‘भारत गौरव पर्यटक रेल’ आएकामा जनकपुरवासी उत्साहित
१० असार २०७९
•
३ मिनेट पाठ
‘भारत गौरव पर्यटक रेल’ आएकामा जनकपुरवासी उत्साहित
भ्रमणका लागि ‘भारत गौरव पर्यटक रेल’मा एकैपटक ठूलो संख्यामा भारतीय पर्यटक जनकपुरधाम आउँदा यहाँका स्थानीय व्यापारी उत्साहित बनेका छन्। भारतको राजधानी नयाँदिल्लीबाट करिब ५०० भारतीय तीर्थालु बोकेर गत मंगलबार हिँडेको सो रेल बिहीबार दिउँसो जनकपुरधाम आइपुगेको थियो।




रेलमा आएका भारतीय पर्यटकलाई मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सरकारका पर्यटनमन्त्री सत्रुधन महतो लगायतले जनकपुरधामस्थित रेल्वे स्टेशनमा पुगेर स्वागत गरेका थिए। एकैपटक यति संख्यामा भारतीय पर्यटक जनकपुरधाम आउँदा व्यापार व्यवसाय बढेको भन्दै व्यापारी उत्साहित बनेका हुन्।

'भारतीय पर्यटकको आवागमनले हिजो एकैदिन जनकपुरधामको व्यापार व्यवसायी ह्वात्तै बढ्यो', जनकपुरधामका होटल व्यवसायी श्याम साहले भने, 'बजारमा भिडभाड बढेको छ, जसका कारण व्यापार व्यवसाय बढेको छ, हामी असाध्यै उत्साहित छौँ।'

रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलमा भारतीय पर्यटकको आगमनले जनकपुरधामको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र आर्थिक विकासले गति लिने उद्योग वाणिज्य संघ धनुषाका अध्यक्ष जीतेन्द्र महासेठले बताए। 'धार्मिक, सांस्कृतिक र ऐतिहासिक जनकपुर नगरीमा पहिलेदेखि भारतीय पर्यटक आउने गरेका छन्', अध्यक्ष महासेठले भने, 'तर यसरी एकैपटक यति संख्यामा भारतीय पर्यटक आउनु आफैँमा जनकपुरधामका लागि महत्वपूर्ण कुरा हो।'

यसबाट यहाँको आर्थिक विकास र पर्यटक प्रवर्द्धनमा टेवा पुग्ने उनको विश्वास छ। भगवान् रामको ससुराली र माता सीताको माइती जनकपुरधामको भ्रमण गर्न पाएकामा भारतीय पर्यटकसमेत उत्साहित बनेका छन्। भारतीय पर्यटक आज बिहानैदेखि जनकपुरधामसहित धनुषास्थित विभिन्न धार्मिकस्थलमा पूजापाठ गरिरहेका छन्।

जनकपुर आएपछि विभिन्न होटल तथा धर्मशालामा बसेका भारतीय पर्यटक बिहानैदेखि जानकी मन्दिर, राजदेवी मन्दिर, राम मन्दिर, शिव मन्दिर, जनक मन्दिर, सङ्कटमोचन मन्दिरलगायत धार्मिकस्थलमा पूजापाठ गरिरहेका छन्।

यस्तै भारतीय पर्यटक आजै धनुषाको धनुषाधामस्थित पवित्र तीर्थस्थलमा पुगेर पूजापाठ गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिए। पर्यटकका लागि भारतीय राजदूतावासले सवारीसाधनको व्यस्थापन मिलाएको छ।

भारतीय पर्यटकको स्वागत र सम्मानका लागि जानकी मन्दिर परिसरमा गएराति धार्मिक सांस्कृतिक कार्यक्रमकोसमेत आयोजना गरिएको थियो। रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलले भारतको अयोध्या, नन्दिग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरमा अवस्थित धार्मिक क्षेत्रलाई जोड्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए।

सो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककला जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायतका बहुरुपी झल्को देखिन्छ। युनेस्को सम्पदा सूचीमा सूचीकृत विभिन्न सम्पदास्थलका साथै भारतका विभिन्न आधुनिक वास्तुकलाका अद्भूत रचनालाई प्रवर्द्धन गर्न रेलको बाहिरी भागलाई बौद्ध तथा मुगलकालीन प्राचीन संरचनालगायत गुजरातमा अवस्थित ‘स्टैच्यू अफ युनिटी’, दिल्लीमा रहेको नेसनल बार मेमोरियल जस्ता आधुनिक संरचनाका तस्बिरले सजाइएको छ।

त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलङ्काका धार्मिकस्थललाई एउटै मार्गले जोड्न भारतले रामायण सर्किटको अवधारणा ल्याएको हो। अयोध्याका राम स्वयंवरका लागि जनकपुरधाम आउँदा र सीतासँग विवाहपछि अयोध्या फर्किंदा प्रयोग गरेको मार्गमा रहेका तीर्थस्थललाई जोड्ने मार्गलाई रामायण सर्किट भनिएको छ।
अर्को समाचार
जनकपुर पुग्यो रामायण सर्किट जोड्ने 'भारत गौरव पर्यटक रेल'
०९ असार २०७९
•
१ मिनेट पाठ
जनकपुर पुग्यो रामायण सर्किट जोड्ने 'भारत गौरव पर्यटक रेल'
नेपाल-भारत रामायण सर्किट जोड्ने 'भारत गौरव पर्यटक रेल' आज जनकपुरधाम आइपुगेको छ। दिउँसो १ः३० मिनेटमा जनकपुरधामाको रेल्वे स्टेसनमा पुगेको हो। सो रेलमा ६ सय भारतीय पर्यटक सवार रहेको छ।




भारती पर्यटकहरूलाई मधेस प्रदेशको मुख्यमन्त्री लालबाबु राउत, उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाको मेयर मनोज साह र  जानकी मन्दिरका सह महन्त रामरोशन दास लगायतले स्टेशनमा तीर्थ यात्रीलाई गम्छा, फूलमाला लगाएर स्वागत गरेका थिए।

मंगलबार भारतका रेलमन्त्री र पर्यटनमन्त्रीले संयुक्तरुपमा नयाँ दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाएर उद्घाटन गरेपछि  रेल जनकपुरधामको लागि प्रस्थान गरेको थियो। रेल्वे स्टेशनबाट यात्रीहरु अहिले जनकपुरका विभिन्न होटेलमा गएको छ। होटेलमा केहिबेर आराम गरेपछि उनीहरू ६ बजे महागंगा आरतीमा सहभागी हुने जनाइएको छ।

गंगा आरती सम्पन्न भएपछि त्यहाँबाट उनीहरु जानकी मन्दिर पुग्ने छन्। जानकी मन्दिरको प्रांगणमा साँझ मिथिलाको कला संस्कृति झल्किने रात्री सांस्कृतिक कार्यक्रम आयोजन गरिएको छ। केही घण्टाको सांस्कृतिक कार्यक्रम सकेपछि उनीहरु बसेको होटेलमा फर्किने छन्। शुक्रबार बिहान जनकपुरको विभिन्न मठ मन्दिर दर्शन गरेपछि धनुषाधाम मन्दिर पुग्ने कार्यक्रम रहेको छ।

धनुषामाधामबाट फर्केपछि तीर्थयात्रीहरु भिठामोड हुँदै सीतामढी पुग्नेछन्। यो भ्रमण १८ दिनको हुनेछ। खाना र बस्न गरी प्रत्येक यात्रुलाई ६२ हजार ३७० भारतीय रुपैयाँ तिर्नुपरेको छ। भारतीय रेल्वे कम्पनीका एक अधिकारले बताए। उनका अनुसार यो 'भारत गौरव पर्यटक रेल' नाम दिएको रेलमा जुनसुकै देशको यात्रुले भ्रमण गर्न सकिन्छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस