जनस्तरबाट चर्को विरोध र दवावका कारण म्याग्दीमा कालोपत्रे गरिएको सडकमा कायम रहेको यातायातको भाडा घटाउने निर्णय गरेको छ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाको अध्यक्षतामा बसेको भाडादर निर्धारण समितिको बैठकले बेनी–दरबाङ सडक अन्तरगत कालोपत्रे गरिएको सडकमा साउन १ गतेदेखि लागु हुने गरी नयाँ भाडादर कायम गरिएको हो।
बैठकले कालोपत्रे भएको खण्डमा साविकको भाडामा ५० प्रतिशत भाडा घटाउने र कच्ची सडकमा साविक बमोजिमकै भाडा कायम गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बताए। ‘निर्णय अनुसारको नयाँ भाडादर सार्वजनिक हुन्छ,‘अटेर गर्नेलाई कानुन अनुसार कारवाही हुन्छ’ सहायक प्रजिअ शर्माले भने।
उनका अनुसार बैठकले समायोजन सहितको भाडादर यातायात व्यवसायिहरुले तत्काल जिल्ला प्रशासन र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पेश गर्ने र साउन १ गतेदेखि लागू गर्ने निर्णय समेत गरेको छ। पश्चिम म्याग्दीको तीन स्थानीय तहको लाइफलाइन मानिएको बेनी–दरबाङ सडक अन्तर्गत २४ किलोमिटर सडकमा १३ किलोमिटर सडक कालोपत्रे गरिएको छ।
बेनी–तातोपानी–सिमसम्मको १२ किलोमिटर सडक कालोपत्रे सडकमा अव नयाँ भाडादर कायम हुने छ भने सिमदेखि पश्चिम म्याग्दीका ग्रामिण सडकमा समेत भाडादर समायोजन हुने छ। बेनी देखि पश्चिम म्याग्दीका ग्रामिण क्षेत्रमा सिधै जाने यातायात ब्यवसायीले समेत समायोजन भए अनुसारको भाडा कायम गर्नुपर्नेछ।
यसअगाडि बेनी–दरबाङ ३१० रुपैयाँ, बेनी–सिम १ सय ९० र बेनी–तातोपानी १ सय ५० रुपैयाँ भाढादर कायम थियो।नयाँ कायम गरिएको भाडादर अनुसार बेनी–तातोपानी ७५ रुपैयाँ, बेनी–सिम ९५ रुपैयाँ र बेनी–दरबाङसम्म २१५ रुपैयाँ भाडामा यात्रुलाई बोक्नुपर्ने छ। बैठकमा यातायात ब्यवसायीले कालोपत्रे सडकसँगै पेट्रोलियम पदार्थको मुल्य बृद्धिका कारण समेत समस्या भइरहेको बताएका थिए।
यसैबीच बैठकमा जिल्लास्थित सरोकारवाला र यातायात व्यवसायिहरु समेत सहभागी उक्त बैठकले बेनी–दरबाङ सडकको सिमसम्म कालोपत्रे भएको सिमदेखि दरबाङसम्मको कालोपत्रेको लागि योजना सञ्चालन भैरहेको अबस्थामा बेनीदेखि दरबाङसम्मको २४ किलोमिटर सडकलाई स्थायी रुट कायम गर्न गण्डकी प्रदेश र संघ सरकारमा सिफारिस गर्ने निर्णय गरेको छ।
त्यसैगरि जिल्लाभित्र र जिल्लाबाट बाहिर सञ्चालन हुने सार्वजनिक सवारी साधनहरुले महिला, अशक्त, अपांगता भएका नागरिक, ज्येष्ठ नागरिक लगायतका बर्गलाई छुट्याउनुपर्ने आरक्षण र भाडामा छुटको व्यवस्थालाई अनिवार्य कार्यान्वयन गराउने निर्णय समेत गरिएको छ। बैठकमा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रहरी नायब उपरिक्षक तिलक भारती लगायत ट्राफिक प्रहरी, पूर्वाधार कार्यालयका प्रमुख तथा यातायात व्यवसायि कम्पनीहरुका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो।
जिल्लाका अन्य रुटमा भने यसपटकको बैठकले निर्णय गरेको छैन्। जिल्लाका अन्य रुटमा समेत भाडा समायोजन तथा बोलेरोले मनपरी भाडा लिने कार्यलाई रोक्न सर्वसाधारणले माग गरेका छन्।
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।
सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए।
राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...