पर्यटक आगमनः आठ महिनामा ३ लाख २६ हजार
१८ भदौ २०७९
•
३ मिनेट पाठ
पर्यटक आगमनः आठ महिनामा ३ लाख २६ हजार
अन्नपूर्ण आधारशिविरमा पुगेका पाहुना।
कोरोना भाइरस संक्रमणले सबैभन्दा बढी थलिएको क्षेत्र हो पर्यटन। कोरोनाका कारण करिब दुई वर्ष विदेशी पर्यटक आउनै सकेनन्। दुई वर्षे अवधिमा कुनै महिना त विदेशी पाहुनाको आगमन शुन्य नै रह्यो। तर, यो वर्ष (२०२२) लागेपछि भने विदेशीको आगमनमा सुधार देखिन थालेको थियो। यो वर्षको आठ महिना (जनवरी–अगष्ट) सम्मको अवधिमा नेपालमा ३ लाख २६ हजार ६६७ जना विदेशी पर्यटक भित्रिएका छन्।




नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार भित्रिएका सबै विदेशी पाहुना हवाई माध्यमबाट आएका हुन्। त्यसबाहेक स्थलमार्गबाट भित्रिएका विदेशीको खासै तथ्यांक कतै पाइँदैन। यो अवधिमा भारतीय पाहुनाको ठूलो हिस्सा स्थलमार्गबाट नेपाल भित्रिए पनि उनीहरुको तथ्यांक कतै रहँदैन। तर, शून्यमा झरेको पर्यटन बजारले आठ महिनाको अवधिमा निकै नै धेरै पाहुना पाएको छ।

यो आगमन अपेक्षा भन्दा पनि बढी रहेको व्यवसायीले बताएका छन्। बोर्डका अनुसार यो वर्षको सुरुवातदेखि नै पर्यटन आगमनमा सुधार हुन थालेको थियो। आठ महिना बितिसक्दा पनि त्यो सुधारले गति लिइरहेको लामिछानेले बताए।

‘पर्यटनमा सुधारका संकेत यो वर्षको सुरुदेखि नै देखिएको थियो। त्यो गति अझै पनि निरन्तर छ। कहिले काही आगमन अनुपात तलमाथि भइरहन्छ,’ लामिछानेले भने, ‘छोटो समयमा अपेक्षा गरेभन्दा बढी विदेशी पाहुना भित्रिएका छन्। अब पर्यटक भित्रिने सिजन सुरु भएकोले आगामी महिनाको आगमन संख्या अझै बढ्ने अपेक्षा छ।’
बोर्डको तथ्यांक अनुसार जनवरी महिनामा नेपालमा १६ हजार ९७५ जना विदेशी पाहुना भित्रिएका थिए। त्यो संख्या फेब्रुअरीमा १९ हजार ७६६ पुगेको थियो। मार्चमा ४२ हजार ६ जना पाहुना भित्रिएकोमा अप्रिलको आगमन संख्या ६१ हजार ५८९ थियो। मे महिनाको आगमन संख्या ५३ हजार ६०८ रहेकोमा जुनमा ४६ हजार ९५७ जना विदेशी नेपाल भित्रिएका थिए।

जुलाई महिनामा ४४ हजार ४६२ जना भित्रिएकोमा अगष्टमा ४१ हजार ३०४ जना विदेशी नेपाल भित्रिएका छन्। कोरोना संक्रमण सुरु हुनुअघि अगष्ट महिनाको नेपालमा विदेशी पाहुनाको आगमन संख्या ७३ हजार ८ सय १४ रहेको थियो। २०१९ को अगष्ट महिनाको तुलनामा यो अगष्टको आगमनमा ५६ प्रतिशत शुधार भएको लामिछानेले बताए।

