व्यावसायिक कुखुरापालनबाट मनग्य आम्दानी
१३ कार्तिक २०७९
•
२ मिनेट पाठ
व्यावसायिक कुखुरापालनबाट मनग्य आम्दानी
झापाको मेचीनगर–८ स्थित गिरीगाउँका युवा व्यवसायी ईश्वर गिरीले छ वर्षदेखि व्यावसायिक कुखुरापालन गर्दै आएका छन्। उनले यसबाटै राम्रो कमाइसमेत गरेका छन्। द पूर्वाञ्चल पोल्ट्री फार्म प्रालि दर्ता गरेर १० कठ्ठा जग्गामा व्यावसायिकरूपमा गरेको लेयर्स जातको कुखुरापालनबाट वार्षिकरूपमा ४० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको गिरीले बताए।




एक करोड रुपैयाँ लगानीमा फार्म सञ्चालन गरेका उनले अहिले लेयर्स जातका छ हजार पाँच सय कुखुरा पालेका छन्। लेयर्स जातका कुखुराले एक ‘लट’मा पाच वर्षसम्म अण्डा दिने गरेको तर १५ महिना जतिचाहिँ राम्रो अण्डा दिने बताए।  

‘स्वदेशमै बसेर केही आयआर्जन गर्ने सोचमा भएकाले सुरुमा ऋण लिएर कुखुरा फार्मका लागि जग्गा जोडेको थिएँ, अहिले यही पेसाबाट बैंकको ऋणसमेत तिर्न सफल भएँ’, व्यवसायी गिरीले सुनाए। बिबीएस पास गरेका उनले युरोपका क्यानाडा, जर्मन, पोर्चुगललगायत विभिन्न देशमा रोजगारीको सिलसिलामा धेरै वर्ष बिताएका थिए। तर जहाँ बसे पनि नेपालमा बसेर व्यवसाय गरे जत्तिको सन्तुष्टि आफूलाई नमिलेको उनले बताए।

कृषिमा सम्भावना देखेर रहरले विदेसबाट आएर व्यावसायिकरूपमा कुखुरापालन गरेकामा यसबाट आफू खुसी भएको उनले सुनाए। फार्ममा दैनिक पाँच हजार अण्डा उत्पादन हुन्छ। अण्डा प्रतिगोटा ११ रुपैयाँ मा फार्ममै बिक्री हुन्छ भने पूर्वी नेपाललगायत विभिन्न स्थानमा थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको किसान गिरीले उल्लेख गरे।

लेयर्स जातको कुखुरा अण्डा र मासुका लागि उपयुक्त मानिन्छ। कुखुराको सुली ९मल०बाट समेत राम्रो आम्दानी हुने गरेको उनले बताए। प्रतिबोरा तीन सयमा फार्मबाट सुली बिक्री हुने गरेको गिरीले सुनाए। दुईवटा ठूला–ठूला कटेरोमा कुखुरा पालिएको छ।

कुखुरापालनसँगै उनले क्रसर व्यवसायमा समेत लगानी गरी अगाडि बढाएका छन्। ‘कृषिमा सम्भावना धेरै छ, जाँगर चलाउँदै तरिका पु¥याएर काम गर्दा नाफा हुन्छ, उनी भन्छन्। कुखुरालाई बेलाबखत लाग्ने रोगले भने सताउँछ, यसपालि पनि धेरै कुखुरा मरेको उनले बताए। त्यस्तै कहिलेकाहीँ बिचौलियाले गर्दा उचित मूल्य नपाउने गुनासो पनि उनले सुनाए।

‘हामीजस्ता युवालाई विदेश पलायन हुनबाट रोक्नका लागि उद्यमशील किसानलाई सरकारले आवश्यक सहयोग गरी स्वदेशमै आधुनिक खेती गर्न प्रेरित गर्न जरूरी छ’, उनले भने। 
अर्को समाचार
डाक्टरको सहयोगले कालापहाड जाने रोकिए
०१ माघ २०७७
•
६ मिनेट पाठ
डाक्टरको सहयोगले कालापहाड जाने रोकिए
आयआर्जनका लागि महिला समूहलाई लोकल कुखुराका चल्ला वितरण गर्दै डा. नवराज केसी ।
बराहताल गाउँपालिका–६ इखेनीका उपेन्द्र विकको परिवार वर्षमा दुई महिना मात्रै गाउँमा हुन्थ्यो । दशैं–तिहार र नयाँ वर्षको छेको पारेर गाउँ आउने उनको परिवार बाँकी समय लालाबालासहित कमाउन कालापहाड (भारत) हुन्थ्यो । गाउँमा आधारभूत विद्यालय भएपनि उपेन्द्रका ८ वर्षीय छोरा र १२ वर्षीया छोरीले स्कुलमा पाइला टेकेका थिएनन् ।  
उपेन्द्रको परिवारले अव गाउँ नछोड्ने निधो गरेको छ । छोराछोरीलाई स्कूल पठाउन थालेका छन् । विश्वभर फैलिएको कोरोनाका कारण गत जेठमा कालापहाडबाट फर्किएको उनको परिवार अहिले गाउँमै कुखुरापालन व्यवसाय गर्न थालेका छन् । कालापहाडमा एक्लै मजदूरी गरेर घरको चुल्हो बाल्न गाह्रो हन्थ्यो । त्यसैले यहाँका अधिकांस परिवारसहित कालापहाड जान्थे । ‘गाउँमा खरको छानोबाहेक केही छैन्, जमिन भएपनि सिंचाई सुविधा छैन्, खानेपानीका लागि घण्टौं समय खर्चिनुपर्छ,’ उपेन्द्रले भने, ‘यहाँको दुःखले परिवारसहित कालापहाड जान्थ्यौं ।’
२०६० सालमा तत्कालीन विद्रोही माओवादीले इखेनीको जंगल मासेर बस्ती बसायो । द्वन्द्वका क्रममा पीडित भएका र अति विपन्न परिवारहरुलाई छनोट गरेर यहाँ राख्यो । चुरेको फेद, भेरी नदी किनारमा सुन्दर इखेनी बस्ती बस्यो । तत्कालीन समयमा बसेका ५५ घरधूरीले परिवार संख्याको आधारमा दुईदेखि १२ कट्ठासम्म जमिन पाए । नदी छेउको बस्ती भएपनि यहाँ पिउनका लागिसमेत खानेपानी छैन् । जमिन छ, सिंचाई नहुँदा उब्जनी हुँदैन् । ५५ घरधूरीबाट अहिले इखेनी बस्ती विस्तार भएर एक सय ५ पुगेको छ ।  




२०६० सालमा तत्कालीन माओवादीले बसाएको इखेनी बस्ती ।
कोरोना कहरैबीच कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसी पटक–पटक पश्चिम सुर्खेतको इखेनी बस्ती पुगे । देश लकडाउनमा थियो । बजारदेखि धेरै टाढाको यो बस्तीका सबै नागरिकहरु कोरोना कहरका कारण भारतबाट आफ्नो झुपडीमा फर्किएका थिए । खानलाई घरमा अन्न थिएन् । जंगलका गिट्ठा र थाकलले भोक मेटाउनु पर्ने बाध्यता उनीहरुसँग थियो ।  
डा. केसीले यसैलाई अवसरका रुपमा लिए । तत्कालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाए । ‘मेरो उद्देश्य कोरोनाका कारण घर फर्किएका नागरिकहरु फेरि भारत फर्किन नपरोस् भन्ने थियो,’ डा. केसीले भने, ‘त्यसैले तत्कालका लागि खाद्यान्न सहयोग र दीर्घकालका लागि आयमूलक कामको सुरुवात गर्ने योजना बन्यो ।’
एक सय ५ घरधूरीका सबै महिलाहरु आवद्ध रहेको चार वटा समुह गठन गरिए । आयआर्जनका लागि महिलाहरुले कुखुरा पालन व्यवसाय रोजे । फ्रन्टलाइनमा खटिएवापत सरकारले दिने कोरोना भत्ताको रकममार्फत उनले घर–घरमा खोर निर्माण गरिदिए । दुई लटमा गरेर गाउँमा अहिले तीन हजार कुखुराका चल्ला पुगेका छन् । इखेनीलाई नमूना गाउँ बनाउने अभियानमा डा. केसी एक्लै छैनन् । स्थानीय पालिकासँगै लायन्स क्लव इन्टरनेशनल, एसओएस बालग्रामलगायतका सामाजिक संघ–संस्थाहरु पनि जोडिएका छन् । एक सय ५ वटै घरमा कुखुराका लागि खोर बनाइएका छन् । दुई चरणमा गरेर ५८ परिवारले निःशुल्क लोकल कुखुराका चल्ला पाएका छन् ।  
खोर, चारो र विक्रीको जिम्मा डा. केसीले लिएका छन् । ‘पहिलो पटक इखेनी पुग्दा त्यहाँका नागरिकको संघर्षपूर्ण जीवन देखेर गाउँनै जिम्मा लिएको हुँ,’ डा. केसीले भने, ‘मजदूरी गर्नकै लागि कालापहाड जानुपर्ने बाध्यताको अन्त्य गर्न र आफ्ना छोराछोरीलाई गाउँमै शिक्षा–दीक्षा दिउन् भन्ने उद्देश्य हो ।’  
चाँडपर्वबाहेक अरु बेला गाउँ शून्यप्रायः हुन्थ्यो । अहिले अरु बेला पनि गाउँमा चहल–पहल बढ्न थालेको छ । सहयोगीहातहरु इखेनी पुग्न थालेका छन् । मेल्भिन जोन्स सप्ताहको अवसर पारेर शनिबार लायन्स क्लव इन्टरनेशनलले गाउँमा १५ सय कुखुराका चल्ला वितरण ग¥यो । ‘विपन्न र दलित समुदायको बसोबास रहेको गाउँलाई साँच्चै सहयोगको आवश्यकता रहेछ,’ गाउँलेलाई कुखुराका चल्ला हस्तान्तरण गर्दै लायन्स लिडर टिकाराम चपाईले भने, ‘इखेनीलाई नमूना गाउँ बनाउने अभियानमा लायन्स क्लव पनि सँगसँगै रहन्छ ।’
डा. केसीकै पहलमा इखेनीका ७० प्रतिशत नागरिकहरु अहिले कालापहाड जानबाट रोकिएका छन् । एक वर्षभित्र यसलाई शतप्रतिशत पु¥याउने लक्ष्य उनको छ । इखेनीकी ज्ञानु वादीको परिवार दशैं–तिहार र नयाँ वर्षमा मात्रै घरमा हुन्थ्यो । श्रीमान, दुई छोरा–छोरीसहित उनीहरु कमाउनका लागि कालापहाड जान्थे । कोरोना संक्रमणसँगै घर फर्केको वादीको परिवार अहिले गाउँमै कुखुरापालन गरिरहेको छ । ‘डाक्टरले यहीँ मेहनत गर्नुपर्छ भन्नुभयो, खोर, चल्ला र दाना दिनुभयो,’ ज्ञानुले भनिन्, ‘बुढाबुढी (श्रीमान–श्रीमति) कुखुरा पाल्छौं, छोराछोरी स्कुल पठाउन थालेका छौं ।’
उनले आफुहरु जस्तै बस्तीका नागरिकहरुको दुःखका दिनहरु दूर हुन थालेको बताइन् । गाउँमै व्यवसाय गर्न थालेपछि कालापहाड जाँदा पाइने दुःख र साहुले गर्ने दुव्र्यवहारको अन्त्य भएको उनको भनाई छ । डा. केसीले दुई महिनाअघि दिएका कुखुराका चल्ला अहिले ठूला भएका छन् । लोकल कुखुरा किलोकै सात सयमा विक्री हुन्छ । अवको तीन महिनापछि एकै लटमा सबै कुखुरा विक्री हुनेछन् । त्यसवापत एउटा परिवारले कम्तिमा ५० हजारबढी नगदसँगै फेरि कुखुराका चल्ला पाउने छिन् । पहिलो आम्दानीबाट उनले घरको छानो फेर्ने सोच बनाएकी छन् ।  

बालबालिकाको स्वास्थ्य चेकजाँच गर्दै डा. केसी ।
इखेनीका प्रायः घरहरु खरले छाएका छन् । एउटा घरमा आगो लाग्यो भने पूरै गाउँ खरानी हुने अवस्था यहाँ छ । डा. केसीले पनि सुरुमा खरको छानो हटाएर टिनको छाना लगाइदिने योजना बनाएका थिए । ‘टिनको छाना लगाएपनि यहाँका नागरिकहरु हातमुख जोर्नका लागि कालापहाड जान नरोकिने अवस्था देखियो,’ उनले भने, ‘त्यसैले उहाँहरुलाई आफै आर्थिक रुपमा आत्मनिर्भर बनाएर खरको छाना हटाउन सक्षम बनाउने अभियानमा लागेका हौं ।’  
एसओएस बालग्राम सुर्खेतले विद्यालयको शैक्षिक सुधारको जिम्मा लिएको छ । । ‘विपन्न बालबालिकाहरुलाई शैक्षिक सामाग्री, विद्यालय पोशाक, छात्रवृत्तिसँगै शिक्षकहरुलाई तालिमको व्यवस्था हामीले गछौं,’ बालग्राम सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरीले भने, ‘पहिलो चरणमा विद्यार्थीहरुलाई विद्यालयमा नियमित गर्ने अभियानमा छौं ।’ नमूना गाउँ अभियान सुरु भएसँगै विद्यालयमा विद्यार्थीहरु नियमित हुन थालेका छन् । ‘अधिकांस बालबालिकाहरु आमा–बुवासँगै कालापहाड जान्थे, भर्ना भएका विद्यार्थीहरु पनि स्कुल आउँथेनन्,’ जनजागरण प्राविका शिक्षक रमेश राम्जालीले भने, ‘अहिले अधिकांस विद्यार्थीहरु स्कुल आउन थालेका छन् ।’
कुखुरापालन गरिरहेका प्रत्येक घरले विक्री गर्ने समयमा पाँच वटा कुखुरा समुहमा जम्मा गर्नुपर्ने नियम बनाइएको छ । त्यसवापत प्रत्येक तीन–तीन महिनामा ५० वटा चल्लाहरु उनीहरुले पाउनेछन् । ‘यसो भर्दा तीन–तीन महिनामा कुखुराहरु बजारमा पु¥याएर विक्री गर्न सकिन्छ,’ डा. केसीले भने, ‘एक वर्षमा एक घरले कम्तिमा दुई लाखबढी आम्दानी गर्न सक्ने बनाउँदैछौं ।’ समुहमा आवद्ध सबै महिलाको बैंक खाता खोलिएको छ । कुखुरा विक्रीबाट भएको आम्दानीको केही प्रतिशत रकम उनीहरुले बैंकमा जम्मा गर्नुपर्ने हुन्छ ।
डा. केसी हरेक शनिबार इखेनी पुग्छन् । स्वास्थ्य शिविर चलाउँछन् । बालबालिकाको शैक्षिक अवस्थाका बारेमा शिक्षक–विद्यार्थीहरुसँग छलफल गर्छन् । आर्थिक उपार्जन, शिक्षा र स्वास्थ्यसँगै अन्य सामाजिक विभेदका बारेमा छलफल गर्छन् । ‘इखेनीलाई नमूना गाउँ बनाउने अभियान अन्र्तगत आर्थिक, सामाजिक, सांस्कृतिक र अन्य सबै समस्याहरुको पहिचान र समाधानका उपायहरुको खोजी गरिरहेका छौं,’ डा. केसीले भने, ‘राज्यले इखेनीको नमुना कामको अरु ठाउँमा अनुसरण गरोस् भन्ने चाहना छ ।’
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस