महानगरको सहकार्यमा ६४ करोडको छात्रवृत्ति
११ असोज २०८०
•
४ मिनेट पाठ
महानगरको सहकार्यमा ६४ करोडको छात्रवृत्ति
चालु शैक्षिक सत्रदेखि काठमाडौं महानगरपालिकाको सहकार्यमा कक्षा ११ र १२ मा छात्रवृत्ति वितरण कार्यको सुरुवात भएपछि यस वर्षदेखि निजी विद्यालयले दिने छात्रवृत्तिको मनपरी हटेको छ। लक्षित वर्गका विद्यार्थीले ६४ करोडको छात्रवृत्ति पाएका छन्।




छात्रवृत्तिको परीक्षा सञ्चालन, नतिजा प्रकाशनदेखि अध्ययनका लागि कलेज छनोट गरी विद्यालयलाई छात्रवृत्तिको लागि सिफारिससम्मको काम महानगरले गरेपछि निजी विद्यालयले दिने छात्रवृत्ति पारदर्शी बनेको हो। विगतदेखि नै एसइई परीक्षालगत्तै ११ मा निजी विद्यालयले अनिवार्य उपलब्ध गराउनुपर्ने १० प्रतिशत गरिब, विपन्न तथा जेहेनदार लक्षित छात्रवृत्तिमा मनपरी हुने गरेको थियो।

नजिकका नातेदार, वडाध्यक्ष, शिक्षा कार्यालय तथा अन्य निकायका हाकिमहरूको भनसुनकै आधारमा छात्रवृत्तिको दुरूपयोग भइरहेको गुनासो आएपछि यसपटक महानगरले छात्रवृत्तिको व्यवस्थापन आफैं गरेको शिक्षा विभागका विद्यालय व्यस्थापन शाखा प्रमुख इन्द्रप्रसाद दहालले बताए। उनका अनुसार महानगरपालिकाले चार हजार विद्यार्थीका लागि एक अर्ब २० करोड बराबरको छात्रवृत्ति कोटाको अनुमान गरेको थियो। तर, कोटाअनुसार विद्यार्थी भर्ना नहुँदा आधा रकम खेर गएको छ।  

काठमाडौं महानगरपालिकामा कक्षा १२ सञ्चालन हुने एक सय ८४ विद्यालय छन्। त्यसमा ४० हजार विद्यार्थी अध्ययनरत छन्। ‘महानगरले १० प्रतिशत छात्रवृतिको हिसाबले चार हजार कोटा निर्धारण गरेको थियो,’ प्रमुख दाहालले भने, ‘तीमध्ये हालसम्म दुई हजार एक सय ३९ विद्यार्थीले विद्यालयमा पूर्ण छात्रवृत्तिका लागि भर्ना भएको तथ्यााक प्राप्त भएको छ। यस आधारमा करिब ६४ करोडको छात्रवृत्तिबाट विद्यार्थीले लाभ लिएका छन्।

तर महानगरले सिफारिस गरेको पूर्ण छात्रवृत्तिका लागि सिफारिस गरेका विद्यार्थी तीन हजार ११ थिए। आठ सय ७२ भर्ना भएनन्।’ उनका अनुसार कम्तीमा यस वर्ष महानगरको सक्रियतामा ७७ जिल्लाका विद्यार्थीले छात्रवृत्तिबाट लाभ लिएका छन्। ‘पहिले शिक्षा कार्यालयका हकिमको भनसुन, नेताको भनसुन र चिनजानकै आधारम छात्रवृत्ति दिने गलत प्रवृति यसपटक अन्त्य भयो,’ दाहालले भने, ‘पूर्ण छात्रवृत्तिमा भर्ना गरेका विद्यार्थीले भर्ना शुल्क, मासिक शुल्क, प्रयोगशाला शुल्क, पुस्तकालय शुल्कलगायत अधिकांश शुल्क तिर्नु पर्दैन।’ उनले विद्यार्थीले कम्तीमा तीन लाखसम्मको छात्रवृत्ति पाउने बताए।

