीहरु कृपा बराल, अभिक कर्ण, एल्भिना बराल, निजोल पौडेल, बिबेश बराल र दिव्या पराजुली यो सभामा सहभागि हुनेछन। पाँचदिनको उक्त कार्यक्रममा विभिन्न ५० वटा मुलुकका २ हजार जति विद्यालयका विद्यार्थी सहभागि हुँदैछन।  

विद्यालयका प्राचार्य डा. नारायण बरालले सम्मेलनका सहभागीले संयुक्त राष्ट्रसंघको कार्य प्रणालीसँग परिचित हुन, विश्वव्यापी मुद्दा र घटनाबारे छलफल गर्न अवसर पाउने बताए। युवामा नेतृत्व विकास, कूटनीतिक बहस, लेखन, बौद्धिक विश्लेषणजस्ता क्षमता अभिवृद्धिबारे सीप आदान–प्रदान गर्नका लागि यो सहभागिता र सम्मेलन फलदायी हुने उनको भनाई छ।  

विभिन्न कमिटिमा विभाजित भएर संचालन हुने उक्त प्रतिश्पर्धात्मक सभामा विद्यालयकी छात्रा कृपा बरालले समेत मन्तव्य दिनेगरि छनोटमा परेको आचार्यले जानकारी दिए। ‘यो सभामा सहभागि भएका विद्यार्थीले सानै उमेरदेखि तार्किक एवं तथ्यपरक छलफल गर्ने, विश्वव्यापी घटनाक्रमको गहन जानकारी पाउने मात्र नभई विश्वका विभिन्न ठाउँबाट आएका आफ्नै उमेर समूहका साथीहरुबीच  सम्बन्ध स्थापित गर्न पनि पाउनेछन,’ उनले भने, ‘विद्यार्थीका लागि गतिलो मौका पनि हो । यत्तिको अवसर सबैले पाउँदैनन।’
अर्को समाचार
अक्सफोर्डको प्रतिश्पर्धामा नेपाली टिम प्रथम
१८ कार्तिक २०८३
•
३ मिनेट पाठ
अक्सफोर्डको प्रतिश्पर्धामा नेपाली टिम प्रथम
प्रतिश्पर्धामा सहभागि पोखराको मदरल्याण्ड माविका विद्यार्थी। तस्बिरः नागरिक
बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजित ‘अक्सफोर्ड सइद क्लाइमेट टेक च्यालेन्ज–२०२६’ मा नेपाली टिम प्रथम भएको छ। पोखरा–७ मासवारस्थित मदरल्याण्ड माविका विद्यार्थीले नेपालको प्रतिनिधित्व गर्दै उक्त प्रतिश्पर्धामा सहभागि भएका थिए। त्यही टिम विभिन्न मुलुकका प्रतिश्पर्धीलाई पछाडि पार्दै प्रथम भएको हो।  




प्रतियोगितामा विश्वका ८३ देशका दुई हजारभन्दा बढी टोली सहभागी भएका थिए। तीमध्ये नेपाली टोली अन्तिम पाँच प्रतिस्पर्धीमा छनोट हुँदै विजेता बन्न सफल भएको हो। प्रतियोगितामा मदरल्याण्ड माविमा कक्षा १२ मा अध्ययनरत विज्ञान संकायका विद्यार्थीहरु ओमकार बराल, विवेक सुवेदी र ओम विक सहभागी भएका थिए। उनीहरुको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको हो।  

विश्वका विभिन्न देशका टोलीसँग प्रतिस्पर्धा गरेर प्राप्त गरेको यो सफलतालाई नेपाली विद्यार्थीका लागि अन्तर्राष्ट्रियस्तरको महत्वपूर्ण उपलब्धिका रुपमा लिएको विद्यार्थीलाई सहजीकरण गरेका विद्यालयका शिक्षक बामन घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार अक्सफोर्ड विश्वविद्यालय अन्तर्गत ३९ वटा कलेज रहेकोमा सइद बिजनेस स्कुलले यो प्रतियोगिता आयोजना गरेको थियो। चौथो पटक यो कार्यक्रम आयोजना गरिएको थियो।  

अघिल्लो वर्ष यस्तै कार्यक्रममा विभिन्न ७२ वटा मुलुकका १६ सय टोलीले सहभागिता जनाएका थिए। यो पटक नेपालसहित ८३ वटा मुलुकका २ हजार बढि टिमले सहभागिता जनाएकोमा नेपालको तर्फबाट सहभागि एकमात्र मदरल्याण्डको टिम प्रथम भएको घिमिरेले बताए। ‘विद्यालयको मात्र नभई समग्र नेपालकै पहिचान फराकिलो बनाउन विद्यार्थी सफल भएका छन,’ घिमिरेले भने।

‘प्रतियोगितामा छनोट हुनु आफैंमा एउटा अप्रत्याशित र सुखद आश्चर्य थियो। त्यस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा हाम्रा युवा विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गर्दै अन्ततः च्याम्पियन बन्न सफल भएका छन,’ उनले भने, ‘यो मुलुककै गौरवको कुरा हो।’  
घिमिरेका अनुसार सहभागि टिममध्ये नेपाल सहित पाँचवटा मुलुकका टिमलाई उत्कष्ट छानेर प्रतिश्पर्धा गराईको थियो। जहाँ विज्ञहरुको समूहले विद्यार्थीको प्रस्तुतीलाई नियालेका थिए। त्यही प्रतिश्पर्धाका आधारमा नेपाली टिम पहिलो, अमेरिकी टिम दोश्रो र बेलायती टिम तेश्रो बनेका थिए।  

घिमिरेका अनुसार गाउँघरमा सुक्दै गएका पानीका मूललाई जोगाउनका लागि गर्न सकिने अभ्यासबारे विद्यार्थीले प्रस्तुती दिएका थिए। ‘पानीका मूल सुकेका छन। तिनै मूलको माथिल्लो पाखामा पोखरी खनेर पानी संकलन गरेर ती मूल ब्यूताउन सकिन्छ भन्ने बारे विद्यार्थीको प्रस्तुती थियो,’ उनले भने, ‘जलवायु परिवतर्नको असरलाई प्रविधिको माध्यमबाट समाधान गर्न सकिने अवस्थाबारे उनीहरुले दिएको प्रस्तुती निकै नै रोचक पनि थियो।’ खानेपानीको अभावलाई पूरा गर्ने उपायमा आधारित भएर यो प्रतिश्पर्धा आयोजना गरिएको थियो।  

प्रथम भएको यो टिमले आगामि जुलाईमा अक्सफोर्ड विश्वविद्यालयमा आयोजित १५ दिने समर क्याम्पमा सहभागि हुन पाउने विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए। ‘जलवायु परिवर्तनको असरलाई नेपाली विद्यार्थीले बुझेर विश्वमा बुझाउन सकेका छन, यसले नेपालको अवस्था र जलवायु परिवर्तनको असर पनि देखाउन सकिएको छ,’ आचार्यले भने, ‘यसले नेपाली विद्यार्थीको क्षमताको पनि कदर गरेको छ।’

विद्यालय प्राचार्य डा. नारायण बरालले मदरल्याण्डका विद्यार्थीको यो क्षमताले समग्र नेपाली विद्यार्थीको क्षमतालाई प्रतिनिधित्व गर्ने बताए। ‘८३ मुलुकका २ हजार बढि टिममध्ये नेपालको टिमले पहिलो स्थान हासिल गर्नु आफैमा गौरवको कुरा हो,’ उनले भने, ‘यसले समग्र नेपाली विद्यार्थी अन्तर्राष्ट्रिय स्पर्धामा पनि अब्बल रहेको प्रमाणित गर्छ।’  

मदरल्याण्डका विद्यार्थीले उजागर गरेको विषय सबै मुलुकका लागि उदाहरणीय बनेको पनि बरालले बताए। ‘नेपालले खेपेको जलवायु परिवर्तनको असर कुन तहसम्मको रहेछ भन्ने पनि यसले देखाएको छ, विश्वले यस्ता कार्यक्रमबाट नेपाली अवस्थाबारे बुझ्न पनि पाएका छन,’ बरालले भने।  

जलवायु परिवर्तनका चुनौती समाधान गर्न प्रविधिको प्रयोग र नयाँ सोचलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली विद्यार्थीले हासिल गरेको यस सफलताले नेपालको शैक्षिक तथा सिर्जनात्मक क्षमतालाई विश्वमञ्चमा चिनाउन सफल भएको प्राचार्य बरालले बताए।  
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस