अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्ने नेपाली विद्यार्थीको लागि राम्रो अवसर रहेको छ। अष्ट्रेलियामा पढाइकाे साथै कमाईको पनि राम्रो अवसर भएकोले नेपाली विद्यार्थीको पहिलो रोजाइ अष्ट्रेलिया बन्दै गएको छ।
विगत एक वर्षभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट एनओसी लिनेको सङ्ख्या सबै भन्दा बढी पनि अष्ट्रेलियाकै लागि रहेको तथ्याङ्कले देखाएको छ।
०७९/०८० आर्थिक वर्षभित्र एनओसी लिनेको कुल सङ्ख्या एक लाख २२ हजार ५ सय १४ रहेकोमा अष्ट्रेलियकोलागि ३३ हजार ९ सय ९१ रहेको मन्त्रालयको तथ्याङ्क छ।
मंगलबार अष्ट्रेलियन शिक्षा सम्बन्धी शैक्षिक परामर्श उपलब्ध गराउने शैक्षिक परामर्श दातृ निकायहरूको साझा संस्था एसोसिएसन अफ अष्ट्रेलियन एजुकेसन रिपरजेन्टेटिभ्स इन नेपाल (एरी नेपाल) को ५ औं साधारण सभा र सम्मेलनमा अष्ट्रेलियन शिक्षा सरोकारवालाहरुले अष्ट्रेलियामा वास्तविक अध्ययन गर्न जान चाहने विद्यार्थीको लागि उत्तम गन्तव्य रहेको बताएका छन्।
कार्यक्रममा एरी नेपालका अध्यक्ष महेश बाबु तिमल्सिनाले एरी नेपालको गतिविधि र उपलब्धिबारे बताउँदै विश्वस्तरीय अष्ट्रेलियाली शैक्षिक प्रणाली र यसले विद्यार्थीको जीवनस्तरमा ल्याएको परिवर्तन बारे चर्चा गरेका थिए। उनले सन् २०२२ मा नेपालबाट अष्ट्रेलियाको लागि एनओसी लिने विद्यार्थीको सङ्ख्या ६४ हजार ७ सय ४३ रहेको भए पनि सोही समयमा भिसा प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या २१ हजार ८ सय ४४ मात्र रहेको तथ्याङ्क प्रस्तुत गरेका थिए।
‘नेपाली विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने पहिलो गन्तव्य अष्ट्रेलिया बनेको भए पनि भिसा प्राप्त गर्ने दर भने कम छ ,’ अध्यक्ष तिमल्सिनाले भने ‘गत वर्षकै तथ्याङ्कले पनि ४२ हजार ८ सय ९९ को फरक देखाउँछ। एउटै विद्यार्थीले दुई तिन विषयको लागि एनओसी लिने भएकोले पनि एनोसीको सङ्ख्या वृद्धि भएको देखिन्छ।’ उनले थपे ‘तर वास्तविकता फरक छ।
विद्यार्थीको कागजात सही छ भने बल्ल भिसा लाग्ने हो। पढ्न जाने विद्यार्थीको लागि अष्ट्रेलिया उत्तम गन्तव्य बन्नुको मुख्य कारण पढाइको साथै अवसर हो।’
उनले अष्ट्रेलियामा विशेष गरी आइटी, व्यवस्थापन, नर्सिङ, होटेल व्यवस्थापन, कम्प्युटर विज्ञान लगायतका प्राज्ञिक र प्राविधिक कोर्षहरुमा विद्यार्थीले शिक्षा हासिल गर्न जाने गरेको र यी विषयमा आ आफ्नो व्यक्तित्व बनाउने गरेको समेत जनाए।
कार्यक्रममा अष्ट्रेलियामा उच्च शिक्षा हासिल गरी नेपाल फर्केर आ आफ्नो क्षेत्रमा अब्बल मानिएकाहरुसँग प्यानल छलफल गरिएको थियो। प्यानल छलफलका सहजकर्ता एरी नेपालका संस्थापक अध्यक्ष द्धिराज शर्माले गरेका थिए।
अष्ट्रेलियाली शैक्षिक प्रणाली, यसको नेपाली अर्थतन्त्रमा पारेको सकारात्मक प्रभाव र नेपाली विद्यार्थीहरुका लागि प्यानल डिस्कसन समेतको आयोजना गरिएको थियो।
प्यानलिस्ट नेपाल रिपब्लिक मिडियाकी सिइओ सम्बृद्धि ज्ञवालीले अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीको लागि मार्गनिर्देशन र अष्ट्रेलियाली शिक्षामा नेपालको अर्थतन्त्रमा पारेको गहिरो प्रभावबारे प्रकाश पारेकि थिइन्। उनले अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्ने नेपाली विद्यार्थीको लागि चुनौती र अवसर दुवै रहेको स्पष्ट पारिन्।
नेपाल रिपब्लिक मिडियाकी सिइओ सम्बृद्धि ज्ञवाली।‘म आफै पनि अष्ट्रेलियामा अध्ययन गरेकी हुनाले मलाई अवसर र चुनौतीबारे राम्ररी थाहा छ,’ सिइओ ज्ञवालीले आफ्नो अनुभव सुनाइन् ‘नेपालीहरु बिदेसिनुको मुख्य कारण गुणस्तरीय शिक्षा र गुणस्तरीय जीवनयापनको खोजीको लागि हो। अष्ट्रेलिया बहुभाषिक र बहु संस्कृति विशेषता भएको देश हो। गुणस्तरीय जीवनयापनको कला सिकाउने देश पनि अष्ट्रेलिया हो।’ उनले थपिन् ‘नयाँ विद्यार्थीको लागि नयाँ ठाउँ र नयाँ वातावरण चुनौती हो भने सफ्ट स्किलको अवसरले उसलाई आफ्नो अस्तित्व बनाउन सिकाउने अवसर हो।’
प्यानाल डिस्कसनमा अन्य प्यानलिस्टहरु पंचकन्या समूहका कार्यकारी निर्देशक उज्ज्वल श्रेष्ठ, आनाका अध्यक्ष र नबिल बैंकका निर्देशक अनन्त पौडयाल र गेट कलेजका संस्थापक खेम लकाई लगायतले आ– आफ्नो धारणा राख्दै अष्ट्रेलियन शिक्षाको अवसर र चुनौतीबारे विद्यार्थीलाई मार्ग निर्देशन गरेका थिए। छलफलमा अष्ट्रेलियाली शिक्षाले नेपाली अर्थतन्त्रमा पारेको प्रभावबारे गहन छलफल गरिएको थियो।
कार्यक्रममा जुम मार्फत जोडिँदै एरी इन्डियाका अध्यक्ष निशि बोर्राले ५ औं वार्षिक साधारण सभा र सम्मेलनको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए। अष्ट्रेलियन हाइ कमिसन न्यु दिल्लीका मिनिस्टर काउन्सलर म्याथउ जोनस्टनले शैक्षिक उन्नति र द्विपक्षीय सम्बन्धका बारेमा प्रकाश पार्दै एरी नेपालको ५ औं वार्षिक साधारण सभाकाे सफलताको शुभकामना सन्देश दिएका थिए।
कार्यक्रमकी प्रमुख अतिथि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले नेपाल र अष्ट्रेलियाबीचको सुमधुर सम्बन्ध र अष्ट्रेलियन एजुकेसनको नेपाल र नेपालीलाई पारेको सकारात्मक प्रभावको बारेमा बताइन ।
उनले कार्यक्रमकाे सफलताको लागि शुभकामना दिएकी थिइन्। कार्यक्रममा उपस्थित अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो। नयाँ सदस्यलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रममा अनिल केशरी शाहले विश्वव्यापी शिक्षा र यसले विद्यार्थीको व्यक्तित्व विकासमा पार्ने सकारात्मक परिवर्तनबारे प्रकाश पारेका थिए। एरी नेपालका उपाध्यक्ष बुद्धिसागर अर्यालले एरी नेपाल सधैं अष्ट्रेलियमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको हकहितमा काम गर्ने बताए।
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।
सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।
गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।
सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।
सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।
‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’
पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।
यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।
गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।
यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।
त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए।
सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’
सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।
अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।
सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।
त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।
यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।
कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...