६ लेन सडक: अव्यवहारिक क्रसिङले खर्च बढी !
०६ भदौ २०७९
•
५ मिनेट पाठ
६ लेन सडक: अव्यवहारिक क्रसिङले खर्च बढी !
मोहनापुल–अत्तरिया ६ लेन सडक। तस्बिरः पुष्पराज /नागरिक
धनगढी चौराहस्थित ‘बस स्ट्याण्ड’ नजिकै पुगेर मोटरसाइकलमा सोही बाटो फर्कदै थिए– धनगढीका वीरेन्द्र खड्का। उनलाई चौराहमै रहेको ट्राफिक प्रहरीले सिटी बजायो र चाबी थुत्यो।




उनलाई गलत बाटोबाट किन फर्किएको भन्दै सजाय हुने सुनाउन थाले ट्राफिक प्रहरीले। उनी जवाफमा भन्दै थिएँ–‘आफन्तलाई छोड्न यही ‘बस स्ट्याण्ड’मा लागेको बससम्म गएको थिएँ, यहीबाट फर्कें तर आफ्नै साइडबाट फर्कदा मलाई करिब एक किलोमिटर पर जानुपर्ने र फेरि एक किलोमिटर अर्को साइडबाट फर्केर चौराह पुग्नुपर्ने भएकाले समय र पेट्रोलको बचतका लागि यही बाटोबाट फर्कें ।’

उनलाई प्रहरीले गलत रुट प्रयोग गरेको भन्दै दण्ड तिराउन खोज्दै थिए। उनले अनुनय विनय गरे र अबदेखि यस्तो गल्ती नगर्ने भन्दै माफी मागे। यो एक प्रतिनिधिमूलक घटना मात्रै थियो बुधबार दिउँसो ट्राफिक चौराहमा। एकछिन मात्रै ट्राफिक चौराहमा बस्ने हो भने यस्ता घटना सयौं दोहोरिएका देखिन्छन्। यसको सब कारण भनेकै नवनिर्मित ६ लेन सडकमा बनाइएको अव्यवहारिक क्रसिङ (मेडिएन) नै हो।  

मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माण भएसँगै आम नागरिक जति खुसी भएका थिए त्यति नै सास्ती खेप्न बाध्य भएका छन्। यसको एउटै मात्र कारण हो– अव्यवहारिक क्रसिङ (मेडिएन) ।करिब एक किलोमिटरको दूरीमा क्रसिङ पास राख्दा एक लेनबाट अर्को लेनमा जाने यात्रुलाई निकै लामो दूरी पार गर्नुपर्ने बाध्यता भएको छ। आम उपभोक्तालाई दैनिक बढिरहेको पेट्रोलियम पदार्थको महँगीको भार पनि थपिँदै गएको छ।  

धनगढी चौराहबाट सहिद गेट जाँदै गर्दा बीचमा काम परेमा अर्को लेनमा जान पूरै एक किलोमिटर अगाडि पुगेर पुनः एक किलोमिटर फर्कनुपर्ने बाध्यता छ। जसले गर्दा यात्रुलाई समय र पेट्रोलियम पदार्थ दुवैको खर्च बढेको छ। ‘शहीद गेटबाट राष्ट्रिय वाणिज्य बैंक जानु परेमा बीचमा क्रसिङ नहुँदा पूरै चौराह घुम्नुपर्ने बाध्यता रहेको सुनाउँदै सीताराम ओझाले भने– ‘धनगढीमा बनेको ६ लेन सडक अव्यवहारिक भएका कारणले गर्दा समय र पैसो दुबै नोक्सान भएको छ ।’

उनले ६ लेन सडकमा अव्यवहारिक क्रसिङ पास राख्दा एक लेनबाट अर्को लेन जान निकै टाढा जानुपर्ने बनाइएको गुनासो गरे। धनगढी सुदूरपश्चिमको मुख्य व्यापारिक केन्द्र र त्यसमा पनि प्रदेशकै राजधानी रहेको ठाउँमा जनघनत्वको चाप अत्यधिक रहेकाले त्यस्तो ठाउँमा क्रसिङ राख्दा व्यवहारिकता पनि हेर्नुपर्ने उनी बताउँछन्।  

‘धनगढीको मोहनापुलदेखि चटकपुरको मुख्य बजार क्षेत्रमा जम्मा ३ ठाउँमा मात्रै क्रसिङ राखिनाले साइकल, मोटरसाइकल तथा चार पाङ्ग्रे सवारी साधनलाई लामो दूरी तय गर्नुपर्ने बाध्यता छ,’ अर्का मोटरसाइकल चालक राजकुमार चौधरीले भने– ‘यो अलि अव्यवहारिक भएका कारणले सामान्य यात्रुले सास्ती खेप्नु परेको छ ।’ 

क्रसिङ राखिँदा पेट्रोलियम पदार्थ राखिएको पम्प, विद्यालय, भिडभाड हुने सरकारी कार्यालय तथा सवारी साधन पार्किङ गरिने स्थल नजिक हुनुपर्नेमा पूरै अव्यवहारिक र  मनमौजी तरिकाले राखिएको उनले गुनासो गरे। ६ लेन सडक भनेको हाइबे ‘कन्सेप्ट’को भएकाले यसलाई धनगढी सहर बीचबाट नबनाएर बस्ती भन्दा टाढा बनाउनुपर्ने भए पनि मापदण्डविपरीत बजारमै बनाइएको कैलाली उद्योग वाणिज्य संघका महासचिव ओमबहादुर बिष्ट बताउँछन्।

‘पहिलो कुरो त यस्तो ठूलो राजमार्ग बजारमा बनाइनु हुँदैनथ्यो, बनाइहालियो,’ उनले भने, ‘बनाइसकेको सडकलाई पनि यहाँको जनघनत्व, यात्रु चाप, भिडभाड हुने सरकारी कार्यालय र अत्यावश्यकीय पेट्रोलियम पम्मलाई लक्षित गरेर क्रसिङ दिइनुपर्छ ।’ ६ लेन सडक निर्माण गर्नुअघि गुगलबाट हेरेर डिजाइनिङ गरिएको आरोप लगाउँदै उनले भने ‘सुरुमै सडकको डिजाइनिङ गर्दा फिल्डमा आएर त्यहाँको भौगोलिक तथा सामाजिक वस्तुस्थितिलाई अध्ययन गर्नुपथ्र्यो, त्यो नगरेरै अव्यवहारिक तरिकाले निर्माण गरियो । 

’बाटो भनेको जनताको सुविधाका लागि नै बनाइने भएको बताउँदै राष्ट्रिय उपभोक्ता मञ्च सुदूरपश्चिम संयोजक हरि रेग्मीले भने, ‘बाटो जनताका लागि बनाइने हो भने जनतालाई नै सास्ती भयो भने त्यसको औचित्य के ? यसलाई नियम कानुनमा मिल्ने र मिलाउने ठाउँ भएमा व्यवहारिक बनाउनु जरुरी छ ।’ पेट्रोलियम पदार्थको बढ्दो महँगी र बाहिरी देशबाट ल्याउनुपर्ने भएकाले हामीले जतिसक्दो खपत गर्नुपर्नेमा अव्यवहारिक क्रसिङले गर्दा आम उपभोक्ताले नजिकै पुगेर फर्कन पनि कम्तिमा २ किलोमिटरको दूरी पार गर्नुपर्ने अवस्था आएको उनले गुनासो गरे। उनले भने ‘यो ६ लेन सडकमा बनाइएको अव्यवहारिक क्रसिङ आम उपभोक्ताका हितमा भएन, यसलाई सच्याइनु पर्छ ।’  

अव्यवहारिक तरिकाले क्रसिङ राख्दा व्यापारी व्यवसायीलाई समेत मर्का परेको बताउँदै नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीले भने– ‘करिब एक किलोमिटर टाढाको दूरीमा एक लेनबाट अर्को लेनमा छिर्ने क्रसिङ बनाइँदा धनगढी बजार क्षेत्रका उद्योगी व्यवसायीलाई समस्या थपिएको छ ।’

नजिकै आइपुगेको ग्राहकले लामो दूरी पार गरेर फर्किनुपर्ने बाध्यतालाई सहजीकरण गरेर क्रसिङलाई व्यवहारिक हिसाबले नजिक बनाइनुपर्ने उनले तर्क गरे। ‘उद्योग तथा कलकारखानालाई नजिक पर्ने प्वाइन्टमा क्रसिङ राख्नुपर्नेमा निकै टाढा र अपायक हिसाबले प्वाइन्ट राखिएको छ,’ उनले भने– ‘यसलाई व्यवहारिक बनाइनुपर्छ ।’  

मोहनापुलदेखि अत्तरियासम्मको १४ दशमलव २ किलोमिटर सडक खण्डमा १५ ठाउँमा क्रसिङ प्वाइन्ट राखिएको छ। जुन अनुसार करिब १ किलोमिटरको दूरीमा मेडिएन राखिएको देखिन्छ। मोहनापुल–अत्तरिया सडक योजना प्रमुख रामबहादुर गुरुङले भने– ‘हामीले मेडिएन (क्रसिङ) हाइवेको ‘कन्सेप्ट’ मा बनाएका हौँ तर अहिले आएर अलिकता अव्यवहारिक भएको हो कि भन्ने हामीलाई पनि फिल भएको छ ।’

सडक अहिले पनि निर्माण चरणमै रहेकाले त्यसलाई केही व्यवहारिकता हेरेर ठाउँ दिन सकिने बताउँदै उनले भने– ‘केही गुनासाहरू आएका छन्, हामीले पनि ती गुनासालाई मध्यनजर गर्दै इन्जिनियर सापको संयोजकत्वमा अनुगमन र अध्ययन टोली बनाएका छौँ, उहाँहरूको प्रतिवेदनका आधारमा असोजपछि मिल्ने ठाउँमा मेडिएन खोलिने छ ।’ 
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ३६ सेकेन्ड अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
यो पनि पढौँ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस