नतिजा प्रकाशनअगावै उत्तरपुस्तिका टुक्राटुक्रा पार्नेलाई कारबाही हुने
०८ जेष्ठ २०८१
•
३ मिनेट पाठ
नतिजा प्रकाशनअगावै उत्तरपुस्तिका टुक्राटुक्रा पार्नेलाई कारबाही हुने
परीक्षा दिएर एक वर्षदेखि नतिजा कुरिरहेका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको नतिजा प्रकाशन हुनु अगावै उत्तरपुस्तिका टुक्राटुक्रा बनाएको रहस्य फेला परेको छ । मानविकी र शिक्षाशास्त्र संकायका ३४२ विद्यार्थीले परीक्षा दिएर नतिजा कुरिरहेको समयमा त्रिविको परीक्षा नियन्त्रक कार्यालयबाटै उत्तरपुस्तिका हराएको थियो ।




समस्याबारे छानविन गर्न गठित उच्चस्तरीय छानविन समितिले तीन साताअघि त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराललाई बुझाएको प्रतिवेदनमा परीक्षा नियन्त्रकसहित सात जनाले विद्यार्थीको भविष्यसँग खेलवाड हुने हदैसम्मको लापरवाही गरेकोले पदबाट हटाउनु पर्ने पर्याप्त आधारसहित कारवाहीको सिफारिस गरेको छ । 

त्रिविका पूर्वरजिष्ट्रार प्रा.डा. चन्द्रमणी पौडेलको संयोजकत्वमा गठित तीन सदस्य उच्चस्तरीय समितिले गत वर्ष वैशाख पहिलो साता परीक्षा दिएर नतिजा कुरिरहेका मानविकीतर्फका हेल्थ एन्ड पपुलेशन स्नातक तहका १५६ र शिक्षा शास्त्र संकायमा फाउन्डेशन अफ इजुशेकनतर्फका १८६ गरी कुल ३४२ विद्यार्थीको उत्तरपुस्तिका धुल्याउन पठाएको निष्कर्षसहित परीक्षा नियन्त्रकसहित ७ जनालाई दोषी ठहर गर्दै सबैलाई पदबाट हटाउने कारवाही सिफारिस गरेको हो ।  

समीति संयोजक प्रा.डा. पौडेलले बुझाएको छानविन प्रतिवेदनले परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई त्रिवि संगठन तथा शैक्षिक प्रशासनिक सम्बन्धी नियम २०५० को परिच्छेद ५६ आकर्षित हुने र परिच्छेद ५७ को आधारमा पदबाट बर्खास्त गर्नु पर्ने सिफारिस गरेको छ । यसैगरी मानविकी तर्फका सहनियन्त्रक पवन बराल र शिक्षाशास्त्र तर्फको सहनियन्त्रक सुरेशजंग शाही, शाखा अधिकृत शम्भु दाहाल, मानविकी तर्फका शाखा प्रमुख दीपक पाण्डे, कर्मचारी चन्द्रप्रसाद जोशी र नारायणप्रसाद न्यौपानेलाई त्रिवि कर्मचारी सेवा सम्बन्धी नियम २०५० को परिच्छेद ८२ अनुसार पदबाट हटाउने सिफारिस गरेको छ ।

अनुसन्धानमा उत्तरपुस्तिका हराएको नभएर टुक्राटुक्रा पारेर चरम लापारवाही गरेको फेला परेको स्रोतले बतायो । ‘हामीले अध्ययन अनुसन्धान गर्दा दोषी ठहर भएका नियन्त्रक, सहनियन्त्रक तथा कर्मचारीहरुले कति सहजरुपमा पुराना उत्तरपुस्तिका धुल्याउन पठाउनेसँगै विद्यार्थीको उत्तरपुस्तिका पनि  मजदुरले उठाएर लगेछ भन्नुभयो,’ स्रोतले भन्यो, ‘यता एक वर्षदेखि नतिजा कुरेर बसिरहेका विद्यार्थीको नतिजा अगावै उत्तरपुस्तिका धुल्याउनेसम्मको अपराध गोप्य शाखाबाट भएको रहेछ । तर जिम्मेवार पदाधिकारीले कति सहजरुपमा लिनु भएको रहेछ ।’  

स्रोत भन्छ, ‘दोष परिक्षा नियन्त्रण कार्यालयको भए पनि विद्यार्थीले पुनः परीक्षा दिनु पर्यो । कति चरम लापारवाही भएको पाइयो । समितिले दोषी ठहर भएकाहरुलाई पर्याप्त आधार खडा गरेर पदबाट हटाउन सिफारिस गरी प्रतिवेदन बुझाएको छ ।’  

गत वर्ष वैशाख पहिलो साता भएको परीक्षा पनिकाले उत्तरपुस्तिका नतिजा अगावै धुल्याइदिएपछि ती पीडित विद्यार्थीले ०८१ सालको चैत्र २१ गते पुनः परिक्षा दिनु परेको थियो ।  

एकातिर समितिले पर्याप्त आधारसहितको कारवाहीको प्रतिवेदन उपकुलपतिलाई बुझाए पनि दोषि ठहरिएकाहरुलाई त्रिविले अझै कारवाही गर्न सकेको छैन भने अर्को तिर मुख्य दोषी ठहरिएका परीक्षा नियन्त्रक पुष्पराज जोशी काग्रेस सभापति शेरबहादुर देउवा निकट भएकोले उनलाई जोगाउन त्रिविमा चलखेल समेत सुरु भएको स्रोतको दाबी छ ।

प्रतिवेदन बुझाएको तीन सातापछि आइतबार राजिष्ट्रार कार्यालयमा परीक्षा नियन्त्रकसहित दोषी ठहर भएका सातै जनालाई बोलाएर स्पष्टीकरण सोधिएको शिक्षाध्यक्ष प्राडा खड्ग केशीले बताए । छलफलमा उपकुलपति प्राडा केशरजंग बराल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालको उपस्थितीमा साढे दुइ घन्टा छलफल भएको थियो ।

‘नतिजा अगावै उत्तरपुस्तिका धुल्याउनु गैर कानूनी काम पनिकाबाट भएको देखियो,’ शिक्षाध्यक्ष प्राडा केसीले नागरिकसँग भने, ‘समितिले कारावहीका लागि सिफारिस गरिएका व्यक्तिहरुलाई पदबाट हटाउन त्रिविले पहिले सूचना नबाहिरीयोस् भन्नलाई पनिकामा कर्मचारीको नयाँ सेट तयारी गर्नमा जुटेको छ । पुर्व तयारी सकिए लगत्तै समितिले सिफारिस गरे अनुसारको कारवाही गर्न कानूनी छलफल सुरु हुन्छ,’ उनले थपे, ‘त्यसपछि कार्यकारी परिषदको बैठकले कारावही गर्ने निर्णय गरी पदबाट हटाउने कारावही हुन्छ ।’
अर्को समाचार
त्रिविमा सङ्घीयताअनुरूप पुनःसंरचनाको गृहकार्य सुरु
२७ वैशाख २०८१
•
१ मिनेट पाठ
त्रिविमा सङ्घीयताअनुरूप पुनःसंरचनाको गृहकार्य सुरु
त्रिभुवन विश्वविद्यालयलाई सङ्घीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ। विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा.डा. केशरजङ्ग बरालको सोचपत्रबमोजिम पुनःसंरचनाको गृहकार्य थालिएको हो।




विश्वविद्यालयले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई थप जिम्मेवार बनाई परीक्षा प्रणालीमा विकेन्द्रीकरणको प्रक्रियालाई अझ सरलीकरण गर्ने निर्र्णय गरिसकेको छ।

त्रिविका रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले विश्वविद्यालयलाई प्रतिस्पर्धी, स्तरीय र विश्वकै महत्वपूर्ण शैक्षिक गन्तव्यको रुपमा विकसित गर्न तत्काल विश्वविद्यालयले भोगिरहेका शैक्षिक, प्रशासनिक, आर्थिक एवं व्यवस्थापकीय समस्याको दिगो र भरपर्दाे समाधानका लागि पहल थालिएको बताए।

विश्वविद्यालयको दृष्टिकोण २०३० र उपकुलपतिज्यूको सोचपत्रबीच तादात्म्य कायम गरी विश्वविद्यालयमा नीतिगत एकरुपता सुनिश्चित गर्न त्रिवि सेवा अयोगका पूर्वअध्यक्ष प्रा.डा. लालुप्रसाद पौडेलको संयोजकत्वमा सुझाव समिति पनि गठन गरिएको उनले जानकारी दिए।

विश्वविद्यालयको उपकुलपतिमा गत फागुन १० मा प्रा.डा. बराल र चैत ३० गते शिक्षाध्यक्षमा प्रा.डा. खड्ग केसी र रजिष्ट्रारमा डा. रिजाल नियुक्त भएका हुन्। रासस
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस