मधेस प्रदेशमा गत आर्थिक वर्षमा नियम उल्लंघन गर्ने सवारी साधनमाथिको कारबाहीमा वृद्धि भएको देखिएको छ। यसै गरी सवारी साधनमाथि गरिएको कारबाहीको कारणले राजस्व असुलीमा पनि वृद्धि भएको देखिएको छ।
आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन नियन्त्रण तथा कारबाहीको सिलसिलामा दुई लाख ६४ हजार ३१० सबारी साधनलाई कारवाही गरेको छ। ट्राफिक कारबाहीबाट गत आर्थिक वर्षमा २२ करोड ४४ लाख ४० हजार ५०० राजस्व संकलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले जनाएको छ।
कार्यालयका प्रवक्ता तथा सूचना अधिकृत डिएसपि लक्ष्मी भन्डारीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा सबारीमाथिको कारबाही र राजस्व असुली दुवैमा वृद्धि भएको छ। आर्थिक वर्ष २०७७÷७८ मा २ लाख ५९ हजार १८८ सबारी साधनमाथि कारबाही गरी कार्यालयले १९ करोड १६ लाख ३७ हजार रुपैया राजस्व संकलन गरेको थियो।
अघिल्लो आवको तुलनामा १७.२ प्रतिशतले राजस्व असुली बढेको डिएसपि भन्डारीले जानकारी गराएका छन्। प्रदेशमा ट्राफिक प्रहरीले विभिन्न किसिमका सचेतनामूलक कार्यक्रम पनि संचालन गर्दै आएको छ।