पर्यटक आगमन: आठ महिनामा ७ लाख ३६ हजार पर्यटक भित्रिए
१६ भदौ २०८२
•
४ मिनेट पाठ
पर्यटक आगमन: आठ महिनामा ७ लाख ३६ हजार पर्यटक भित्रिए
अघिल्लो वर्ष भदौ पहिलो साता पोखराबाट काठमाडौंका लागि छुटेको भारतीय पर्यटक सवार बस तनहुँको ऐनापहरामा दुर्घटनामा पर्यो। ठुलो संख्यामा मानवीय क्षति भएको उक्त दुर्घटनापछि नेपाल घुम्न आउने भारतीय पर्यटकको आकारमा एकाएक गिरावट आयो। बस दुर्घटनाका कारण धेरै भारतीय पाहुनाले नेपालको यात्रा उत्ति नै बेला रद्द गरेका थिए।  




नेपालको पर्यटन बजारका लागि भारत मुख्य श्रोत हो। तर, बस दुर्घटनापछि ओरालो लागेको भारतीय पाहुनाको आगमनमा लामो समयपछि बल्ल सुधार देखिएको तथ्यांकले देखाएको छ। अघिल्लो वर्षको जुलाई पछि ओरालो लागेको भारतीय पाहुनाको आगमन बल्ल यो अगष्टमा आएर केही सुधार भएको पर्यटन बोर्डले बताएको छ।  

बोर्डका पोखरास्थित निर्देशक मणिराज लामिछानेका अनुसार सन् २०२५ को अगष्टमा यो वर्षकै बढी संख्यामा भारतीय पाहुना नेपाल भित्रिएका छन। अगष्ट महिनामा हवाई माध्यमबाट नेपाल भित्रिएका ८८ हजार ६ सय ८० जना विदेशी पाहुनामध्ये ३५ हजार ५ सय ५ जना भारतीय छन। अगष्ट महिनामा नेपाल भित्रिएका विदेशी पर्यटकमध्ये ४० प्रतिशत हिस्सा भारतीय पाहुनाले ओगटेको बोर्डको भनाई छ।

‘सन् २०२४ जुलाईपछि भारतीय पाहुनाको आगमन ओरालो लागेको थियो। यो अगष्टमा बल्ल आगमनमा सुधार देखिएको छ। पोहोरको जत्ति नआएपछि आगामि दिनका लागि आशावादी बनाएको छ,’ उनले भने। उनका अनुसार यो अगष्टमा भित्रिएका भारतीय पाहुनाको संख्या सन २०२५ कै सबैभन्दा बढी हो। यसअघि गत जुन महिनामा ३२ हजार ६ सय ६२ जना भारतीय पाहुना नेपाल भित्रिएका थिए।  

‘चीनले नेपाल हुँदै भारतीय पाहुनालाई कैलाश मानसरोवर जान पाउने गरि मार्ग खोलिदिएका कारण नेपालमा भारतीय पाहुनाको आगमन बढेको हो,’ लामिछानेले भने, ‘काठमाडौं हुँदै भारतीय पाहुना नेपाल भित्रिएका छन्। कैलाश मानसरोवर जाने भारतीय पाहुना काठमाडौं आउने भएकोले पनि संख्यामा पनि सुधार देखिएको हो। कैलाश मानसरोवर गएपनि त्यसको लाभ नेपाली पर्यटन बजारले पनि लिएको छ।’ 
कैलाश मानसरोवर जाने भारतीय पाहुनाले काठमाडौंमा कम्तिम दुइरात बिताउने भएकोले पनि भारतीयको आगमनले पर्यटनमा प्रभाव पारेको उनले बताए।

गत साउनको अन्तिम साता रसुवागढी नाकाबाट चीनको तिब्बततर्फ जाने मार्ग बाढीका कारण बन्द हुँदा कैलाश मानसरोवर परिक्रमाका लागि जानेगरि नेपाल आईसकेका भारतीय पर्यटक प्रभावित भएका थिए। तर, केही ममयलगत्तै उक्त मार्ग सुचारु भएपछि भारतीय पाहुनाको आगमन बढेको उनले बताए। ‘ कैलाश मानसरोवर जानका लागि काठमाडौं हुँदै आउजाउ गर्दा सहज भएकोले आगमन बढी देखिएको हो,’ उनले भने।

यो वर्षको आठमहिना (जनवरी–अगष्ट) सम्म नेपालमा हवाईमाध्यमबाट मात्र २ लाख १० हजार ४ सय ९६ जना भारतीय पाहुना नेपाल भित्रिएका छन्। अघिल्लो वर्ष यहि अवधिमा नेपाल भित्रिने भारतीय पाहुनाको संख्या २ लाख ३३ हजार ९ सय ४८ रहेको थियो। ‘अघिल्लो वर्षको जति आगमन त भईसकेको छैन। तर, यो अगष्ट महिनामा भने भारतीय पाहुनाको आगमनमा सुधार देखिएको छ। त्यसको कारण भनेकै माउन्ट कैलाशको सहजताले हो,’ लामिछानेले भने, ‘अब पर्यटकीय सिजन सुरु हुने भएकोले पनि भारतीय पाहुनाको आगमनमा सुधार हुने अनुमान गर्न सकिन्छ।

आठ महिनामा ७ लाख ३६ हजार पर्यटक भित्रिए

सन् २०२५ को आठमहिनामा नेपालमा सबैगरि ७ लाख ३६ हजार ५ सय ६२ जना विदेशी पर्यटक आएका छन्। पछिल्ला पटक अगष्ट महिनामा मात्र नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ८८ हजार ६ सय ८० थियो। बोर्डको तथ्यांक अनुसार नेपालमा गत जनवरी महिनामा ७९ हजार ९ सय ९१ जना विदेशी पर्यटक भित्रिएका थिए। त्यो आगमन संख्या फेब्रुअरीमा ९६ हजार ८ सय ८० थियो।  

मार्चमा आगमन संख्या बढेर १ लाख २१ हजार ६ सय ८७ पुगेको थियो। अप्रिलमा भने १ लाख १६ हजार ४ सय ९० जना विदेशी पाहुना भित्रिएका थिए। मे महिनामा नेपालमा ८६ हजार २ सय १६ र जुन महिनामा ७६ हजार ४ सय २५ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए। त्यस्तै जुलाई महिनामा नेपालमा ७० हजार १ सय ९३ र अगष्ट महिनामा ८८ हजार ६ सय ८० जना विदेशी पाहुना नेपाल भित्रिएका थिए।

पर्यटन बोर्डले सन् २०२५ मा नेपालमा सन् २०२४ मा भित्रिएका विदेशी पर्यटकको संख्यामा बढीमा १० प्रतिशत मात्र बढ्ने अपेक्षा गरेको छ। सन् २०२४ मा नेपालमा सबैगरि ११ लाख ४७ हजार ५ सय ४८ जना विदेशी पर्यटक भित्रिएका थिए। बोर्डको अपेक्षा अनुसार विदेशी पर्यटक भित्रिएमा सन् २०२४ को आगमन संख्यामा २०२५ मा १ लाख १४ हजार पर्यटक थपिनेछन्। तर, विदेशी पर्यटकको आगमनको आकार तुलनात्मक रुपमा वृद्धि हुन नसकेको बोर्डको भनाई छ।  

अन्तर्राष्ट्रिय प्रवर्द्धनमा कमी तथा नेपालसम्मको आउजाउमा समस्या, महंगो हवाई भाडा, विभिन्न मुलुकमा युद्ध हुँदा सन् २०२५ मा बोर्डले अनुमान गरेजस्तो आकारमा पर्यटक भित्रिन सहज नरहेको बोर्डका उच्च अधिकारी बताउँछन्।
अर्को समाचार
पर्यटक आगमन: ६ महिनामा ५ लाख ७७ हजार पर्यटक भित्रिए
२१ असार २०८२
•
४ मिनेट पाठ
पर्यटक आगमन: ६ महिनामा ५ लाख ७७ हजार पर्यटक भित्रिए
सन् २०२५ को पहिलो ६ महिनामा नेपालमा जम्मा ५ लाख ७७ हजार ६ सय ८९ जना विदेशी पर्यटक भित्रिए। पर्यटन बोर्डले सन् २०२५ मा नेपालमा सन् २०२४ मा भित्रिएका विदेशी पर्यटकको संख्यामा बढीमा १० प्रतिशत मात्र बढ्ने अपेक्षा गरेको छ। सन् २०२४ मा नेपालमा सबैगरि ११ लाख ४७ हजार ५ सय ४८ जना विदेशी पर्यटक भित्रिएका थिए।  




बोर्डको अपेक्षा अनुसार विदेशी पर्यटक भित्रिएमा सन् २०२४ को आगमन संख्यामा २०२५ मा १ लाख १४ हजार पर्यटक थपिनेछन्। तर, आधा समय बितिसक्दा पनि विदेशी पर्यटकको आगमनको आकार तुलनात्मक रुपमा वृद्धि हुन नसकेको बोर्डको भनाई छ। अन्तर्राष्ट्रिय प्रवद्र्धनमा कमी तथा नेपालसम्मको आउजाउमा समस्या, महंगो हवाई भाडा, विभिन्न मुलुकमा युद्ध हुँदा सन् २०२५ मा बोर्डले अनुमान गरेजस्तो आकारमा पर्यटक भित्रिन सहज नरहेको बोर्डका उच्च अधिकारी बताउँछन्।

बोर्डका पोखरास्थित प्रमुख मणिराज लामिछाने भन्छन, ‘सन् २०२५को आधा समय बितिसकेको छ। अघिल्लो वर्षको आकारमा पनि अझै सुधार हुन सकेको छैन। त्यसैले योवर्ष बोर्डले अपेक्षा गरे अनुसारको पाहुना आगमनमा आशंका गर्न सकिन्छ।’ सन् २०२४ को तुलनामा २०२५ मा समग्रमा विदेशी पर्यटकको आगमनमा १० प्रतिशत वृद्धि हुने अनुमान बोर्डको रहेपनि त्यो आकार भेट्न मुस्किल रहेको उनले बताए।  

लामिछानेका अनुसार नेपालमा सन् २०१९ मा सबैभन्दा बढी संख्यामा पाहुना आएका थिए। त्यो वर्ष सुरुको ६ महिनामा नेपालमा ५ लाख ७३ हजार ६ सय ५८ जना विदेशी पर्यटक भित्रिएका थिए। त्यसपछि कोरोना भाइरस संक्रमणले असर गर्दा पर्यटक आगमन खस्किदै गयो। कोरोना असर कम हुँदै जाँदा सन् २०२४ मा बल्ल नेपालमा पर्यटक आगमन बढी गति लिएको थियो। सन् २०२४ को सुरुको ६ महिनामा नेपालमा ५ लाख ८३ हजार ११ जना विदेशी पाहुना भित्रिएका थिए।  

‘सन् २०१९ को तुलनामा त यो ६ महिनामा केही आकारमा वृद्धि छ। तर, २०२४ को तुलनामा भने यो वर्षका सुरुवाती ६ महिनाको आगमनमा कमजोर देखिएको छ,’ उनले भने, ‘पर्यटक आगमनमा सुधार नै नभएको त भन्न मिल्दैन, कोरोना संक्रमणले खस्केको पर्यटनमा वृद्धि भएकै हो। तर, अपेक्षाकृत हुन सकेन भन्ने मात्र हो।’ 
कोरोनाले थलिएको पर्यटन बजारमा वर्षेनी ६ देखि ८ प्रतिशत वृद्धि हुने अनुमान अनुसार विश्वभर पर्यटक आगमनमा सुधार भएको उनले बताए। त्यही अपेक्षा अनुसार बोर्डले अघिल्लो वर्षको तुलनामा यो वर्ष १० प्रतिशत वृद्धि हुनसक्ने अनुमान गरेको उनको भनाई छ।

‘अहिले पनि नेपालसम्मको पर्यटनमा पहुँचमा समस्या छ। सोचेजस्तो आकारमा पाहुना आउन सहज पनि छैन,’ लामिछानेले भने, ‘हवाईभाडा महंगो भएकोले पाहुना आउन हच्केका छन।’ नेपालसम्मको हवाई भाडा महंगो परेका कारण नेपाल आउन चाहेका पर्यटक पनि अन्यत्र गएको उनले बताए। नेपालसम्मको गन्तव्य महंगो भएका कारण विदेशी पर्यटकहरु कम्बोडिया, भियतनाम, थाइल्याण्ड लगायतका गन्तव्यमा गएको पनि लामिछानेले बताए।  

सबैभन्दा बढी संख्यामा भारतीय पाहुना नेपाल भित्रिएपनि भारतीय पाहुनाको पछिल्लो समयको आगमन पनि सन्तोषजनक हुन नसकेको उनले बताए। ‘नेपालको राजमार्गबारे भारतीय पर्यटनमाझ नराम्रो सन्देश फैलिएको छ। बुटवल–नारायणगढ खण्डमा यात्रा असहज हुँदा भारतीय पर्यटक आगमनमा असर परेकोले पनि भारतीय पर्यटन प्रभावित छ,’ उनले भने, ‘भारतीय पर्यटनमा सुधार हुनासाथ नेपालको पर्यटनले बेलैमा सुधार ल्याउन सक्थ्यो। तर, आउजाउमा सकस हुँदा पाहुना आगमन नै प्रभावित भयो।’

पर्यटन व्यावसायी पनि पाहुना आगमनमा सोचेजस्तो सुधार नभएको बताउँछन। पोखराका अग्रज पर्यटन व्यावसायी गणेशबहादुर भट्टराई पर्यटन क्षेत्रले सोचेजस्तो फड्को मार्न नसकेको बताउँछन् । उनका अनुसार यो बेला पर्यटन क्षेत्र निकै नै सुस्त छ। ‘व्यावसायको आकारमा वृद्धि भएको छ। तर, त्यो अनुरुप पाहुना आउन सकेका छैनन। आन्तरिक र बाह्य सबैखाले पर्यटनमा चहलपहल ल्याउनका लागि सानोतिनो मेहनतले हुँदैछ,’ भट्टराईले भने, ‘पर्यटक आगमन नहुँदा व्यावसाय उकासिने अवस्था छैन।’

बोर्डको तथ्यांक अनुसार नेपालमा गत जनवरी महिनामा ७९ हजार ९ सय ९१ जना विदेशी पर्यटक भित्रिएका थिए। त्यो आगमन संख्या फेब्रुअरीमा ९६ हजार ८ सय ८० थियो। मार्चमा आगमन संख्या बढेर १ लाख २१ हजार ६ सय ८७ पुगेको थियो। अप्रिलमा भने १ लाख १६ हजार ४ सय ९० जना विदेशी पाहुना भित्रिएका थिए। मे महिनामा नेपालमा ८६ हजार २ सय १६ र जुन महिनामा ७६ हजार ४ सय २५ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए।  

जुन महिनामा सबैभन्दा बढी  

बोर्डका अनुसार जुन महिनामा अहिलेसम्मकै बढी संख्यामा पाहुना नेपाल भित्रिएका छन। यो जुन महिनामा नेपालमा हवाई माध्यमबाट ७६ हजार ४ सय २५ जना पाहुना नेपाल भित्रिए। त्यो आगमन सन् २०२४ को जुन महिनामा ७६ हजार ३ सय ३३ मात्र थियो। सन् २०२३ मा ७२ हजार २ सय ५० जना मात्र पाहुना नेपाल भित्रिएका थिए।

कोरोना संक्रमण अघि २०१९ को जुन महिनामा नेपालम ७४ हजार ८ सय ८३ जना मात्र पाहुना भित्रिएका थिए। जुन महिनामा सबैभन्दा बढी पाहुना ३२ हजार ६ सय ६२ जना भारतीय पाहुना नेपाल आएका छन। दोश्रो नम्बरमा रहेको अमेरिकी पाहुनाको संख्या ९ हजार ६ सय ९६ रहेको छ। तेश्रो नम्बरमा चिनियाँ पाहुनाको संख्या ६ हजार ७ सय ३६ रहेको छ।  
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस