उद्योग दर्ता, नबिकरण, बन्द, ब्यापार व्यवसाय प्रर्वद्धन र उद्योगको बिकासका लागि काम गर्दै आएको घरेलु तथा उद्योग कार्यालय गोरखालाई चालु वर्ष पूर्वाधार निर्माणका समेत जिम्मा लगाइएको छ। गण्डकी प्रदेश सरकारले चालु वर्ष कार्यन्वयन गर्ने दुई करोड ५० लाखको २८ वटा योजनाको जिम्मा लगाएको हो।
‘पदमार्ग बनाउने योजना यसअघि थिएन’ कार्यालय प्रमुख सूर्य भुजेलले भने ‘हामीसँग प्राविधिक जनशक्ति नहुँदा कसरी यी योजना सम्पन्न गर्ने अन्यौलमा छौँ।’ चालुवर्ष गण्डकी प्रदेश सरकारले घरेलु कार्यालय गोरखामा पठाएकामध्ये सबैभन्दा धेरै पदमार्गको योजना छ। पर्यटन मन्त्रालयको कार्यक्रम घरेलु तथा साना उद्योग विकास कार्यालयमार्फत गर्न लागिएको हो। पूर्वाधार बिकासमा काम गर्ने प्रदेश सरकार मातहतका कार्यालय पनि जिल्लामा छन्। जनशक्ति भएका ति कार्यालयलाई छाडेर घरेलु कार्यालयमा योजना आएपछि उपभोक्ता पनि दंग छन्।
चुमनुब्री गाउँपालिका ३ र ६ को फिलिम, आङ्गासस्र्यू, लोक्पा पदमार्ग निर्माणमा ३५ लाख, वडा नम्बर ३ कै न्याकदेखि एकसयआठ धारा जाने पर्यटकीय पदमार्ग निर्माणका लागि ३० लाख, चुमनुब्री २ को स्यालादेखि डाङमाङ हुँदै पुङ्गेन गुम्बा पर्यटकीय पदमार्ग निर्माणमा रु २० लाख बिनियोजन भएको छ। यी बाहेक अन्य सबै योजना पाँचदेखि १५ लाख सम्मका छन्। यो बाहेक उद्यमशिलता विकास साझेदारकालागि पनि बजेट प्राप्त भएको कार्यालयले जनाएको छ।
कृष तथा बन पैदावार दर्ता धेरै
गोरखामा एकवर्षमा नौसय १७ वटा ब्यवशायिक फर्महरु दर्ता भएका छन्। २०७८÷०७९ मा छ सय ५६ वटा उद्योग र दुई सय ६१ वटा बाणिज्यतर्फका फर्म दर्ता भएका हुन्। घरेलु तथा साना उद्योग बिकास कार्यालय गोरखामा सबैभन्दा धेरै गत आर्थिकवर्ष कृषि तथा बनपैदावारमा आधारित उद्योग दर्ता भएको कार्यालय प्रमुख सूर्य भुजेलले बताए।
‘महिलाको नाममा दर्ता भएका उद्योगलाई ५० प्रतिशत राजस्व छुट छ’, घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख भुजेलले भने, ‘दलित र बिपन्नको हकमा पनि छुट हुन्छ तर प्रमाणित कागजात चाहिन्छ।’
पर्यटनमुलक ७३ वटा, सेवा मुलक ५६, उत्पादन मुलक २३, निर्माण मुलक एउटा उद्योगतर्फका फर्म दर्ता भएका छन्। उद्योग तथा बाणिज्यतर्फका फर्म दर्ता भएका फर्महरु अधिकांश महिलाको नाममा दर्ता भएका छन्।
गत आर्थिक वर्ष बाणिज्य तर्फ २७ वटा फार्म खारेज भएका छन् भने उद्योगतर्फ ४१ वटा फर्म खारेज भएका छन्। लामो समयदेखि बन्द रहेका उद्योग र फर्महरु संचालकको अनुमतिमा कार्यालयले प्रक्रिया पूरा गरी खारेज गरेको कार्यालय प्रमुख भुजेलले जानकारी दिए।
घरेलु तथा साना उद्योग विकास कार्यालयको वित्तीय प्रगति ७० प्रतिशत भएको छ। आर्थिक वर्ष २०७८÷०७९ मा चालु बजेटतर्फ भौतीक प्रगति ८३ दशमलव २७ प्रतिशत र बित्तीय प्रगति ७६ दशमलव ८१ प्रतिशत भएको कार्यालय प्रमुख सूर्य भुजेलले बताए। पुँजीगततर्फ वित्तीय प्रगति ५९ दशमलव ५७ प्रतिशत र भौतिक प्रगति ८६ दशमलव ६७ प्रतिशत रहेको उनले जानकारी दिए। कार्यालयले गत आर्थिक वर्ष ८९ दशमलव ९८ प्रतिशत प्रगति हाँसिल गरेको छ।
काम सम्पन्न भएका केही कार्यक्रमको भुक्तानी दिन बाँकी रहेकाले बित्तीय र भौतिक प्रगतिमा अन्तर देखिएको कार्यालय प्रमुख भुजेलले बताए।