ग्यालेक्सी पब्लिक स्कुलकी संस्थापक एवं एन–प्याब्सनकी पूर्वअध्यक्ष गीता राणाका अनुसार महानगरले छात्रवृत्ति व्यवस्थापन गर्दा निजी विद्यालयले कानुनी प्रक्रिया अनुसार पारदर्शी रूपमा छात्रवृत्ति दिन बाध्य बने। यसले एउटा सही विधि, प्रक्रिया र पद्धति बसालेको छ। ‘निजी विद्यालयले पहिले पनि छात्रवृत्ति दिन्थे तर कसले पायो त्यसको कुनै रेकर्ड हुने थिएन,’ राणाले भनिन्, ‘अब वास्तविक जेहेनदार र विपन्न वर्गका विद्यार्थीले छात्रवृत्ति पाउने भए। मेरो स्कुलमा सातजना सिफारिस भएर आएका छन्।’

विज्ञानमा आकर्षण बढी  

प्रमुख दहालले भर्ना भएको तथ्यांकमध्ये विज्ञान समूहमा विद्यार्थी धेरै भर्ना भएको बताए। विज्ञानतर्फ एक हजार चार सय सात कोटामा पूरै विद्यार्थी भर्ना भएको तथ्यांक छ भने व्यवस्थापनमा दुई हजार दुई सय कोटामध्ये ६ सय ७९ मात्र विद्यार्थी भर्ना भएका छन्। अन्य विषयमा ५३ विद्यार्थी भर्ना भएका छन्। ‘विज्ञान पढेपछि मेडिकल र इन्जिनियरिङमा समेत छात्रवृत्ति कोटामा भर्ना हुने अवसर बढी भएको र महँगो विषय भएकाले विज्ञानतर्फका सबै छात्रवृत्ति कोटा भरिए,’ उनले भने, ‘तर व्यवस्थापन, शिक्षा, कानुन र मानविकीलगायतका समूहमा विद्यार्थीको रुची देखिएन।’

५० प्रतिशतले छात्रवृत्ति लिएनन्  

शिक्षा विभागका प्रमुख सीतारम कोइरालाका अनुसार विद्यार्थीले आफ्नो रुचिको स्कुल नपाउँदा पाएको छात्रवृत्ति छाडेका छन्। कागजात अपलोड गर्न नजानेका, कलेज म्याचिङ गर्न प्राथमिकता छनोट गर्न नजानेका, अनलाइनसँग अभ्यत नभएका तथा वेबसाइट खोल्न नजानेका कारण विद्यार्थीको छात्रवृत्ति खेर जाने अवस्था आएको उनको भनाइ छ। साउन २० गते सञ्चालन गरिएको परीक्षामा कुल सिट संख्या चार हजार तीन सय ४५ सिट कायम गरेको थियो। परीक्षामा कुल ६ हजार १७ परीक्षार्थी सहभागी थिए। तीमध्ये तीन हजार ११ पूर्ण छात्रवृत्तिका लािग सिफारिस भएका छन्।

‘एकातिर महानगरले निजी विद्यालयले उपलब्ध गराउँदै आएको छात्रवृत्ति पारदर्शी र व्यवस्थ्ग्ति बनाउन आफैंले परीक्षा सञ्चलान, नतिजा प्रकाशन र कलेज म्याचिङ गरी अध्ययनका लागि सिफारिसम्मको काम गर्‍यो,’ विभाग प्रमुख कोइरालाले भने, ‘तर लक्षित वर्गसम्म अझै पनि छात्रवृत्ति पुग्न सकेन। यस वर्ष सामुदायिक विद्यालयका विद्यार्थीले बढी अवसर पाए। साथै निजी विद्यालय नियमअनुसार चल्नुपर्छ भन्ने पनि भयो।’
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
११ मंसिर २०८३
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस