इन्जिनियरिङका विभिन्न विधामा अध्ययन गरी उत्तीर्ण भएका विद्यार्थीमा आफूले अध्ययन गरेको पाठ्यक्रम र विषयवस्तुबारे आधारभूत ज्ञान कमी भएको तथ्य उजागर भएको छ। नेपाल इन्जिनियरिङ परिषद्ले असार ६, ७ र ८ मा सञ्चालन गरेको लाइसेन्स परीक्षामा ६६ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन्। परिषद्का रजिस्ट्रार शिवमंगल गिरीका अनुसार अनुत्तीर्ण हुने अधिकांश विद्यार्थीमा आफूले अध्ययन गरी पास भएको विधाको आधारभूत ज्ञान कमी देखिएको छ।
परीक्षामा कुल २ हजार ३ सय ७४ विद्यार्थीले परीक्षा दिएकामा ९ विद्यार्थीको परीक्षा विथहेल्डमा भएको र कुल २ हजार ३ सय ६५ विद्यार्थी लाइसेन्स परीक्षामा सहभागिता जनाएका थिए। सय पूर्णांकको परीक्षामा सबै वस्तुगत प्रश्नावली सोधिएका थिए, जसमध्ये ८ सय १ विद्यार्थी मात्र परीक्षा पास गर्न सफल भए। अर्थात् ३३.८७ विद्यार्थी मात्र पास भए भने ६६.१३ प्रतिशत विद्यार्थी परीक्षामा अनुत्तीर्ण भएको रजिस्ट्रार गिरी बताउँछन्। उनका अनुसार इन्जिनियरिङ अध्ययन गरी पास भएका विद्यार्थीले आफूले अध्ययन गरेको विषयमा विज्ञका रूपमा काम गर्नका लागि अनुमति लिन लाइसेन्स लिनुपर्ने सरकारले व्यवस्था गरेको हो, तर परीक्षामा धेरै विद्यार्थीलाई आफूले अध्ययन गरेको विषयवस्तुबारे जानकारी नभएको पाइएको उनले जनाए।
परीक्षामा सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक एन्ड कम्युनिकेसन, इलेक्ट्रोनिक एन्ड इलेक्ट्रिकल, इन्फर्मेसन टेक्नोलोजी, मेकानिकल, आर्टिटेक्चर, बायोमेडिकल, जियोमेट्रिकलगायत कुल २३ विधामा विद्यार्थीले आफूले काम गर्न सक्ने भनी लाइसेन्स लिन परीक्षा दिएको रजिस्ट्रार गिरीले बताए।
सिभिल राज्यको भौतिक पूर्वाधार निर्माणसँग सम्बन्धित छ। मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्छ। यसकारण पनि दक्ष र योग्य इन्जिनियरका लागि पनि परिषद्ले लाइसेन्स परीक्षा सञ्चालन गरेको हो।’ परिषद्ले उपलब्ध गराएको तथ्यांकअनुसार कुल विद्यार्थीमध्ये त्रिभुवन विश्वविद्यालयका ४१ प्रतिशत र काठमाडौं विश्वविद्यालयका ६७ प्रतिशत विद्यार्थी पास भएका छन् भने विदेशी विश्वविद्यालयका १० प्रतिशत मात्र पास छन्।
‘कुल परीक्षार्थीमध्ये ४ सय ४ विदेशी थिए। ४१ मात्रा काम गर्ने लाइसेन्स परीक्षा पास हुन सके अर्थात् १० प्रतिशत मात्र पास भएका छन्’,उनले औंल्याए, ‘यसले अब परिषद्ले पनि आफ्नो परीक्षा र प्रश्नपत्र तथा पाठ्यक्रम सुधार गर्न विश्वविद्यालय तथा कलेजसँग समन्वय गरी परीक्षा प्रणालीमा पनि परिमार्जन गरिनुपर्ने देखियो।’उनले थपे, ‘अर्कातर्फ कलेज र विश्वविद्यालयहरूले समेत आफ्नो पठनपाठन र शिक्षण सिकाइ पद्धतिमा परिमार्जन तथा सुधार गर्न आवश्यक देखिएको छ।’ यति मात्र होइन अब विद्यार्थीले इन्जिनियरिङ पास हुनका लािग मात्र होइन कि काम गर्न सक्षम र योग्य जनशक्ति हुने गरी अध्ययन गर्नुपर्ने नतिजाले औंल्याएको छ।
‘परीक्षार्थीको नतिजा विश्लेषण गर्दा विद्यार्थीले परीक्षा पास हुने उद्देश्यले मात्र तह पूरा गरेको देखिन्छ’,उनले सुनाए, ‘तर लाइसेन्स लिनु भनेको त उसले कति व्यावहारिक ज्ञान हासिल गरेको छ। आफूले अध्ययन गरेको विषयमा काम गर्न सक्ने क्षमताको परीक्षण न हो। तर काम गर्ने सबालमा विद्यार्थीमा व्यावहारिक ज्ञानको कमी देखियो’, उनले सुझाए, ‘इन्जिनियरिङ सीपमूलक व्यावहारिक सिकाइसँग जोडिएकाले अब कलेज तथा विश्वविद्यालयहरूले सिकाइतर्फ ध्यान दिनुपर्छ।’ यसअघि लिइएको परीक्षामा ७२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका थिए।

कलेज र विश्वविद्यालयहरूले समेत आफ्नो पठनपाठन र शिक्षण सिकाइ पद्धतिमा परिमार्जन तथा सुधार गर्न आवश्यक देखिएको छ। यति मात्र होइन अब विद्यार्थीले इन्जिनियरिङ पास हुनका लािग मात्र होइन कि काम गर्न सक्षम र योग्य जनशक्ति हुने गरी अध्ययन गर्नुपर्ने नतिजाले औंल्याएको छ।‘इन्जिनियरिङ विषय भौतिक पूर्वाधार निर्माण, सूचना प्रविधि, विद्युतीय उपकरण निर्माणलगायत महत्वपूर्ण निर्माण कार्य तथा मानव जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयवस्तुसँग जोडिएका विषय हुन्’,रजिस्ट्रार गिरीले नागरिकसँग भने, ‘प्रकाशित नतिजाले हामी सबैलाई चकित पारेको छ। सिभिल र कम्प्युटर इन्जिनियरिङका ७५ प्रतिशत र अन्य विषयका २५ प्रतिशत विद्यार्थीले सहभागिता जनाएका थिए। सिभिल विषयमा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन्।’ उनले थपे, ‘नतिजा हेर्दा विद्यार्थीले आफूले अध्ययन गरेको विषयवस्तु र पाठ्यक्रमबारे आधारभूत जानकारीसमेत नभएको देखियो।