यही महिनाको आगमन २०२० मा जम्मा २५६ रहेकोमा २०२१ मा ५ हजार ९१७ थियो। नेपाल आउने विदेशीलाई अन्तर्राष्ट्रिय रुपमा हुने घटनाक्रमले पनि प्रभावित पार्ने गरेको लामिछानेको भनाइ छ। कोरोना संक्रमण कम भएपछिको अवस्थामा अघिल्ला महिनासम्मको सुधारको वृद्धिदर ७० देखि ७५ प्रतिशत हाराहारीमा रहेकोमा अगष्ट महिनामा त्यो सुधारको दर केही खुम्चिएको उनले बताए।

 ‘जुन रुपमा पछिल्ला महिना सुधारको दर ७० प्रतिशत हाराहारीमा थियो। तर अगष्ट महिनामा भने त्यो खुम्चेर ५६ प्रतिशतमा झरेको छ। अन्तर्राष्ट्रिय रुपमा भएका केही घटनाक्रमले त्यसलाई प्रभावित पारेको हुन सक्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा भएका युद्धका घटनाक्रम पनि कारक हुन सक्छन्।’  
एकैखालको वृद्धिदरमा यो महिना केही कमजोर भएपनि अहिले नै हतासिनु नपर्ने उनले बताए। ‘आगामी सिजनको रेस्पोन्स राम्रो पाएका छौँ। सिजन पनि सुरु भएको छ। अबका महिना विदेशीको आगमनमा पक्कै सुधार हुनेछ,’ उनले भने। पर्यटन क्षेत्रमा सेप्टेम्बर–नोभेम्भर मुख्य सिजन मानिन्छ।  

पर्यटन व्यवसायी पर्यटक आगमन कोरोनापछि वृद्धि भएपनि पर्याप्त पूर्वाधारका कारण सबैखाले पर्यटन क्षेत्रले लाभ पाउन नसकेको बताउँछन्। ‘कोरोनापछिको रिकभर राम्रो हो। अहिलेसम्मको आगमनले पनि सकारात्मक संकेत देखाउको हो,’ पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष सुशीलराज पौडेलले भने, ‘पर्याप्त पूर्वाधार र पहुँचमा सहजता हुने हो भने पाहुना आउने छन्। अहिले पहुँचमा पोखरा पछाडि परेको छ।’

पहुँचमा समस्यामा हुँदा पोखराले साथ पाउन नसकेको उनले बताए। ‘पोखरा आफैंमा लोकप्रिय गन्तव्य भएका कारण मात्र पाहुना आएका हुन्। तर, अहिले धेरैजसो पूर्वाधार कमजोर बनेका छन्। नियमित गतिविधि केही छैनन्। पहुँच आफैमा कमजोर छ,’ उनले भने, ‘कोभिड पछिको रिकभरले राम्रो संकेत देखाएको छ। तर, आउजाउमै समस्या हुँदा पोखराले उत्तिसारो लाभ पाउन सकेको छैन। पर्यटकलाई घुमाउने पूर्वाधार अहिले छैनन्।’ नयाँ गतिविधि र गन्तव्य नहुने हो भने पोखरा आउने तयारी रहेका पर्यटक पनि अन्यत्र ‘डाइभर्ट’ हुन सक्ने उनले बताए।
अर्को समाचार
पर्यटक आगमन: ६ महिनामा ५ लाख ७७ हजार पर्यटक भित्रिए
२१ असार २०८२
•
४ मिनेट पाठ
पर्यटक आगमन: ६ महिनामा ५ लाख ७७ हजार पर्यटक भित्रिए
सन् २०२५ को पहिलो ६ महिनामा नेपालमा जम्मा ५ लाख ७७ हजार ६ सय ८९ जना विदेशी पर्यटक भित्रिए। पर्यटन बोर्डले सन् २०२५ मा नेपालमा सन् २०२४ मा भित्रिएका विदेशी पर्यटकको संख्यामा बढीमा १० प्रतिशत मात्र बढ्ने अपेक्षा गरेको छ। सन् २०२४ मा नेपालमा सबैगरि ११ लाख ४७ हजार ५ सय ४८ जना विदेशी पर्यटक भित्रिएका थिए।  




बोर्डको अपेक्षा अनुसार विदेशी पर्यटक भित्रिएमा सन् २०२४ को आगमन संख्यामा २०२५ मा १ लाख १४ हजार पर्यटक थपिनेछन्। तर, आधा समय बितिसक्दा पनि विदेशी पर्यटकको आगमनको आकार तुलनात्मक रुपमा वृद्धि हुन नसकेको बोर्डको भनाई छ। अन्तर्राष्ट्रिय प्रवद्र्धनमा कमी तथा नेपालसम्मको आउजाउमा समस्या, महंगो हवाई भाडा, विभिन्न मुलुकमा युद्ध हुँदा सन् २०२५ मा बोर्डले अनुमान गरेजस्तो आकारमा पर्यटक भित्रिन सहज नरहेको बोर्डका उच्च अधिकारी बताउँछन्।

बोर्डका पोखरास्थित प्रमुख मणिराज लामिछाने भन्छन, ‘सन् २०२५को आधा समय बितिसकेको छ। अघिल्लो वर्षको आकारमा पनि अझै सुधार हुन सकेको छैन। त्यसैले योवर्ष बोर्डले अपेक्षा गरे अनुसारको पाहुना आगमनमा आशंका गर्न सकिन्छ।’ सन् २०२४ को तुलनामा २०२५ मा समग्रमा विदेशी पर्यटकको आगमनमा १० प्रतिशत वृद्धि हुने अनुमान बोर्डको रहेपनि त्यो आकार भेट्न मुस्किल रहेको उनले बताए।  

लामिछानेका अनुसार नेपालमा सन् २०१९ मा सबैभन्दा बढी संख्यामा पाहुना आएका थिए। त्यो वर्ष सुरुको ६ महिनामा नेपालमा ५ लाख ७३ हजार ६ सय ५८ जना विदेशी पर्यटक भित्रिएका थिए। त्यसपछि कोरोना भाइरस संक्रमणले असर गर्दा पर्यटक आगमन खस्किदै गयो। कोरोना असर कम हुँदै जाँदा सन् २०२४ मा बल्ल नेपालमा पर्यटक आगमन बढी गति लिएको थियो। सन् २०२४ को सुरुको ६ महिनामा नेपालमा ५ लाख ८३ हजार ११ जना विदेशी पाहुना भित्रिएका थिए।  

‘सन् २०१९ को तुलनामा त यो ६ महिनामा केही आकारमा वृद्धि छ। तर, २०२४ को तुलनामा भने यो वर्षका सुरुवाती ६ महिनाको आगमनमा कमजोर देखिएको छ,’ उनले भने, ‘पर्यटक आगमनमा सुधार नै नभएको त भन्न मिल्दैन, कोरोना संक्रमणले खस्केको पर्यटनमा वृद्धि भएकै हो। तर, अपेक्षाकृत हुन सकेन भन्ने मात्र हो।’ 
कोरोनाले थलिएको पर्यटन बजारमा वर्षेनी ६ देखि ८ प्रतिशत वृद्धि हुने अनुमान अनुसार विश्वभर पर्यटक आगमनमा सुधार भएको उनले बताए। त्यही अपेक्षा अनुसार बोर्डले अघिल्लो वर्षको तुलनामा यो वर्ष १० प्रतिशत वृद्धि हुनसक्ने अनुमान गरेको उनको भनाई छ।

‘अहिले पनि नेपालसम्मको पर्यटनमा पहुँचमा समस्या छ। सोचेजस्तो आकारमा पाहुना आउन सहज पनि छैन,’ लामिछानेले भने, ‘हवाईभाडा महंगो भएकोले पाहुना आउन हच्केका छन।’ नेपालसम्मको हवाई भाडा महंगो परेका कारण नेपाल आउन चाहेका पर्यटक पनि अन्यत्र गएको उनले बताए। नेपालसम्मको गन्तव्य महंगो भएका कारण विदेशी पर्यटकहरु कम्बोडिया, भियतनाम, थाइल्याण्ड लगायतका गन्तव्यमा गएको पनि लामिछानेले बताए।  

सबैभन्दा बढी संख्यामा भारतीय पाहुना नेपाल भित्रिएपनि भारतीय पाहुनाको पछिल्लो समयको आगमन पनि सन्तोषजनक हुन नसकेको उनले बताए। ‘नेपालको राजमार्गबारे भारतीय पर्यटनमाझ नराम्रो सन्देश फैलिएको छ। बुटवल–नारायणगढ खण्डमा यात्रा असहज हुँदा भारतीय पर्यटक आगमनमा असर परेकोले पनि भारतीय पर्यटन प्रभावित छ,’ उनले भने, ‘भारतीय पर्यटनमा सुधार हुनासाथ नेपालको पर्यटनले बेलैमा सुधार ल्याउन सक्थ्यो। तर, आउजाउमा सकस हुँदा पाहुना आगमन नै प्रभावित भयो।’

पर्यटन व्यावसायी पनि पाहुना आगमनमा सोचेजस्तो सुधार नभएको बताउँछन। पोखराका अग्रज पर्यटन व्यावसायी गणेशबहादुर भट्टराई पर्यटन क्षेत्रले सोचेजस्तो फड्को मार्न नसकेको बताउँछन् । उनका अनुसार यो बेला पर्यटन क्षेत्र निकै नै सुस्त छ। ‘व्यावसायको आकारमा वृद्धि भएको छ। तर, त्यो अनुरुप पाहुना आउन सकेका छैनन। आन्तरिक र बाह्य सबैखाले पर्यटनमा चहलपहल ल्याउनका लागि सानोतिनो मेहनतले हुँदैछ,’ भट्टराईले भने, ‘पर्यटक आगमन नहुँदा व्यावसाय उकासिने अवस्था छैन।’

बोर्डको तथ्यांक अनुसार नेपालमा गत जनवरी महिनामा ७९ हजार ९ सय ९१ जना विदेशी पर्यटक भित्रिएका थिए। त्यो आगमन संख्या फेब्रुअरीमा ९६ हजार ८ सय ८० थियो। मार्चमा आगमन संख्या बढेर १ लाख २१ हजार ६ सय ८७ पुगेको थियो। अप्रिलमा भने १ लाख १६ हजार ४ सय ९० जना विदेशी पाहुना भित्रिएका थिए। मे महिनामा नेपालमा ८६ हजार २ सय १६ र जुन महिनामा ७६ हजार ४ सय २५ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए।  

जुन महिनामा सबैभन्दा बढी  

बोर्डका अनुसार जुन महिनामा अहिलेसम्मकै बढी संख्यामा पाहुना नेपाल भित्रिएका छन। यो जुन महिनामा नेपालमा हवाई माध्यमबाट ७६ हजार ४ सय २५ जना पाहुना नेपाल भित्रिए। त्यो आगमन सन् २०२४ को जुन महिनामा ७६ हजार ३ सय ३३ मात्र थियो। सन् २०२३ मा ७२ हजार २ सय ५० जना मात्र पाहुना नेपाल भित्रिएका थिए।

कोरोना संक्रमण अघि २०१९ को जुन महिनामा नेपालम ७४ हजार ८ सय ८३ जना मात्र पाहुना भित्रिएका थिए। जुन महिनामा सबैभन्दा बढी पाहुना ३२ हजार ६ सय ६२ जना भारतीय पाहुना नेपाल आएका छन। दोश्रो नम्बरमा रहेको अमेरिकी पाहुनाको संख्या ९ हजार ६ सय ९६ रहेको छ। तेश्रो नम्बरमा चिनियाँ पाहुनाको संख्या ६ हजार ७ सय ३६ रहेको छ।  
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस