फाेन मै अर्डर हुन्छ इलामको 'अकबरे'
०७ असार २०७९
•
२ मिनेट पाठ
फाेन मै अर्डर हुन्छ इलामको 'अकबरे'
आफ्नो टनेलमा फलेको अकबरे देखाउँदै इलामको सूर्याेदय नगरपालिका–१२, आठघरेका किसान मदन राई। तस्बिर: भीम/नागरिक
भारत वेस्ट सिक्किमको सोमबारिया बस्तीका व्यावसायिक किसान शैलेस राई सूर्याेदय नगरपालिका–१२, आठघरेका किसान मदन राईको अकबरे नर्सरीमा आइपुगे। मदनले अकबरेको पनि सबैभन्दा राम्रो जातको बिरुवा बेच्छन् भन्ने सुनेका शैलेससँग सिक्किमकै अर्का किसान पनि साथमा आएका थिए।  




‘यहाँ (मदन राई कहाँ) उच्च गुणस्तरको अकबरेको बिरुवा पाइन्छ भन्ने युट्युबमा भिडियो हेरेर थाहा पाएँ,’ शैलेसले सुनाए, ‘ममात्र होइन, अर्काे साथी पनि अकबरेको बिरुवा लिन आउनुभएको छ।’ शैलेसले सिक्किमका अरू व्यावसायिक किसान पनि मदन कहाँ अकबरेका बिरुवा लिन आउने तयारीमा रहेको सुनाए। शैलेसले सिक्किममा आफूले अकबरेको फार्म सञ्चालन गर्न लागेको बताए। ‘यहाँको अकबरे हाम्रोतिर लगेर उत्पादन गर्ने हो भने राम्रो मूल्यमा विक्री हुनसक्छ,’ उनले भने, ‘यो पटक केही हजार बिरुवा लान्छौं, फस्टायो भने फेरि लिन आउँछौं।’

अकबरे खुर्सानी खेती गरेर उच्च मूल्यमा विक्री गर्ने जिल्लाका उदाहरणीय किसान हुन् मदन। उनी अकबरेको बिरुवामात्र होइन, यसको फल र बीउ पनि उत्पादन गरेर बेच्छन्। मदनकहाँ अहिले अरूभन्दा बढी पीरो हुने जातको डल्ले (अकबरे) खुर्सानीका बिरुवा लिन टाढा–टाढाबाट आउने किसानको लर्काे छ। तर, आफूलाई आएको माग धान्नै मुस्किल परेको मदन बताउँछन्। ‘पोहोर अकबरेका ४० हजार बिरुवा बेचेको थिएँ,’ उनले भने, ‘यो साल चाहिँ बिक्दैन होला भनेर १८ हजार बिरुवामात्र राखेको थिएँ, माग चाहिँ ५० हजारभन्दा बढीको छ।’  

आफूसँग भएको अकबरे अन्य अकबरेभन्दा फरक र उच्च गुणस्तरको भएको मदन बताउँछन्। अरू अकबरेभन्दा बढी पीरो र दाना केही ठूलो हुने यो अकबरेका बिरुवा लिन आउनेको ताँती लाग्ने गरेको उनको भनाइ छ। ‘इलाम जिल्लाभित्र र नेपालकै अन्य जिल्लामात्र होइन, भारतका विभिन्न ठाउँबाट पनि बिरुवाका लागि फोन आएको छ,’ उनले भने, ‘तर, यो वर्ष बिरुवा नै थोरै राखेकाले माग धान्न सकिएन।’ उनले बिरुवा प्रतिगोटा ५ रुपैयाँले बेचिरहेका छन्।  

मदनको बारीमा अहिले अकबरेका ६ हजार बोट छन् भने ४ हजार बिरुवा उनले यसपटक थपेका छन्। बयस्क बोटबाट फल उत्पादन भइरहेको छ। चैतदेखि उत्पादन भएको अकबरेको फल उनले सुरुमा प्रतिकिलो १ हजार २ सय रुपैयाँले बेचे। वैशाख १५ पछि उत्पादन बढेकाले प्रतिकिलो ८ सयमा झर्‍यो। अहिले प्रतिकिलो ६ सय रुपैयाँमा विक्री भइरहेको उनको भनाइ छ। अहिले १ टिपाइमा २ क्विन्टलसम्म अकबरे उत्पादन भइरहेको छ। ‘टनेलभित्र मलजल पुग्दा यो अकबरे बाह्रै महिना उत्पादन हुन्छ,’ उनले भने, ‘अहिले लगाएको नयाँ बिरुवाको उत्पादन आउँदो भदौदेखि फागुनसम्म हुन्छ।’

गतवर्ष मदनले २५ क्विन्टलजति खोर्सानी (फल) बेचे। ‘गतवर्ष यहाँको खुर्सानी नेपाल र भारतमात्र होइन, अमेरिका, मलेसिया, जापानसम्म पुग्यो,’ मदनले सुनाए, ‘हामी झापाको बिर्तामोड र काठमाडौंसम्म पुर्‍याइदिन्छौं,’ त्यहाँबाट व्यापारीले लान्छन्।’ आन्तरिक बजारमा प्रतिकिलो ५ सय रुपैयाँसम्ममा विक्री हुने अकबरे विदेश पठाउँदा आफूले ९ सयदेखि हजार रुपैयाँसम्म पाएको मदनले सुनाए।  

गतवर्ष खुर्सानीको बियाँ (बीउ) चाहीँ उनले ४३ किलो बेचेका थिए। बियाँ चाहीँ प्रतिकिलो २५ देखि ३० हजार रुपैयाँसम्ममा बिक्री भएको उनको भनाइ छ। ‘बयरे जातको अकबरेको १४ किलो फलको एक किलो बियाँ बस्छ,’ उनले भने, ‘मेरो फार्ममा भएको खुर्सानीको चाहीँ ३२/३३ किलो फलको मात्र एक किलो बियाँ हुन्छ।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस