त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न दरखास्त आव्हान गरेको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको हो।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिको अन्त्य गर्दै मेरिटका आधारमा उपकुलपति छनौट गर्ने घोषणा गरेका थिए। त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री दाहालको घोषणा कार्यान्वयन गर्दै सिफारिस समितिले योग्यता र अनुभवका आधारमा विश्वभरी रहेका नेपाली नागरिकबाट उपकुलपति चयन गर्ने प्रक्रिया आरम्भ गरेको हो।
आज प्रकाशित सूचना अनुसार, त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यता भई विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको हुनुपर्ने उल्लेख गरेको छ।
यसैगरी आवेदकहरुले विश्वविद्यालय सुधारका लागि सोचपत्र तथा चार वर्षे व्यवसायिक कार्ययोजना समेत प्रस्तुत गर्नुपर्ने छ।
प्रधानमन्त्री दाहालले शैक्षिक गुणस्तर सुधारका लागि वार्षिक क्यालेण्डरलाई कडाइका साथ लागू गर्नुपर्ने तथा विश्वविद्यालयको प्राज्ञिक वातावरण निर्माण गर्न सबै विश्वविद्यालयलाई तत्काल कार्ययोजना पेश गर्न समेत निर्देशन दिइसकेका छन्।
मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोटका लागि आह्वान गरिएको आवेदन प्रक्रिया स्थगन गरिएको छ। उपकुलपतिका लागि प्रतिस्पर्धा गर्न अनुसन्धानतर्फ कम्तीमा ३५ नम्बर ल्याउनैपर्ने व्यवस्थासहितको कार्यविधि बनाइएको छ। आकांक्षी प्राध्यापकहरूलाई अनुसन्धानतर्फ ३५ नम्बर ल्याउन गाह्रो भएपछि उपकुलपति तथा छनोट समितिले दरखास्त आह्वान प्रक्रिया स्थगन गरेको हो।
समितिले दुवै विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोटका लागि दरखास्त मागेको थियो। तर अनुसन्धानतर्फ ३५ नम्बर ल्याउनुपर्ने कार्यविधिको व्यवस्थाले प्राध्यापकहरूलाई समस्या परेपछि समितिले आइतबार दरखास्त आह्वान प्रक्रिया स्थगन गरेको संयोजक प्राध्यापक देवराज अधिकारीले बताए।
मध्यपश्चिमाञ्चल विश्व विद्यालयका उपकुलपति नन्दबहादुर सिंहको चार वर्षे कार्यअवधि फागुन १८ र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक अम्मरराज जोशीको चारवर्षे कार्यअवधि चैत १० गते सकिँदैछ।
दुवै विश्वविद्यायलको उपकुलपति छनोट तथा सिफारिस गर्न सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष प्राध्यापक अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।
समितिमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेशचन्द्र पौडेल र शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी सदस्य छन्। समितिले कार्यविधि बनाएर माघ २६ गतेदेखि दरखास्त आह्वान गरेको हो।
संयोजक अधिकारीका अनुसार उपकुलपति हुन अनुसन्धानतर्फ ३५ अंक ल्याउनुपर्ने व्यवस्था कार्यविधिमा राखिएको छ। योबाहेक अन्य मापदण्ड पनि तोकिएको छ। उनले भने, ‘अहिले दुवै विश्वविद्यालयको उपकुलपतिका लागि ९-९ उम्मेदवारको आवेदन परेको छ। धेरैले अनुसन्धानको मापदण्ड पूरा गर्न सकेका छैनन्। हाम्रा प्राध्यापकहरूलाई अनुसन्धानतर्फ ३५ नम्बर ल्याउनै गाह्रो पो भयो। यसकारण हाललाई उपकुलपतिका लागि आवेदन माग प्रक्रिया स्थगन गरिएको छ।’
अब कार्यविधि केही खुकुलो बनाएर अघि बढ्ने तयारी भइरहेको उनले बताए।
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...